You are here: Homeसुचना प्रविधि

सुचना प्रविधि (565)

वीरगन्ज बैशाख वीरगन्जमा रहेको मध्यतराइकोृ पहिलो सामुदायिक रेडियो नारायणी एफ एमको संचालक समितिको अध्यक्षमा प्रदीप यादव चयन हुनु भएको छ ।

 वीरगन्जमा सोमबार सम्पन्न रेस नेपालको १२ औं साधारणसभाले नारायणी एफ एमको संचालक समितिको अध्यक्षमा यादवलाइ सर्वसम्मतले चयन गरेको हो ।

  यसैगरि साधरण्सभाले नारायणी एफएमको संचालक समितिको सदस्य सचिवमा एफएमका कार्यकारी निर्देशक गोविन्द देवकोटा तथा सदस्यहरुमा रवि वर्णवाल , जगत नारायण रौनीयार र बनिता कनोडियालाइ सर्वसम्मतीले चयन गरेको छ । 

 होटल कुमु प्यालेशमा भएको साधरणसभालाइ सम्बोधन गर्दै नारायणी एफ एमका नवनिर्वाचत अध्यक्ष एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले आफु राजनीतिक व्याक्तित्व भएको भएपनि आज देखि एएटा लोकप्रिय सन्चार गृहको नेतृत्व  सम्हालने अवसर पाएकाले आफनो काँध माथि महत्वपूर्ण जिम्मेवारी थपिएको बताउनु भयो ।

  वीरगन्जमा रहेका एफ एम रेडियाहरुको भिडमा विगत १२ वर्ष देखि नारायणी एफएमको एक अलग पहिचान रहेको भन्दै उहाले आगामी दिनमा नारायणी एफएमले समुदायको आवाजलाइ अझ सशक्त र बुलन्द बनाउने बताउनु भयो ।

  आगामी दिन एफएम परिवारलाइ साथमा लिएर नारायणी एफएमलाइ मध्यतराइको मात्र नभइ समग्र मधेसकै लोकप्रिय एफ एमका रुपमा स्थापित गराउनका लागि आफुले अहोरात्र प्रयास गर्ने प्रतिबद्धता उहाले जनाउनु भयो ।

 नारायणी एफएमलाइ अवाज विहिनको अवाज बनाउन र सम्पूर्ण कर्मचारी साथीहरुको सेवा सुविधाको हकमा आफु खरो रुपमा उत्रिने उहाको भनाई थियो । रेस नेपालका अध्यक्ष एंव उद्योगपति विजय सरावगीले वीरगन्जमा रहेका एफएम रेडियोहरु मध्ये नारायणी एफ एम पनि एक लोकप्रिय रेडियो स्टेशन भएको भन्दै एफएममा १२ वर्ष देखि काम गर्दै आएका सन्चारकर्मी र कर्मचारीहरुको निरन्तर मेहनतकै कारण नारायणी एफएम आजको स्थानमा पुग्न सफल भएको बताउनु भयो । 

 उहाले एफएमको नवनिर्वाचित संचालक समिति आगामी दिनमा नारायणी एफमलाइ सुचना तथा सन्चारको क्षेत्रमा अझ लोकप्रिय संचारगृहका रुपमा स्थापित गर्न सफल हुने बताउनु भयो । 

 नारायणी एफएमका कार्यकारी निर्देशक गोविन्द देवकोटाले समुदायको आवाज राज्यको नीतीनिर्माणको तहमा बसेकाहरु समक्ष नारायणी एफएमले १२ वर्ष देखि काम गर्दै आएको र अगामी दिनमा पनि एफएमले समुदायको हितमा निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

 कार्यक्रममा कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले जसरी नवनिर्वाचित अध्यक्ष यादवले राजनीतिमा सफलता हासिल गर्नु भएको छ,त्यसरी नै नारायणी एफएमको नेतृत्वको जिम्मेवारी सम्हाल्दै नारायणी एफएमलाइ सबैको लोकप्रिया सञ्चार गृहको रुपमामा आफुलाई स्थापित गर्ने विश्वास आफुले लिएको बताउनु भयो ।

 पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले रेडियो र प्रहरी मिलेर जिल्लाको शान्ति ,सुरक्षामा अहम भुमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिनु भयो  ।

  रेस नेपालका अध्यक्ष सरावगीकै अध्यक्षतामा भएको कार्यक्रममा पप्पु कन्ट्रक्सनका संचालक हरिनारायण रौनीयारले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रमको सन्चालन नारायणी एफ एमका स्टेशन म्यानेजर क्रान्ति शाहले गर्नु भएको थियो । 

