You are here: Homeसमाज

समाज (268)

नेपालको भौगोलिक अवस्थितिले दुई ठूला मुलुकबीच रहेका छौँ । हामीले विचार पुर्याएर अघि बढ्ने हो भने यसका धेरै अवसरहरू छन् । त्यसमा पनि नेपालको मध्यभाग भनेको वीरगन्ज हो । नेपालको चारैतिरबाट वीरगन्ज सबैभन्दा उपयुक्त बिन्दुमा छ । त्यस्तै हाम्रो कलकत्ताबाट आउने कार्गो ढुवानी गर्दा सबैभन्दा सस्तो वीरगन्जमा हुन्छ । अन्य नाकाबाट ल्याउँदा देशभर फैलाउनुपर्ने कार्गोको लागत धेरै बढी पर्न जान्छ । वीरगन्ज कसैले दिएर होइन, भूगोलका कारण उपयुक्त भएको हो । तर, राज्यले आवश्यक ध्यान नदिँदा बोलीचालीमा वा भनाइमा मात्रै वीरगन्ज देशको आर्थिक नगरी भयो ।

६ लेनको राजमार्ग

देशको सबैभन्दा धेरै भन्सार राजस्व पर्साबाट उठ्छ । यहाँबाट सबैभन्दा बढी कार्गो ढुवानी हुन्छ । तर, सडकको अवस्था दर्दनाक छ । अहिले पनि ६ लेनको सडक बन्न सकेको छैन । धनगढी, नेपालगन्ज, विराटनगर, भैरहवामा फराकिला सडक बनिसके । तर, वीरगन्ज अहिले पनि अपहेलित छ । रक्सौलदेखि काठमाडौंसम्म ६ लेनको सडक बन्नुपर्नेमा राज्यले बजेट दिन हेलचक्र्याइँ गरेर वा राजनीतिक पूर्वाग्रहका कारण हो, वीरगन्ज अघि बढ्न सकेन । यहाँ बल्लबल्ल ६ लेनको काम सुरु भयो । तर, त्यो पनि पथलैयासम्म मात्र बन्ने भयो । त्यसैले काठमाडौं र वीरगन्ज जोड्ने चौडा सडकमा विशेष ध्यान दिनुपर्छ ।

 

पेट्रोलियम पाइपलाइन

अहिले दैनिक २ सयदेखि ३ सय गाडी इन्धन आयात हुन्छ । त्यसमा हुने ढुवानी खर्च र चुहावटका कारण मात्र अर्बौँको घाटा भइरहेको छ । वीरगन्ज उद्योग वाणिज्य संघले पहिलेदेखि नै पेट्रोलियम पाइपलाइन निर्माण गरेर तेलको ढुवानी गरौँ भन्ने माग राख्दै आएको हो । मात्र ४ अर्ब रुपैयाँमा रक्सौलदेखि अमलेखगन्जसम्म पेट्रोलियम पाइप बिछ्याउन सकिन्छ । पहिले नै यो गरेको भए देशलाई धेरै फाइदा भइसक्थ्यो । तर, सरकार सधैँ भारतको बस्यो ।

 

औद्योगिक करिडोरलाई नै विशेष आर्थिक क्षेत्र

आर्थिक नगरी बनाउनका लागि उद्योग चाहिन्छ । त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्छ । अहिले विचार नपुर्याउने हो भने भोलि औद्योगिक करिडोर पनि समस्यामा पर्न सक्छ । एउटा उद्योग खुलेपछि त्यहाँ बाहिर एउटा पसल बस्छ । त्यसपछि दुई–चारवटा खाजाको पसल हुन्छ । बिस्तारै बस्ती बस्दै जान्छ । अनि त्यही बस्तीले, यो कारखानाले प्रदूषण फैलायो, मलाई राति निद्रा लागेन, उद्योग हटाइपाऊँ भन्न आउँछ । यहाँको औद्योगिक कोरिडोरमा भोलिको दिनमा त्यो अवस्था नआओस् भनेर सरकारले अहिले नै त्यो क्षेत्रलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्नुपर्छ ।

 

काठमाडौं जोड्ने छोटो बाटो

अहिले भइरहेको सिस्नेरी र फाखेल हुँदै काठमाडौं पुग्ने बाटो राम्रो बन्यो भने हामी ३ घँटामा काठमाडौं पुग्छौँ । काठमाडौं निजगढ द्रुत मार्ग बन्न कम्तीमा १० वर्ष लाग्छ । त्यसको बजेट पनि खर्बौँ रुपैयाँ छ ।

 

रेल्वेको गलत ट्रयाक

अहिले बर्दिवासवाट पथलैया रेल्वे ट्र्याक निर्मााणको कुरो चलिरहेको छ । त्यसबाट देशलाई कति फाइदा हुन्छ थाहा छैन । तर, रक्सौलदेखि हेटौँडासम्म रेल्वे बनाइदिएको भए अन्य यातायातको अनावश्यक चाप कम हुन्थ्यो । हेटौँडासम्म रेल्वे बनेको भए अमलेखगन्जसम्म तेलको पाइपलाइनसमेत आवश्यक हुँदैनथ्यो । पेट्रोलियम पदार्थ रेल्वेमार्फत सीधा हेटौँडा पुग्थ्यो । हामीले बरौनीमा तेल किनेर रेलमार्फत एकैपटक हेटौंँडा पुर्याउँथ्यौँ । जसले वीरगन्जलाई अनावश्यक दबाब कम हुन्थ्यो ।

 

निजगढ विमानस्थल र द्रुतमार्ग

निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंसम्मको द्रुत मार्ग निर्माणको कुरो म सभासद् हुँदा ०६४ सालमा बाबुरामले भाषण गर्नुभएको हो । अहिले १० वर्ष बित्यो । तर, त्यसको अहिलेसम्मको काम र प्रगति हेर्ने हो भने यो कहिले बनिसक्छ भनेर कसैले अनुमानसम्म पनि गर्न सक्दैनन् । भूकम्पको वेलामा त्रिभुवन विमानस्थल क्षतिग्रस्त भएको भए के हुन्थ्यो । विश्वमै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल राजधानीको नजिक बन्नुपर्छ भन्ने मान्यता छ ।

 