वीरगन्ज बैशाख  वीरगन्जकी रुपा श्रेष्ठ यस पाली नेपाली काग्रेसको कोटाबाट वीरगन्जको उपमेयरको पदमा चुनाव लडने तैयारीमा रहेकी छिन । आउने दिनमा राजनितीबाट नै समाज सुधार गर्न र समाजीक बिकाश गर्नका लागी वीरगन्ज स्थित वीरगन्जकी महिला श्रेष्ठले वीरगन्ज उप महानगरपालिकाको उपमेयर पदका लागी आफु पनि उम्मेदवारको रुपमा प्रस्तुत गर्ने भएकी छिन । २०४६ साल देखि नेपाल काग्रेसमा आबद्ध रहदै आएकी श्रेष्ठले नेपाली काग्रेसको कोटाबाट विगतको वडाको निवाचनमा २२ सय भोट ल्याएर १३ नं.बडामा चुनाव जितेकी एकल महिला हुन । सबैको मन मस्तिष्कमा रहेकी कारण उनको सफलतामा साथ दिनेहरु थु्रपै व्यक्तिहरु भेटिएका छन । उनले आफुलाई स्थानीय तहको निर्बाचनमा उम्मेदबार हुने सार्बजनिक उदघोष नगरे पनि चिया पसल र चौतारामा उनलाई वीरगन्ज उप महानगरपालिकाको उपमेयरमा उठाउनु पर्छ भन्ने पर्सेली नेपाली काग्रेसहरुको जमात बढदै गएको छ । उनको काग्रेस पार्टी भित्र पनि र बाहीर पनि राम्रो छवि रहेको भन्दै पार्टीमा समेत नेपाली काग्रेसको आगामी उपमेयर पदमा रुपा श्रेष्ठनै  बलियो उम्मेदबार हो भन्ने चर्चा चल्न थालेको छ । पार्टी बाट जनमतको कदर भएको खण्डमा उनले नेपाली काग्रेस बाट वीरगन्ज उप महानगरपालिकाको उपमेयर पदमा उम्मेदबारी दिने सोच बनाएकी छिन । उपमेयर का आकाक्षी रुपा श्रेष्ठसंग प्रतिक्रिया लिदा उम्मेदबारी दिने आकाक्षा रहनु स्वभाबिकै हो तर जनता माझ चिनिएका र जनताको कामलाई आफनो काम भनेर लागिपरेको ब्यक्तिमा म पनि पर्ने भएकाले यतिखेर मलाई उपमेयरको उम्मेदबार बनाउनु पर्छ भन्नेहरुको संख्या बढेर गएको बताएकी छिन तर मधेशको माग जाईज रहेकोले मधेशको माग पुरा नगरि मधेशमा चुनाव भए म चुनाव न लडने कीनकी म पनि मधेशकी छोरी हु । उनले जुन सामाजिक संस्थामा पदिय दायित्व लिएकी छिन त्यसलाई बफादारीता पुर्बक निर्बाह गरेकी कारण जनतामा उनको छाप राम्रो रहेको नेपाली काग्रेसका कार्यकर्ताहरुको भनाइ छ । वीरगन्ज उप महानगरपालिका को चुनावमा उपमेयर पदका आकाक्षी श्रेष्ठ महिला संघको सचिवमा ५ वर्ष काम समेत गरिसकेकी छिन । 

 

राम सर्राफ वीरगन्ज ५ बैशाख सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलबार साँझ वीरगन्ज बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन मार्फत आफ्ना मांग सम्वोधन नगरी स्थानीय निकायको निर्वाचन मिति घोषणा गरेको विरोधमा मोर्चाका कार्यकर्ताहरुले मशाल जुलुस प्रदर्शन गरेका छन । वीरगन्जको घण्टाघर नजिकबाट मशालसहित निक्लिएको प्रदर्शनकारीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । मोर्चाले सांकेतिक विरोधस्वरुप मसाल जुलुस प्रदर्शन गरेको मोर्चाका वीरगन्ज संयोजक पुरुसोतम झाँले बताए । बजारको सुरक्षा व्यवस्था कडा पारीए पनि प्रहरीले मसाल जुलुसमा कुनै हस्तक्षेप गरेको थिएन ।

 