फराकिलो ड्राइपोर्ट

२० वर्षअगाडि सुक्खा बन्दरगाह बन्न थाल्दा नै यो सानो भयो । चाँडै नै यसले नेपाल आयात हुने सामानको भार थेग्न सक्दैन भन्यौँ । तर, त्यसवेलाका सम्बन्धित मानिसहरूले हाँसेर उडाइदिए । तर, अहिले नै साँघुरो हुन थालिसक्यो । वीरगन्जको विकासका लागि त्यसको पनि विस्तार हुनु जरुरी छ । निर्माण गर्दै दूरगामी सोच राखेको भए त्यस्तो हुँदैनथ्यो ।

तपाईलाई थाहा छ ,म नेपाली काँग्रेसको लागि अछुत भएको छु र म मात्र हैन मत एक प्र्रतिनिधि पात्र मत्र हु म पछि र म जस्ता कयौ तपाइृका नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु आफ्नो नेतृत्व र कार्यक्षमता देखाउन नपाएर र विवादै विवादमा अलझिएको नेपाल विद्यार्थी संघको अवस्थालाई नजिकबाट नियाल्दै पार्टीका लागि अछुत भएका छन् र मत अचेल धैरे साहसका साथ तपाइृको कार्यक्रमामा म जान आफुलाई रोक लगाएको छु र तपाईले पनि बोलाउन उचित ठान्नुहून्न किन कि मेरो परिचय के ? म तपाईको कार्यक्रममा जादा विवाकदको बढि सम्भवना देख्छु किन मसंगै अन्य नेपाल विद्यार्थी संघका दुईवटा अझ सभापतीहरु पुग्छन र हामीलाई व्यवस्थापन गर्न तपाईलई पनि तनाव नहोस भनि म किनारा लाग्ने गरेको छु र सत्यता तपाईलाई पनि यो कुरा अभास भएको हुनुपर्छ । म राकेश यादव तपाई जस्तै व्यक्तिहरुबाट प्रेरित भई नेपाल विद्यार्थी संघको एक समान्य कार्यकर्ताको रुपमा भर्ना भए मेरो गाँउ गा.वि.स. बैरिया विर्ता वार्ड नं.३ टोल सिसियाडी कक्षा १० नेपाल विद्यार्थी संघको सधारण सदस्य भई राजनितिक गछु भनेर विरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा नामाकंन गराई राजनितिक यात्रा शुरुवात गरे हिजो काँग्रेस फुटदा नेपाल विद्यार्थी संघको  एक जिल्ला कार्य समितिको सदस्यबाट राजनितिक यात्रा शुरुवात गरे पछि जिल्लाको सचिव हुदै केन्द्रिय समितिको विवादित टिकटबाट सदस्यमा हारे तर त्यस पश्चात फेरि विवादित टिकट पाई सचिवमा निर्वाचित भई राजनितिकमा आफ्नो नाम दर्ज गराउन सफल भए म सगै विवादित ने.वि.संघ भई जितेका सभापति,उपसभाति अहिले पार्टी प्रत्याग गरि अन्तै पलाएन भएका छन् । सभापति महोद्य तपाई थाहा छ मेरो नेका सकृय सदस्यता मेरो आफ्नो गाउँबाट नभई अन्य गाउँबाट रहेको छ तपाई प्रथम सभापती हुदाँ मैले भरमजदुर प्रयास गरेको थिए तर सफल भइन त्यो तपाईलाई थाहा छ आज म आफ्नो परिचय एक विवादित जिल्ला अध्यक्षको रुपमा प्रस्तुत गर्ने गर्छु मैले मेरो सम्पुर्ण निष्ठा,लगानी श्रमलाई प्रयोग गरी दुई दुई चोटी जिल्ला अधिवेशनबाट सभापती चुनिए त्यसका प्रमाण तपाई निकटम प्रतिद्धन्दी हुन तर मेरो सभापतित्वमा प्रमापिकारण हुदैन खै किन हो किन तर त्यसमा मेरो दुःख छैन तपाईको चुनावमा चुनिए सगै तपाईले आफ्नो सपथ ग्रहण सभामा प्रस्तुत गरेको पार्टी व्यवसायिक योजना शतप्रतिशत स्वागत योग्य देखिन्थयो जसको परिणामा स्वरुप तपाईले आफ्नो जित सगै २५ बर्ष पछि नृसिंह क्याम्पसको जित पनि आफ्नो कोल्टोमा पार्नु भयो अवस्था जेसुकै होस त्यता म जान्न चाहन्न स्व.वि.यू ताका तपाईको त्यो जोश जागर र नेपाल विद्यार्थी संघ प्रतिको लगाव देखेर अब केही परिर्वतन हुन्छ कि भनेर आश पलाउको थियो तर त्यो पनि सेलाएर गईरहेको अवस्था छ तपाईले बोलाएर हामीलाइ निर्देशित गर्नु मार्ग निर्देशन गर्नु र जोश थापेको देखेर हामी नेपाल विद्यार्थी संघका साथीहरु ह्र्षित भएका थियौ सभापति महोदय् वर्तमानका हामी सकिृय नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुमा कुनै किसिमको आपसी मनमोटाव छैन त्यासको प्रमाण हो तपाईले बोलाउँदा हाम्रो सकृय उपस्थिति म लगाएतका नेपाल विद्यार्थी संघका सम्पूर्ण तपाई सैनाहरु तपाईको निर्देशनको प्रतिक्षारत छन् । वर्तमानमा हाम्रो देश स्थानिय तह चुनाव मय भएको छ वर्तमान चुनावमा हाम्रो जिम्मेवारी के ? नेपाल विद्यार्थी संघका कार्यकर्ता नेताहरुले फेरी पनि चिरा चिरामा मनपर्ने र नपर्ने नेताको गाडीको अघि र पछि हल्लने काम गर्ने कि एक जिम्मेवारी प्राप्त गरी त्यसलाई निर्णायक दिशा दिने त्यसमा पनि हामीमा अन्यौलता छ । 