वीरगन्ज  बैशाख वीरगन्ज–पछिल्लो समय प्रहरीकै मिलेमतोमा वीरगन्जबाट भइरहेको तस्करीको विषयमा जिल्लाका २ जना प्रहरी हाकिमबीच गाली गलौज भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरीको कमाण्ड सम्हाल्न नसक्दा संगठन भित्र अनुशासनहिनताको पराकाष्ठा नाघेको छ । आइतबार राति प्रहरी उपरिक्षक (एसपी) गोविन्द कुमार साह र प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्राईबीच प्रहरीको सञ्चार सेटमै दोहोरो गाली गलौज भएको हो । एसपी र डीएसपीबीच सेटमै गाली गलौज भएपछि राति डिउटीमा रहेका जुनियर प्रहरी अधिकृत आतंकित बनेका थिए । प्रहरी स्रोतका अनुसार गत साता मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डीआइजी गणेश केसीले तस्करीको लाइन पर्सामा खुलेको भन्दै डीएसपी यज्ञ प्रसाद भट्टराईसँग स्पष्टीकरण लिएका थिए । लाइन खोल्ने चाहि एसपी अनि स्पष्टीकरण आफूसँग सोधिएकाले डीएसपी तनावमा थिए । आइतबार राति मदिरा सेवन गरेर उनले सेटमै तस्करीको लाइनको मु.....मा......ले खोलाएको छ ? जसको एरियाबाट तस्करी हुन्छ त्यसलाई कारवाही गर्छु भन्ने कडा निर्देशन दिए । गाली सुनेपछि एसपी गोवन्द कुमार साहले सेटमै जवाफ फर्काए – ‘को बौलायो ? किन गाली गरेको सेटमा ? ल गाली गर्नेलाई थुनेर मापसे चेक गरा ।’ लग्त्तै डीएसपी भट्टराईले सेटमै भने – ‘को मा.... आउ“छ समात्न आइज । समात्न आउनेलाई गोली ठोक्छु ।’ त्यसपछि नजिकै रहेको नारायणी अञ्चल प्रहरी कार्यालयको पहलमा सबै सिनियर अफिरलाई रातिनै सामेल गराएर गालीगलौजको घटना वाहिर नलैजाने सहमति भयो । मध्यरात करिब १२ बजे सुरु भएको गालीगलौजपछि झन्डै १ घन्टा जिल्ला प्रहरी कार्यालयमा तनावपूर्ण स्थिती बनेको जुनियर अधिकृतहरु बताउँछन् ।

वीरगन्ज  बैशाख पुरानो स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर  नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएका छन ।  सरकारले नयाँ स्थानिय निकायको निर्वाचन यही बैशाख ३१ गते हुने घोषणा गरिसकेको छ ।

 

निर्वाचन संगै प्रत्येक महानगरपालिका तथा नगरपालिका बाट १र१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिका बाट  १र१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १ जना अध्यक्ष सहित अन्य ४ जना सदस्य चयन हुने छन् जसमध्ये प्रत्येक वडाबाट  एक दलित  महीला सहित अनिवार्य दुई महिला निर्वाचित हुनेछन ।

 

संविधानले गरेको ब्यवस्था अनुसार स्थानीय तहको काम, कर्तब्य र अधिकार पुरानो स्थानिय निकायको भन्दा व्यापक बनाईएको छ । अर्थात स्थानीय तहलाई स्थानीय सरकारको अवधारणा अनुसार अघी सारिएको छ। वडा कार्यालयबाट तोकिएका सेवा प्रवाह हुँदा जनतालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा सरकारको छ ।

 

देशैभर स्थानिय निर्वाचनको चहलपहल बढीरहेको परिप्रेक्ष्यमा गाउँपालिका र  नगरपालिकाका वडाको काम, कर्तव्य र अधिकारहरु प्रस्तुत गरेका छौं ।  

 

क( योजना तर्जूमा, कार्यान्वयन तथा अनुगमन

 

१। सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार वस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अबलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको लागत संकलन, प्राथमिकीकरण तथा छनौट गर्ने ।

२। वडाभित्रका क्रियाशील राजनीतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्थालगायत सामुदायिक एवं सामाजिक संघ संस्था, निकायहरुसँग परामर्श, छलफल, सहभागितामूलक प्रक्रियाको अबलम्वन गर्ने ।

३। वडाभित्रका योजनाहरुको कार्यान्वयन, अनुगमन गर्ने ।

४। टोल विकास संस्थाको गठन र परिचालन गर्ने । वडाभित्र संचालन हुने योजनाहरुका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने ।