      नेपाल विद्यार्थी संघबाट आफ्नो राजनितिक यात्रा शुरुवात गरेको एक सफल र कुशल योद्धा तपाई हामी युवालाई यसरी किनरा विनाको पोखरीमा छोडन मिल्छ तपाईले यसै संगठनमा काम गरि आफ्नो पनिचय स्थापित गर्न हुने र हामीलाई अन्यौलतामा किन यस्तो विभेद तपाईलाई पनि तपाईका कुनै अगुवा नेताले यो अवसर प्रदान गर्नमा अहम भुमिका निर्वाह गरेका होलान् तपाईले आफ्नो त्यो दिनलाई नै समझी हामीलाई एक मार्ग निर्देशन गनुपर्ने हामीले थाहा पाए अनुसार तपाई र तपाईकै हम उम्रका केही हाम्रा अग्रजहरु नेताहरु हाम्रो जस्तो उमेरमा राम्रै भुमिका पाउनु भएको थियो रे ? तपाइले आफ्नो अहम भुमिका निर्वाह गरि एक कुसल नेतृत्वकर्ताको रुपमा प्रमाणित भई आज नेपाली काँग्रेस पर्साको कमान्डर इन चिपको रुपमा आफुलाई स्थापित गर्नु भएको छ नेकाका तमाम कार्यकर्ताको आदरका पात्र हो भनि तपाईले प्राप्त गरेको वर्तमान उपलब्धिले मोहर लगाएको छ । सभापती ज्यू विगममा तपाईले यो पदबाट निकै अनुभव प्राप्त गरि वर्तमानमा प्रयोग गर्ने खुल्ला माहौल पाउनु भएको छ । र्भखर सम्पन्न पार्टीको जिल्ला अधिवेशमा तपाईले अग्रस्ता हासिल गरी आम कार्यकर्तालाई समान्न गर्ने र विगतमा गरिएका गल्ति त भन्न म साहस गर्दिन तर छुटफुट कार्यहरुले यो कार्यकालमा भरपाई गरि नेका पर्सालाई एक चलाएमान पार्टीको रुपमा स्थापित गर्ने छु भनि तपाईको वाचा पनि सुनेका छौ । र त्यो सपथ ग्रहणको साक्षि हामी तपाईका सम्पूण आज्ञा पालक थियौ र तपाईले वचन पाठ गरेका सम्पूण शब्दका हामी साक्षी थियौ । 

         सभापती महोदय् ,हुन त म तपाईको विपरित उभेको उम्मेदवारको पक्षमा लागेको थिए तर यो कुराले तपाईलाई कुनै खासै मतलब राख्दैन आखिर तपाई कै भनाईमा जिल्ला अधिवेशन हामी विचको यो लडाई होइन बरु एकताको शुत्रपात हो । तपाईको सादगी,कार्यकशौलता,जिवनशैली र रहन सहन जस्ता प्रयावाची बानीहरुलाई तपाईहरु पछिका नेपाल विद्यार्थी संघका हामी कार्यकर्ताहरुलाई अंगिकार गर्न कति पनि संकोच लाग्दैन र हामीले त्यसको व्याख्या गर्न मौका पाउँदा संराशमा त्यसको व्यख्या गर्न पनि पछि पर्दैनौ । अन्तयमा मलाई थाहा छ तपाई अहिलेको तत्कालिन अवस्थाका स्थानिय तहको निवार्चनका कारण संगठनमा अति व्यस्थ हुनुहुन्छ त्यस व्यस्थताको बावजुद नेपाल विद्यार्थी संघलाई स्थानिय चुनावमा कुन भुमिकामा राख्ने र त्यसका लागि कलाई जिम्मेवारी दिने भनि तपाई निर्णनाय उदघोष आओस त्यसलाई हामी नेपाल विद्यार्थी संघ प्रति आस्था राख्ने सबै सहर्ष स्वीकार गर्ने छौ हामी प्रतिक्षारत छौ  ।

    नेपाली विद्यार्थी संघ पर्सामा एक कार्यकर्ताको हैसियतले यो अनुरोध पत्र लेख्न साहस गरेको छु अन्यथा हुन भए माफी पाउँ जय नेपाल ।

 

वर्तमान परिवेश प्रायः जसो प्रत्येक चौक चौराहा चिया गफ र त्यो गाँउको चौतारामा स्थानिय तह चुनावको चर्चा घुमीफिरी चलेको सुनिन्छ हुन पनि हो नेपालको संविधान घोषणा र तिन तहको निर्वाचन गरी नेपालको संविधानलाई सर्व उतक्रिष्ट सावित गर्नका निमित्त यो प्रक्रिया अति आश्यक देखिन्छ साथै नेपालकै आधा जनसख्या दावि गर्ने अर्को समुदाय पनि विरोध रुपी लौरो लिएर निर्वाचनलाई विरोध गर्ने गरेको दृष्य प्रायः दैनिकको छापामा आउने गरेको समाचारहरुबाट पनि प्रमाणित भएको देखिन्छ यो वर्तमानमा विरोध र चुनावी तयारीका विच स्थानिय निर्वाचनमा सबैले आफ्नो भुमिका खोज्नु अनुचित भन्न मिल्दैन विगत २० बर्ष देखि स्थानिय निर्वाचन नभएको यो देशमा राजनितिक सक्रियाता राख्ने जो कोई पनि आफ्नो उम्मेदवारी दाबी गर्नु उचित नै देखिन्छ । हिजो १८ बर्षे उमेरमा आफ्ना उम्मेदवारको लागि लठठी चलाउने प्रचार प्रसारमा सक्रिया भुमिका निर्वाह गर्ने त्यो युवा आज जसको उमेर ३८ बर्ष हुन्छ त्यसले आफ्नो उम्मेदवारी दाबि गर्नु पनि उचित देखिन्छ त्यो व्यशक जसको हिजो उमेर ३० थियो आज उसको उमेर ५० भई जिवनको अर्ध अवस्थामा पुग्नु र उम्मेदवारी दाबी गर्नुपनि उचित देखिन्छ । एक समुह त्यो पनि छ जसले ४० बर्षको उमेर एक चोटि विजय भई आफुले राम्रो काम गरेको दावि गरी पुःन एक चोटि भाग्य अजमाउन पाए हुन्थयो भनि दैनिक आफ्नो नेताको दैलो चहारिएको देखिन्छ यि सबै घटनाक्रम आजको वर्तमानमा निर्मित एक स्थानिय  तह निर्वाचन फिल्मको दृष्यको कासटिड. चलेको अवस्थामा मेरो एक विचार...