५। वडाभित्रका आयोजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने ।

 

ख( तथ्यांक अद्यावधिक तथा संरक्षण

 

१। निजी घर तथा घर परिवारको लगत राख्ने, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा तथा प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने, खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्टा, मिलआदिको तथ्यांक संकलन तथा अद्यावधिक गरी लगत राख्ने, संरक्षण गर्ने र खण्डकृत तथ्यांक र सूचनासहतिको वडाको पाश्वचित्र तयार तथा अद्यावधिक गर्ने ।

 

ग( विकास कार्य

 

१। शिक्षाः बालउद्यानको व्यवस्था र व्यवस्थापन, अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र संचालन तथा व्यवस्थापन गर्ने, पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बाल क्लब तथा बाल सञ्जालको संचालन तथा व्यवस्थापन गर्ने ।

२। स्वास्थ्यः वडा तहको स्वास्थ्य केन्द्ररउपकेन्द्रको व्यवस्थापन गर्ने, बालबालिकाहरुलाई बि।सि।जि, पोलियो, भिटामिन ‘ए’ को व्यवस्था गर्ने, पोषण कार्यक्रम संचालन गर्ने, वडा तहमा स्वास्थ्य जनचेतना विकास, स्वास्थ्य सूचना कार्यक्रम संचालन गर्ने, शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिक संचालन गर्ने गराउने, सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण तथा व्यवस्थापन गर्ने गराउने ।

३। खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापनः वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार, पोखरीको निर्माण, संरक्षण, गुणस्तर नियमन गरी गाउँपालिका वा नगरपालिकालाई जानकारी गराइ सहयोग गर्ने गराउने, घरबाट निकास हुने फोहरमैलाको संकलन र व्यवस्थापन, चोक तथा गल्लीहरुको सरसफाई, ढल निकास, मरेका जनवार व्यवस्थापन, सतही पानीको निकास गर्ने, पानीको स्रोत अर्थात मूलको संरक्षण ९वृक्षारोपण, तटबन्ध, नदी नियन्त्रण० गर्ने गराउने, फोहरमैला गर्नेलाई सम्बन्धित ऐन अनुसार जरिवाना गर्ने ।

४। कृषि विकासः कृषि तथा फलपूmल नर्सरीको स्थापना तथा समन्वय र प्रवद्र्धन गर्ने, वडास्तरीय अगुवा कृषक तालिम अभिमुखीकरण गर्ने, कृषि मलको माग संकलन गर्ने, कृषिमा लाग्ने रोगहरुको विवरण तयार गरी गाउँपालिका र नगरपालिकामा प्रस्तुत गर्ने ।

५। पशुपंछी विकास तथा व्यवस्थापनः पशुपंछी विकास, छाडा चौपायाँ व्यवस्थापन, वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने ।

६। सांस्कृतिक प्रबर्धनः स्थानीय समुदायक चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने गराउने, स्थानीय मौलिकता झल्किने सांस्कृृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रबर्धन गर्ने ।

७। खेलकुदः वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने, अन्तर विद्यालय तथा बाल क्लबहरु मार्फत खेलकुद कार्यक्रम संचालन गर्ने गराउने ।

८। यातायातः वडा क्षेत्रभित्रको बाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने, वडाभित्रका सडक अधिकार क्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने, बसपार्कको सरसफाई गर्ने, बाटोघाटोको बाढी, पहिरो पन्छाउने ।

९। उद्योगः घरेलु उद्योगको लगत संकलन, सम्भाव्यता पहिचान गर्ने, वडाभित्र घरेलु उद्योगको प्रवद्र्धन गर्ने ।

१०। व्यक्तिगत घटना दर्ताः प्रचलित कानुन बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संरक्षण गर्ने र गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन गर्ने, जनचेतना कार्यक्रम संचालन गर्ने ।

११। सामाजिक सुरक्षास् सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, अभिलेख अद्यावधिक गर्ने, बालपोषण तथा बाल संरक्षण सम्बन्धी काम गर्ने ।

१२। सामाजिक तथा आर्थिक सशक्तीकरणः वडालाई बालमैत्री बनाउने, वडाभित्र आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पखंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक तथा आर्थिक उत्थान सम्बन्धी काम गर्ने, विभिन्न समुदायका बीचमा सामाजिक सदभाव र सौहार्दता कायम गर्ने, बालविवाह, महिला विरुद्धको हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता आदि जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने गराउने ।