युवा   

 देश परिर्वतनमा र आफ्ना पार्टीको लठैतको रुपमा प्रायः प्रत्येक राजनितिक संगठन वा जुसुकै कठिन कार्यको लागि युवा जमातलाई अगाडी आउन अवहान गरिन्छ तर त्यस लगतै यूवाहरुलाई पाखा लगाएको धेरै उदाहरणहरु देख्न सकिन्छ । मैले अगाडि पनि भने हिजोको १८ वर्षे युवा आज ३८ वर्षको भएको छ र त्यो उसको उमेर नरुकेर भएको हो तसर्थ उसको सोच,आकांक्षामा अंकुस लगाई रोक्न सकिदैन स्थानिय तहको निर्वाचनको घोषण संगै यूवाहरुमा एक किसिमको उकुसमुक्स सोचको विकास भएको छ तिनीहरु आफ्नो पार्टीमा आफ्नो उम्मेदवारी जोडदार रुपले राख्न नसके पनि गोलबन्द हुदा एक अर्काको पार्टी प्रति दोषाआरोप लगाएको देखिन्छ , लडन त मन थियो तर मेरो पार्टीले टिकट नै दिदैन मेरो पार्टीमा पैसावाला र बुढाहरुको लर्काे छ । यो कुराहरुको विषेश चर्चा नेपालको राजनितिकमा दखल राख्ने तिन ठुला दल कांग्रेस,एमाले र माओवादी यि मध्ये पनि नेपाली कांग्रेस देशको ठुलो पार्टि र पुरानो इतिहास बोकेको पार्टीमा चार उमेर समुहको ठुलो जमात छ त्यसमा एक शेरबहादुर देउवा रामचन्द्र पौडेल एक तह जसले अहिले पनि १० बर्षे सक्रिय राजनितिकमा रहने छन् अर्को तह बालकृष्ण खाँड र एन.पी साउद २० बर्षे सक्रिय राजनितिक त्यस पछि गगन थापा र कल्याण गुरुड. समुह र अन्तिममा वर्तमान युवा समुह जसमा नेपाल विधार्थी संघको केन्द्रिय अध्यक्षको उमेर ४५ बर्षे हुन्छ अब अहिलेको सक्रिय राजनितिक गर्ने भिजिनर युवा आफ्नो प्रतिभा देखाउने उमेर भनेको ६० बर्षे त्यो पनि अवसर पाए मात्र ।

     नेपालमा युवाको उमेर भनेको १६ देखि ४० लाई मानेको छ तर एउटा सवल,सुझबुझ युवाको उमेर भनेको ३० भन्दा माथिलाई मानिएको छ तसर्थ यो युवा समूहलाई वर्तमानको स्थानिय तह निर्वाचनमा बढि भन्दा वढि सहभागिता गराए देश विकासमा नयाँ सोच र जोशका साथ देश विकासमा निभ राख्न सक्ने र युवाहरुलाई अवसर देखाउने ठाउँको पाउने छ । 

स्थानिय निर्वाचन

स्थानिय तह निकायको निर्वाचन निर्वाचन,निमार्ण र निरन्तरता एकअर्काका परिपुरक छन् वर्तमानमा निर्वाचन भय रहित र स्वचछ रुपले सम्मपन्न गर्नु एक चौनौती हो भने गाँउपालिकाको भौतिक पुवाधार निमार्ण देखि विभिन्न स सना कानुनको निमार्ण र प्राप्त अधिकारलाई पूर्ण रुपले प्रयोग गर्न पनि त्यतिकै चुनौति छ अन्तिमा इ सबै कार्यहरुलाई निरन्तरता दिई एक विकसित र सर्वगुण सम्पनन गाउँपालिका रुपमा स्थापित गर्न पनि एक कुशल नेतृत्व,शालिन र शिक्षित व्यक्तिको आश्यक देखिन्छ । नेपाल सरकारले स्थानिय तह निर्वाचनको मिति बैशाख ३१ लाई लक्ष्ति गरी आफ्ना सम्पूर्ण कार्यलाई गति दिएको पाईन्छ र राजनितिक दलका कार्यकर्ताहरु पनि दैनिक कुनै न कुनै बाहानामा आफ्ना कार्यकर्तालाई गोलबन्द गरि चुनावी माहौलमा होमिन निर्देशन र प्रशिक्षण दिएको पाईन्छ त्यति मात्र हैन स्थानिय निकायको चुनावलाई लक्ष्य गरि पार्टी प्रवेश र विभिन्न प्रलोभनको खेती पनि अहिलेबाट शुरु गरेको देखिन्छ हुन पनि हो नेपालमा स्थानिय निकायको निर्वाचन अहिले एक कुम्भ मेलाको रुपमा परिदृष्य भएको छ । स्थानिय निकायको निर्वाचन अहिलेको संरचना र प्रत्यायोजित अधिकारलाई प्रयोग गर्न कार्यकारी प्रमुखको लागि निकै चौनौती देखिन्छ । हिजो देखि स्थानिय निर्वाचनको अभावमा कर्मचारीतन्त्र हाभी भएको अर्को चुनौती छ स्थानिय साधन स्रोतलाई निकै सजिलो प्रयोग गर्न सक्ने निपुर्ण कर्मचारीहरुले गाउँपालिका प्रमुखलाई सजिलै प्रयोग गरी आफ्ना अभिष्ठहरु पुरा गर्न भर मजदुर प्रयास गर्ने छन् त्यसबाट बच्न पनि एक कुशल प्रशासकको रुपमा स्थानिय निकाय प्रमुख अनुभव आर्जन गर्न सक्ने र गलत प्रयोगबाट बच्न पनि शिक्षित र अध्यन्नशिल हुन जरुरी छ । स्थानिय निकायमा विभिन्न दातृ निकायलाई सिधै सम्पर्क स्थापित गराई विकास निमर्णका कार्यहरुलाई जोडन पनि स्थानिय निकायमा त्यस सम्बन्धी ज्ञान भएको प्रमुखको आश्यकता देखिन्छ तसर्थ अबको गाउँपालिकाको स्थानिय निर्वाचन भनेको विकासको प्रतिस्पर्धा गर्ने र भएको साधन स्रोतको उचित प्रयोग गरी प्राप्त अख्तियारलाई गलत प्रयोगबाट बच्न र बचाउन स्थानिय निर्वाचनमा यूवा,उर्जावान र शिक्षित व्यक्तिलाई अवसर प्रदान गरे सोचेको संघियाताको परिकल्पनालाई परिपुर्ति गर्न सकिन्छ । वर्तमानमा स्थानिय निकायको चुनावमा मेरो एकल र जोडदार मांग जुन सुकै राजनितिक संगठन होुस युवा जमातलाई आफ्नो अवसर देखाउन जोडदार मांग गर्दछु । जय युवा

 

संघीय समाजवादी फोरम नेपाल पर्सा के अध्यक्ष प्रदीप यादव अपने स्पष्ट दृष्टिकोण के लिए जाने जाते हैं । पिछले संविधान सभा चुनाव में बेहद कम मत के अंतर से हारने वाले यादव संविधान संसोधन किए बगैर निर्वाचन भाग लेने के खिलाफ है । यादव का कहना है अगर स्थानीय निकाय निर्वाचन से पहले सरकार संविधान संसोधन कर ले तो उनका दल फोरम सहित मोर्चा में आवद्ध अन्य दल भी निर्वाचन में भाग लेगें । पर्सा जिले के मनियारी गाँव में जन्मे औरवीरगंज के ठाकुर राम क्याम्पस से शिक्षा संकाय में स्नातक ४० वर्षीय यादव का राजनीति के अलावा मुख्य पेशा कृषि है । पिछले १७ साल से राजनीति में सलंग्न यादव शुरु के सात साल राष्ट्रीय प्रजातंत्र पार्टी में थें । ०६३

साल के मधेश आंदोलन के बाद वह फोरम में आ गए । १६ साल की किशोर उम्र से ही विधार्थी राजनीति कर रहे और वामपंथ के घोर विरोधी यादव से

वर्तमान राजनीति और आगामी चुनाव के सम्बन्ध में हिमालिनी की वीरगंज संवाददाता बिम्मी शर्मा से हुई लंबी बातचीत का प्रमुख अंश ।

० वर्तमान परिस्थिति में सरकार और एमाले के लिए आप क्या सोचते हैं ?

निश्चिन्त रूप से सरकार और नेकपा एमाले का रवैया गलत है मधेशी मोर्चा के प्रति, यही कारण है कि मोर्चा को उनके हर कदम का विरोध करना पड़ रहा है । हालत यही रही तो होली के बाद नाकाबंदी भी हो सकती है । मधेशी मोर्चा के साथ जो  ३ बुदें सहमति की गयी थी सरकार उसको पूरा करे हमें और कुछ नहीं चाहिए । मधेशी जनता ने इतना बलिदान क्यों और किसके लिए दिया ? १९ साल से स्थानीय निकाय का निर्वाचन नही हुआ । अब होने वाला है, तो हम भी चाहते हैं कि हमारी संविधान संशोधन की मांग पूरी कर के हमें भी निर्वाचन में शरीक होने का मौका दे । निर्वाचन में जाने का निर्णय करने से पहले संविधान संशोधन करते तो क्या बिगड जाता ? मधेशी मोर्चा के संशोधन की मांग पूरी हो जाती तो हम लोग निश्चिन्त रूप से निर्वाचन में भाग लेते । मधेशी जनता को हम पर भरोसा है । केपी ओली एंड कंपनी को मधेशी जनता से एलर्जी है । ओली और एमाले पार्टी को लगता है कि जितना मधेशी को गाली देंगें उतना ही ज्यादा उनको पहाड़ी वोट मिलेगा । पर हम लोगों की सोच उस तरह की नहीं है । हम नेपाल में रहने वाले सभी जाति और वर्ग के लिए लड़ रहे हैं । मधेश हाथ से निकल गया इसी लिए पहाड़ को अपनी मुठ्ठी मे करने के लिए एमाले यह सब कर रहा है । सरकार की बात मान कर यदि निर्वाचन में हमलोग अभी भाग लेगें तो हमारी मागं पूरी नहीं की जाएगी । १० महीने कें बाद इस संविधान सभा की उम्र खत्म हो जाएगी । यदि अभी हम मधेश के लिए आवाज नहीं उठाएगें तो इस संविधान सभा का विसर्जन होने के बाद हमारी मांग को  संबोधन नहीं किया जाएगा ।

० मधेश आन्दोलन के बाद आपकी क्या रणनीति होगी ?

– मधेश आंदोलन के बाद हम लोगों का एजेंडा विकास का है । इसीलिए हम लोग अपने विरोध का स्वरूप परिवर्तन कर रहे हैं । मधेशी मोर्चे के इस आंदोलन में अब बीरगंज नहीं काठमांडु बंद होगा । राजधानी को घेर कर वहां अभाव होने पर ही सरकार हमारी मागों पर ध्यान देगी । हमारे शहर का कोई नुकसान न हो, जब तक काठमाडु को अभाव और दुख महसूस नहीं होगा तब तक हमारी मागों पर सुनवाई नहीं होगी ।

० पर्सा जिले की स्थिति पर आप क्या कहेंगे ?

– पर्सा जिला में वीरगंज का छोड़ कर कंही कोई विकास नहीं है । इस जिले में एक किलोमीटर भी सड़क पक्की नहीं है । देश में सबसे ज्यादा वीरगंज भन्सार से ही राजस्व कलेक्सन होता है ।  भारत से खरीदी गई बिजली भी यही से हो कर देश की राजधानी में जाती हैं पर यहां की जनता को सिर्फ लोडसेडिगं मिलती है । मधेश प्रदेश बनने के बाद राजधानी कहां बनेगा इस पर भी मधेशी दलों में विवाद होगा ही और यह विवाद नेकपा एमाले और काग्रेंस करवा रहा है । वीरगंज ही २ नंबर प्रदेश की राजधानी बननी चाहिए । पहले मछली को दाना फेंक कर जाल बिछा कर पकड़ना चाहिए  । उसके बाद ही इसका हिस्सा किसको कितना और क्या मिलेगा लगाना चाहिए । आप भारत को ही देखिए न । भारत के उत्तर प्रदेश में कोई भी शहर किसी से कमजोर है क्या ? संघीयता में जाने

के बाद मधेश के हर शहर और नगर का उतना ही महत्व होगा । यदि इसी बीच में संविधान संशोधन होगा तो निसन्देह हम लोग भाग लेंगे ।

० क्या आपको लगता है कि एमाले देश में संघीयता लागू होने देगा ?