१३। कर सम्बन्धी कार्यहरुः गाउँपालिका वा नगरपालिकाका वडाले प्रचलित कानुनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिश दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र संकलन गर्ने तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन गर्ने, बुझाउने ।

१४। असहाय, असक्त, वेवारिश व्यक्तिको सहायता र संरक्षणः वडाभित्रका असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पाताल वा स्वास्थ्य केन्दमा पुर्याइ औषधोपचार गराउने, वडामा कुनै असहाय वा वेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने, सडक बालबालिकाको उद्धार र पुनस्र्थापना गर्ने गराउने ।

१५। वन तथा वातावरणः वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवद्धर्न गर्ने । वडा, टोल, वस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने गराउने, वडालाई वातावरणमैत्री बनाउने ।

१६। प्रबर्द्धनात्मक  कार्यक्रम गर्ने गराउनेः प्राङ्गरिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुल्ला दिशामुक्त रपूर्ण सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रबर्द्धनात्मक  कार्यहरु गर्ने गराउने ।

 

घ( नियमन कार्य

 

१। वडाभित्र संचालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरुका कार्यको नियमन गर्ने ।

२। घर निर्माण तथा गुणस्तर कार्य भवन संहिता तथा मापढण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने ।

३। खाद्यान्न, माछा, मासु, तरकारी, फपूmल, पेय पदार्थ तथा उपभोग्य सामाग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने ।

४। वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवद्र्धन गरी लगत राख्ने ।

५। हाट बजारको व्यवस्थापन गर्ने गराउने ।

६। विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।

 

ङ( सिफारिश वा प्रमाणित गर्नेः वडाले देहाय वमोविजमका विषयमा सिफारिश वा प्रमाणित गर्ने

 

१। नाता प्रमाणित

२। नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिश गर्ने ।

३। बहाल करको लेखाजोखा सिफारिश गर्ने ।

४। कोठा खोल्न रोहबरमा बस्ने ।

५। मोही लगत कट्टा सिफारिश गर्ने ।

६। घर जग्गा करको लेखाजोखा सिफारिश गर्ने ।

७। जन्म मिति प्रमाणित गर्ने ।

८। व्यापार व्यवसाय बन्द भएको वा संचालन नभएको वा ब्यापार व्यवसाय हुँदै नभएको सिफारिश गर्ने ।

९। मिलापत्र कागज गराउने निवेदन दर्ता सिफारिश गर्ने ।

१०। विवाह प्रमाणित, अविवाहित प्रमाणित गर्ने ।

११। निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिश गर्ने ।

१२। आफ्नो अधिकारक्षेत्रका विषयमा अंग्रेजी भाषामा सिफारिश तथा प्रमाणित गर्ने ।

१३। घर पाताल प्रमाणित गर्ने ।

१४। व्यक्तिगत विवरण प्रमाणित गर्ने ।

१५। पुर्जामा घरकायम गर्ने सिफारिश गर्ने ।

१६। फरक, फरक नाम, थर, जन्म मिति सिफारिश र प्रमाणित÷दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिश गर्ने ।

१७। नाम, थर, जन्म मिति संसोधनको सिफारिश गर्ने ।

१८। जग्गा धनीपुर्जा हराएको सिफारिश गर्ने ।

१९। कागज र मन्जुरीनमा प्रमाणित गर्ने ।

२०। कित्ताकाट सिफारिश गर्ने ।

२१। संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिश गर्ने ।

२२। जीवितसँगको नाता प्रमाणित गर्ने ।

२३। हकवाला वा हकदार प्रमाणित गर्ने ।

२४। नामसारी सिफारिश गर्ने ।

२५। जग्गाको हक सम्बन्धी सिफारिश ९सार्वजनिक, ऐलानी तथा पर्ति जग्गा बाहेक० गर्ने ।

२६। मृतकसँगको नाता प्रमाणित, सर्जमिन, सिफारिश गर्ने ।

२७। उद्योग ठाउँसारी सिफारिश गर्ने ।

२८। जीवित रहेको सिफारिश गर्ने ।

२९। पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिश गर्ने ।

३०। जग्गा मूल्यांकन सिफारिश प्रमाणित गर्ने ।

३१। विद्यालयको कक्षा बृद्धि सिफारिश गर्ने ।

३२। पालन पोषण सिफारिश गर्ने ।

३३। वैवाहिक अंगिकृत नागरिकता सिफारिश गर्ने ।

३४। आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित–आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने ।