– संघीयता का कट्टर विरोधी है ओली  । वह राजा से हाथ मिला कर देश से संघीयता को खत्म करना चाहते हैं । ६३ साल का अंतरिम संविधान इस संविधान से अच्छा था । उसी को लागु कर दे ना, हम उसको मानने के लिए तैयार हैं । मधेशियों पर हमेशा से ही भारत परस्त होने का आरोप लगता आया है । हमारा रंग काला है इसी लिए हम पर यह आरोप लगता है । हम पर आरोप लगता है कि भारत हम लोगों को सहयोग करता है । हम से ज्यादा खस लोग भारतीय राजदूतावास से मदद लेते आए हैं । यह पहाड़ी लोग भारतीय दूतावास का खाते हैं और उसी को गाली भी देते हैं । हम मधेशी माँ की कोख से पैदा हुए सच्चे धरती पुत्र हैं इसी नेपाली धरती में जन्मे और यहीं के नागरिक हैं ।

० यहाँ हमेशा से भारत विरोधी राजनीति होती रही है, खुली सीमा बन्द करने की बात भी सामने आती है इस सन्दर्भ में आप कुछ कहना चाहेंगे ?

– आज तक नेपाल की धरती में जो भी परिवर्तन हुआ है वह भारत के सहयोग से हुआ है इस सच्चाई से हम मुँह नहीं मोड़ सकते हैं । आज भारत से बिजली आयी नेपाल में । भारत के कारण नेपाल का लोडसेडिंग हट रहा है । सब कुछ सहयोग भारत से ही हो रहा है ।  नाकाबंदी अगर भारत ने सच  में  किया होता तो एक हवा भी इधर से उधर नहीं होती । सिर्फ एक वीरगंज नाका बंद था तो इतना कोहराम क्यों मचा रहे हो ? अगर सच में भारत सभी नाका बंद करता तो क्या

होता ? नेपाल भारत सीमा कभी भी बंद नहीं होनी चाहिए । दोनों देशों का सदिंयो पुराना संबंध है । मधेश से तो विशेष रूप से भारत के साथ रोटी  बेटी का संबंध है । जो केपी ओली इतना भारत का विरोध करते हैं वह भारत का ही खाते हैं । ओली की किडनी फेल होने पर भारत के ही विशेषज्ञ डाक्टरों की टीम ने बचाया था । उनको भारत ही अपने खर्च में ईलाज कराके बचाया है और वही हम लोगों को भारत परस्त होने का आरोप लगाते हैं । हम नेकपा एमाले को मधेश और मधेशियों का जानी दुश्मन मानते है उसका हर प्रकार से प्रतिकार करने के लिए मधेशी मोर्चा तैयार है ।

० क्या आपको लगता है कि मधेशी को अधिकार मिलेगा ?

– पिछले साल मधेश आंदोलन के समय जब ओली प्रधान मंत्री थे । एक ट्याकंर डीजेल चीन से लाने पर फूलमाला से सजा कर दुल्हन की तरह लाया गया था । ओली की मानसिकता ही भारत विरोधी है । हम लोग और कुछ नहीं चाहते बस संविधान में बराबरी का अधिकार अधिकार चाहते हैं । आपकी टोपी, भाषा और कल्चर का हम सम्मान करते हैं । आप भी हमारी कल्चर, धोती और भाषा का सम्मान करो । पहले जब यह खस लोग हम मधेशियों को धोती बोलते थे तो गुस्सा आता था पर अब खुशी होती है और सम्मान महसूस होता है । हमें और कछ नहीं चाहिए इस देश के नागरिक है इसीलिए बराबरी का अधिकार और सम्मान चाहते हैं और कुछ नहीं। हम कभी नहीं चाहते कि मधेश अलग देश बनें । हम नेपाल में पैदा हुए हैं और नेपाल देश में ही रहना चाहते हैं ।राजा की गद्दी जब तक थी तब तक प्रजा बहुत मानती थी और डरती भी थी । लोकतंत्र आने के बाद एक राजा गया तो ओली और प्रचंड नयां राजा बन कर आ गए । राजतंत्र में सभी संवैधानिक बड़े पदों में खस पहाडी लोगों का राज था अब मधेशी भी पढ़ लिख कर योग्य हैं और अपने बल पर पदों पर आने लगे हैं तो इन्हें जलन हो रही है । अब मधेशी जनता शिक्षा के कारण जागरुक हो गयी है तो यह उन्हें अपने अधिकार सें वचिंत करना चाहते हैं । अभी हाल ही में प्रधान न्यायाधीश सुशिला कार्की ने कहा कि घूघंट में बंद मधेशी महिलाओं को

अधिकार क्यों चाहिए ? मधेश में गरीब से गरीब औरत भी खुले में नहीं नहाती, पर्दा करती है तो आपको एतराज क्यों है भई ? हम मधेशी आपके कल्चर के लिए  कछ नहीं बोलते सम्मान करते हंै तो आप भी हमारे कल्चर का सम्मान कीजिए । घूघंट हम मधेशियों की कल्चर और शान है तो आपको इसमें एतराज क्यों है ?

० आपका मूल पेशा क्या है ?

– मेरा पेशा ही फूल टाईम राजनीति है ।

० आप की पार्टी संघीय समाजवादी फोरम का स्पष्ट दृष्टिकोण और लक्ष्य क्या है ?

– मधेश और मधेशी लगायत पहाड़ के पिछडेÞ दलित आदिवासी जनजाति और महिलाओेंं को उनका अधिकार दिलवाना यही हमारा लक्ष्य और यही दृष्टिकोण भी है ।

० क्या देश में इतने प्रदेश की आवश्यक्ता है ? ७ प्रदेश ज्यादा नही हुए ?

– हम लोगों को ज्यादा प्रान्त नहीं चाहिए । इतने छोटे देश में ७ प्रदेश चाहिए ही क्यों ? हिमाल, पहाड़ और मधेश कर के ३ प्रदेश बना दें तो हम लोग खुशी–खुशी मान लेगें ।

० पुरानी बात, आप लोगों नें सुशील कोईराला को वोट क्यों दिया ?

– कोईराला को वोट दे कर हम नेपाली काग्रेंस को अन्य दलों से अलग कर के तोड देना चाहते थे  ।

० नकली राजीनामा का खेल क्यों खेला ?

– यह हम नहीं खेलें । यह एमाले और काँग्रेस ने करवाया था ।

० सभी नाका बंद क्यों नही हआ ?

– हम लोग चाहते थे सभी नाका बंद हो पर सम्भव नहीं हो पाया । लेकिन इस बार के मधेश आदोंलन में सभी नाका बंद कर के काठमाडंू के नाक में दम करेगें ।

० तेल गैस की तस्करी किसने करवायी ?

– उस समय की ओली सरकार ने करवायी तेल और गैस की तस्करी । मधेश आंदोलन को बदनाम करने के लिए हमें बदनाम किया गया । सरकार की सारी विग्ंस, प्रशासन, प्रहरी, सशस्त्र और सेना इसमें संलग्न थे ।

० आप लोगों ने प्रचंड का साथ क्यों दिया ?

– उस वक्त यही सही था इसलिए ।  पूरा मधेश थक गया था । प्रचंड ने आश्वासन दिया था कि संविधान संसोधन करेंगे, शहीद घोषणा करेंगे इसीलिए हम लोग मान गए । कितना लड़ें ?  हमें उम्मीद थी कि वह मधेश के लिए कुछ करेंगे पर उन्होंने हम मधेशियों को धोखा दिया ।

० आप लोग कितने शहीदों के घर मिलने गए और उनका ५० लाख रुपया कौन खा गया ?

– करीब–करीब सभी शहीदों के घर हम मिलने गए थे  । कोई नहीं खाया है । जब मधेश प्रदेश बनेगा तब सभी मधेशी शहीदों को ५० लाख रुपया मिलेगा ।

० आपके कितने बच्चे विदेशों में पढते हैं, किसके खर्च पर ?

– मेरे तीनों बच्चे भारत में पढ़ते हैं । दोनों बेटे देहरादून में और बेटी राजस्थान में पढ़ती है । भारत के नहीं मेरे अपने निजी खर्च पर बच्चे वहां पढ़ रहे हैं ।

० विजय गच्छेदार से कैसा संबध है ?

– कोई भी संवंध नहीं है । विजय गच्छेदार से हमारी कोई सोच नहीं मिलती  । गच्छेदार बस पद और सत्ता चाहते हैं ।

० समर्थन  वापस क्यों नही लिए, क्या सत्ता और भत्ता के लालच में ?

हम सत्ता मे नहीं हैं और हमें लालच नहीं है सत्ता और भत्ता का । संसोधन हुए बगैर हम निर्वाचन होने नहीं देंगे । सरकार चाहे सेना लगाए या प्रहरी, चुनाव नहीं होगा । चुनाव करने का जो षडयंत्र हो रहा है उसी के लिए मेचीकाली भ्रमण किया गया है ।

० संविधान घोषणा के वक्त की तरह फिर सभी पहाड़ी पार्टी चुनाव करने के लिए एकमत हैं आप किसको कैसे रोक पाएगें ?

– जब तक जिएगें तब तक विरोध करेंगे । हम लोग मधेशियों के विरुद्ध हुए भेदभाव के खिलाफ । चुनाव के विरुद्ध किसी  भी हद तक जा सकते है हम ।

० मेची काली अभियान में क्या आप लोग एमाले का अश्वमेध का घोड़ा रोक पाएँगें, कहीं  फिर गौर कांड की पुनरावृति तो नहीं होगी ?

– हम नहीं रोकेगें जनता रोकेगी एमाले की इस अश्वमेध घोड़े को । हम लोग शातिंपूर्ण तरीका से जाएँगें और आंदोलन करगें ।

 

मुलुकको दोस्रो ठूलो दल नेकपा एमाले यतिखेर ‘मेची–काली’ अभियानमा छ । एमाले सचिव योगेश भट्टराईका सन्चारमाध्यममा आएका अभिव्यक्तिअनुसार यो अभियान ‘पृथ्वीनारायण शाहको एकीकरण अभियानको परिपुरक’ हो । हामी नेपाली आवश्यकताभन्दा बढी शंकाको सुविधा लिन्छौ । र यो शंकाको सुविधा लिनेमध्येकाअनुसार यो अभियान ‘रातो सूर्य’ सिनेमाका लागि मञ्चित हु

 

दैछ (जुन् सिनेमा पृथ्वीनारायणपछि कोही देशभक्त छ भने त्यो केपी शर्मा ओली हुनुहुन्छ भन्ने सिद्धान्तमा केन्द्रित छ ।) । केही ‘सहिष्णु’ पत्रकार तथा विश्लेषक जमातले यो अभियानलाई ‘सद्भाव’को राजनीतिका रुपमा व्याख्या पनि गर्नुभएको छ । संविधान संशोधन एउटा आधार मान्ने हो भने एमाले र मोर्चा आजको दिनमा वर्ग सत्रु हुन् । किनकि, मोर्चा ‘आन्दोलन’मा छ । यस्तो परिस्थितिमा एमालेको अभियानको निहीतार्थ के थियो ? सुरुवातमै टिप्पणी गर्नु हतारो हुन्छ । भ्याए भने अभियानको समाप्तीमा म विश्लेषणत्मक लेख पस्कने नै छु । तर आज म तपाईसमक्ष सूचना–सामाग्री मात्र प्रस्तुत गर्छु । 