३५। विद्यालय ठाउँसारी सिफारिश गर्ने ।

३६। धारा तथा विद्युत जडान सिफारिश गर्ने ।

३७। प्रचलित कानुन अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिश वा प्रमाणित गर्ने ।

गाउँपालिका वा नगरपालिकाले तोकिदिएको अन्य कार्य गर्ने ।

वीरगन्ज फागुन कार्यक्रमलाई असहयोग गर्ने तथा सामाजिक संजालहरु मार्फत उत्तेजनात्मक र अराजक अभिव्यक्ति संप्रेषण गर्ने र उश्रृङ्खल कार्य गर्न प्रोत्साहन गर्ने उनीहरुलाई निलम्बन गरी स्पष्टिकरण सोधिएको स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिएका छन् ।

उनीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७८(३) बमोजिम र निजामती कर्मचारीको हकमा निजामती सेवा ऐन, २०४९ को दफा ६४ (३) बमोजिम निलम्बन गरिएको हो । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) अनुसारको र निजामती कर्मचारीको हकमा निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) बमोजिम विभागीय सजाय गर्नु नपर्ने कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिन भित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

क्र.सं.       नाम, थर            पद            कार्यरत कार्यालय

१.         राजकुमार थापा     को.चे.अ.पाँचौ      जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर

२.         सुरेन्द्रराज जोशी    सि.अ.हे.ब.छैटौ      बलरामपुर स्वास्थ्य चौकी, कपिलवस्तु

३.        विष्णुबहादुर क्षेत्री    सि.अ.हे.ब.छैटौ    मानपुर स्वास्थ्य चौकी, कपिलवस्तु 

४.      विरेन्द्र कुमार मिश्र    सि.अ.हे.ब.छैटौ    बेदौली स्वास्थ्य चौकी कपिलवस्तु 

५.      पृथ्वीचन्द्र भगत    सि.अ.हे.ब.छैटौ    महेन्द्रनगर स्वास्थ्य चौकी, सुनसरी

६.      महेश पोखरेल    सि.अ.हे.ब.छैटौ    मधेशा स्वास्थ्य चौकी, सुनसरी

७.      अनिल कुमार पाण्डेय    सि.अ.हे.ब.छैटौ    सिर्सिया स्वास्थ्य चौकी, पर्सा

८.      राजेशप्रसाद रौनियार    सि.अ.हे.ब.छैटौ    सखुवा प्रसौनी स्वास्थ्य चौकी, पर्सा

९.    शेषराज दाहाल    सि.अ.हे.ब.छैटौ    सिपाडोल स्वास्थ्य चौकी, भक्तपुर

१०.    देवनारायण साहु    सि.अ.हे.ब.छैटौ    बसन्तपुर स्वास्थ्य चौकी, सुनसरी

११.    छेदीप्रसाद यादव    तथ्यांक अधिकृत    जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी

१२.    नागेन्द्रप्रसाद चौधरी    निमित्त प्रमुख    जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी

१३.    टोपबहादुर थापा    सि.अ.हे.ब.    धर्मस्थली स्वास्थ्य चौकी, काठमाण्डौ 

१४.    बासुदेब पोखरेल    सि.अ.हे.ब.    देबस्थल स्वास्थ्य चौकी, सल्यान

१५    रमेश कार्की    सि.अ.हे.ब.छैटौ    बैजनाथ स्वास्थ्य चौकी, मोरङ्ग

१६    डा. दयाशंकर लाल कर्ण    प्रमुख    जिल्ला स्वास्थ्य कार्यालय, सिरहा

१७    सचितानन्द देब    निमित्त प्रमुख    जिल्ला स्वास्थ्य कार्यालय, धनुषा

१८    संजयकुमार काफ्ले    सि.अ.हे.ब.छैटौ    स्वास्थ्य चौकी, सिद्राहा, मोरङ

 

 

वीरगन्ज  फाल्गुन वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा ३ सदस्यीय टोलीले आज एक समारोह बीच ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट गरेको छ । 

भेटघाटका क्रममा सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले केही दिन अघि सङ्घकै कार्यकक्षमा मन्त्री शर्माबाट पर्सा–बारा क्षेत्रमा २० घण्टा विद्युत् आपूर्ति भइरहेकोमा लोडसेडिङ्ग मुक्त गर्ने प्रतिबद्धताको विपरीत झन् विद्युत् कटौती भई १६ घण्टा पु¥याइएको मन्त्री शर्माको ध्यानाकर्षण गराउनुभयो । उहाँले मुलुककै प्रमुख औद्योगिक कोरिडोरको रुपमा रहेको पर्सा–बारा क्षेत्रलाई लोडसेडिङ्ग मुक्त नगरिँदा यस क्षेत्रका उद्योगहरु प्रभावित भई सिङ्गो मुलुककै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको मन्त्री शर्माको ध्यानाकर्षण गराउनुहुँदै बारा–बारा क्षेत्रलाई समेत लोडसेडिङ्ग मुक्त पार्नको लागि पुनः आग्रह गर्नुका साथै भारतबाट रक्सौल–परवानीपुर ट्रान्समिशन लाईन भएर आउने ५० मेगावाट विद्युतलाई नेशनल ग्रिडमा समावेश नगरी यसै वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका साथै पर्सा–बारा क्षेत्रको लागि छुट्टयाउन सकिएमा थप नयाँ लगानी भित्रिनुका साथै रोजगारीमा अभिवृद्धि हुने बताउनुभयो । 

ऊर्जा मन्त्री जनार्दन शर्माले भारतबाट आयात हुने ५० मेगावाट विद्युतलाई नेशनल ग्रिडमा समावेश नगरी पर्सा–बारा क्षेत्रको लागि छुट्टयाउन सकारात्मक रहेको बताउनुभयो । उहाँले सिङ्गो मुलुककै लागि चाहिने विद्युत् आपूर्तिको लागि आपूm निरन्तर प्रयत्नरत रहेको बताउनुहुँदै हाल नेशनल ग्रिड चार्जिङ्ग फेजमा रहेको र करिब एक हप्ता पछि विद्युत् आपूर्ति हुने भएकोले हप्ता दिन पश्चात् बारा–पर्सा क्षेत्र लोडसेडिङ्ग मुक्त बनाउने पुनः प्रतिबद्धता जनाउनुभयो । 

पूर्व मन्त्री उर्मिला अर्यालको सहकार्यमा आयोजित भेटघाट कार्यक्रममा सङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ता, पूर्व अध्यक्ष अशोककुमार वैधको सहभागिता रहेको थियो । 

 

वीरगन्ज फागुन नेपाल ६७ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल भारत सहयोग मन्च केन्द्रीय कार्यसमितिले शनिबार वीरगन्जमा शुभकामना आद्रानप्रदान कार्यक्रम गरेको छ ।  कार्यक्रममा सम्बोधान गर्दै प्रमुख अतिथि तराई मधेस लोकतान्त्रिक पार्टीका महा मन्त्रि जितेन्द्र सोनलले अधिकारको लडाई आजपनि जारि रहेको बताएका छन असलि प्रजातन्त्र लोकतन्त्र देशमा संघियताद्वारा अघिकार प्राप्त गरि सकेपछि मात्र प्रजातन्त्र र लोकतन्त्रको मात्र साहान भुती गर्न सकिन्छ । प्रजातन्त्रको ६७  वर्ष वितीसक्दा पनि देश बिकास तर्फ जान नसकेको सोनलले टिपनि गरेका थिए काग्रेस एमाले र माओवादी सबिधान शंसोधन गरि देशको विकाश र निकाश दिन आग्रह समेत गरेका थिए । कार्यक्रमका विशिष्ठ अथिति भारतिय दुतावासका काउन्सिलका विनोद लोसालीले नेपाल भारतको संम्बन्ध प्रोढ रहेको छ र नेपालको बिकाशका लागि भारत सधै सहयोग गर्ने छ उनले भने । उक्त कार्यक्रममा गोपाल केडिया,मधुराणाले आफनो मन्तवय राखेका थिए भने  नेपाल भारत सहयोग मन्च केन्द्रीय अध्यक्ष अशोक कुमार बैधको अध्यक्षतामा कार्यक्रम संपन्न भएको थियो ।  

 

 

बारा, माघ अण्डरवर्ल्ड डन दाउद इब्राहिमका नेपाली एजेन्ट सम्सुर होदाबारे भारतीय प्रहरीले चासो देखाएको छ । उसले कानपुर रेल दुर्घटनामा होदा संलग्न भएको भन्दै भारतलाई सुम्पन माग गरेको छ । तर, नेपाल प्रहरीले भने उनीविरुद्ध नेपालमै अपराध गरेको अभियोग रहेकाले सुपुर्दगी नगरिने बताएको छ ।नेपाल-भारतवीच त्यसरी एक देशका नागरिकलाई अर्को देशलाई दिने कुनै कानुनी व्यवस्था नभएको विषेश ब्युरोका डीआईजी बमबहादुर भण्डारी बताउँछन् । उनले भने, ‘होदालाई हामीले बारामा दुई भारतीय नागरिकको हत्या गरेको आरोपमा पक्राउ गरेका हौं । उनलाई नेपालमै कारबाही हुन्छ ।’दुई भारतीय नागरिक हत्याको आरोपमा जिल्ला अदालत बारामा मुद्दा दर्ताका लागि म्याद थप भइसकेको छ अदालतबाट म्याद थप भइसकेको अवस्थामा होदालाई कतै बुझाउने सम्भावना नरहेको डीआईजी भण्डारीले बताए । होदा भारतलाई सुम्पन आग्रह गरेपनि नेपालले नमानेको भारतको आतंकवादसम्बन्धी अनुसन्धान गर्ने नेशनल इन्भेष्टिगेसन एजेन्सी स्रोतले उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचारमा जनाइएअनुसार अब भारतीय अधिकारीहरु नेपालमै आएर उनीसँग सोधपुछ गर्नेछन् । कानपुरमा भएको रेल दुर्घटनामा होदाको संलग्नता रहेको भारतीय प्रहरीको आशंका छ । यो घटनामा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको संलग्नता रहेको र होदाले उसका लागि काम गरेको हुनसक्ने भारतीय दाबी छ ।

वीरगन्ज माघ साबिक ठोरीलाई प्रदेश नम्बर ३ मा राख्न भन्दै ठोरीका सर्वदलीय राजनीतिक समितिले प्रधानमन्त्री प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेतालाई भेटी मङ्गलवार ज्ञापनपत्र बुझाएको छ। सर्वदलीय राजनीतिक समितिका संयोजक रामप्रकाश कुँवरको नेतृत्वमा राजधानी पुगेको टोलीले प्रमुख दुई राजनीतिक दलका नेतालाई भेटी ज्ञापनपत्र बुझाएको हो।

    ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले ठोरीका जनताको भावना बुझी अघि बढने आश्वासन दिएको प्रतिनिधि टोलीका संयोजक कुँवरले बताए। प्रधानमन्त्री प्रचण्डको भनाइ उल्लेख गर्दै कुँवरले भने– सीमाङ्कनको विषयमा प्रमुख तीन दलबीच सहमति भए बमोजिम नै ठोरीलाई प्रदेश नम्बर ३ मा राखेका थियौं। तर प्राविधिक कारणले त्यो सफल हुन सकेन। जनभावना अनुसार नै सीमाङ्कनको विषय मिलाउन प्रमुख राजनीतिक दलबीच प्रयास भइरहेको छ।

    सीमाङ्कन हेरफेर हुन नसके साबिक ठोरीलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्दै छुट्टै गाउँपालिका निर्माण गरिनुपर्ने मागसमेत प्रधानमन्त्री समक्ष राखेको संयोजक कुँवरले बताए।

    ठोरीलाई प्रमुख आर्थिक नाकाको रूपमा विकास गर्नुपर्ने मागमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको कुँवरले बताए । ठोरी–केरुङ राजमार्गलाई राष्ट्रिय लोकमार्गको रूपमा अघि बढाउँदै ठोरीलाई आर्थिक नाकाको रूपमा विकास गर्न सकिने भन्दै यस विषयमा पनि सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ उधृत गर्दै कुँवरले बताए । 

    भेटमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ठोरीको मागको सम्बन्धमा आप्mनो पार्टी गम्भीर रहेको भन्दै जनभावना अनुसार अघि बढने बताए। टोलीले मङ्गलवार नै स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई समेत भेटी ज्ञापनपत्र बुझाएको छ। 

    टोलीमा कुँवरसहित ठोरी–केरुङ लोकमार्गका अभियन्ता तारा पौडेल, नेपाली काङ्ग्रेसका युवा नेता प्रकाश खनाल, हरि पराजुली, नेकपा एमाले ठोरीका अध्यक्ष जगेन्द्र पौडेल, नेकपा माओवादी केन्द्र ठोरीका अध्यक्ष यादवराज कुँवर, नेकपा माओवादी ठोरीका इन्चार्ज रामबहादुर विष्ट, ठोरी गाविसका प्रतिनिधि धनराज बोट र ठोरीका पत्रकार सुदिप थापा सहभागी छन्।

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012