एकपटक एमालेको आधिकारिक वेबसाईट  http://cpnuml.org/content/-300.html  हेर्नुस्, यो दल समावेशी संविधान निर्माणपछि कति समावेशी–समानुपातिक थियो ? यसमा मधेसी नेताको सहभागिता कति थियो ? ‘मेची–काली’ अभियानका क्रममा एमालेको स्थायी समिति बैठकले ८ वैकल्पिक र १२ पूर्णसहित २० मधेसी समुदायलाई आफ्नो केन्द्रिय कमिटीमा मनोनयन गर्‍यो  (सचिव योगेश भट्टराईले हस्ताक्षर गर्नुभएको पत्रअनुरुप) । तपाई एमालेको विधान हेर्नुस् (http://cpnuml.org/content/-2.html) । । ‘अभियान’ का क्रममा रहेको एमालेको संरचना अहिले उसैको विधानअनुरुप पूर्ण छ । विधानमा सदस्य थप्ने कुनै प्रावधान छैन । (मैले विधान पढ्ने क्रममा कुनै व्यवस्था छुटाएको भए सुझाव दिनुहोला, सच्याउछु) । जिज्ञासा बढेपछि मैले मोरङ पुग्नुभएका एमाले सचिव भट्टराईलाई सोधे । उहाले विधानको व्याख्या गर्ने अधिकार एमाले केन्द्रिय कमिटीलाई रहेको र त्यसलाई आगामी महाधिवेशनले अनुमोदन गर्ने जानकारी दिनुभयो । सचिव भट्टराईकै भनाईअनुसार पनि अहिले मनोनीत केन्द्रिय सदस्यहरुको वैधानिकता अर्को महाधिवेशनलेमात्र तय गर्छ । मतलब उहाहरु अहिले सरकारले निर्णय गरेको तर सर्वोच्चको आदेशअनुसार फुली लाउन नपाएका आइजीपी जयबहादुर चन्दको हैसियतमा हुनुहुन्छ । एमालेको सर्वोच्च निकाय महाधिवेशनले अनुमोदन नगरेसम्म उहााहरुको मनोनयन ‘देखावटी’मात्र हो । 

यो एउटा पक्ष भयो । तर भट्टराईले ‘विधानको व्याख्या गर्ने अधिकार केन्द्रिय कमिटीमा छ’ भन्नुभएको थियो । तर केन्द्रिय कमिटीको अधिकार खण्डमा त्यो पनि भेटिएन । अब मनोनीत सदस्यको वैधानिकता के हुन्छ ? मैले सुरुमै विश्लेषण गर्दिन भनिसकेको छु, यो सूचना–सामाग्रीमात्र हो । यो तथ्यमा रहेर विचार–विश्लेषण गर्ने जिम्मा तपाईको । धन्यवाद । 

 

वीरगंज मुर्लीका एकजना व्यवसायी मित्रले मलाई बढो उत्सुकतापूर्वक सोधे–वीरगंजको मेनरोड टुट्छ कि टुट्दैन ? उनको प्रश्नको सही समाधान मसँग थियो/थिएन, यो अलग विषय भयो । यसै पनि हामीकहाँ पत्रकारहरूलाई सार्वजनिक सरोकारका विषयमा बढी जानकारी हुन्छ भन्ने आमधारणा छ । पत्रकार निष्पक्ष, अगुवा र मार्गदर्शक पनि मानिन्छन् । औसत पत्रकार र पत्रकारिताले यो आम बुझाइप्रति कतिको न्याय गरिराखेको छ ? समाजको अपेक्षा अनुसार कतिले आपूmलाई अद्यावधिक गर्न सकेका छन् ? यो पनि बहसको बेग्लै विषय बन्न नसक्ने होइन । तर त्यतिखेरै मलाई उनको मनसाय बुभ्mने कौतुहल जाग्यो र प्रतिप्रश्न तेस्र्याइ हालें– किन ? सडक विस्तार हुँदा र नहँुदा तपाईंलाई के फाइदा/घाटा ? उनको सहज उत्तर थियो– अगाडिको घर भत्काइयो भने मेरो घर मुख्य सडकछेउ पुग्छ, त्यसपछि म मेनरोडको बासिन्दा । मेरो त भाग्य नै फेरिन्छ । यो सुनेर म अवाक भएँ । 

त्रिभुवन राजपथ अन्तर्गत वीरगंजको मुख्य सडक विस्तारका कानूनी र प्रक्रियागत प्रावधान आप्mनो ठाउँमा होलान् । तर यो सरोकारमा वीरगंजका बासिन्दाबीच मुख्यतः दुईथरी मत सुनिन्छन् । एकथरी कुनै पनि सर्तमा राजमार्गको मापदण्ड अनुसार सडक फराकिलो पारिछाड्नुपर्ने तर्क गर्छन् । तर अपवादबाहेक यो तर्कका पक्षधरहरू यस्ता मानिस छन्, जसको मुख्य सडकको सीमाभित्र कुनै भौतिक सम्पत्ति छैन । उनीहरूलाई मुख्य सडक छेउछाउका संरचना किन भत्काउनुप¥यो भनेर सोध्ने हो भने औसत जवाफको आशय हुन्छ, किन कि मेनरोडमा मेरो घर छैन । उनीहरूको आग्रहमा फराकिला सडक सुन्दर र व्यवस्थित शहरको आवश्यकता हो भन्ने कुरा दोस्रो प्राथमिकतामा पर्छ । अर्काथरी, जो मुख्य सडक विस्तार गर्दा क्षति बेहोर्न बाध्य हुनेहरू मुख्य सडक छेउका संरचना छुनै नहुने अडान पेस गर्छन् । बरु सडक विस्तार नभए पनि फरक पर्दैन भन्छन् । यी दुवै तर्क र अडान समय सान्दर्भिक छैनन् । स्थानीय राजनीतिक नेतृत्व पनि यही आग्रह र पूर्वाग्रहको घनचक्करमा रुमलिएको छ । यसले समस्या झन् कचल्टिंदै गएको छ । निकासका उचित र मध्यमार्गी उपाय दुराग्रहमा थिचिएका छन् ।

    अव्यवस्थित शहरीकरण अहिले आम दैनिकीका लागि सकसमात्र बनेको छैन, अकल्पनीय मानवीय र भौतिक क्षतिको कारण साबित भएको पनि छ । फराकिला सडक र मानवीय आवश्यकताका भौतिक संरचना र पूर्वाधारहरूको पूर्णता सहज दिनचर्याका आधारहरू हुन्, यसमा द्विविधा छैन । यस आधारमा वीरगंज शहरलाई व्यवस्थित तुल्याउन मौजुदा सडक संरचना पर्याप्त छैनन् । नगरको स्वामित्वमा रहेका सडकको दुरवस्था पनि नगरवासीको आँखाअगाडि लुकेको विषय होइन । नगर क्षेत्र विस्तार र शहरीकरणको चापसँगै सडकको स्तरोन्नति अपरिहार्य छ । यो शहरको तत्कालीन आवश्यकता मात्र नभएर नगरवासीको दीर्घकालीन हितनिम्ति पनि जरुरी छ । तर वीरगंजको अवस्थिति, उपलब्ध सडक पूर्वाधारको अवस्था र तिनको उपयोगितालाई मिहीनरूपमा केलाएर मात्रै निष्कर्षमा पुग्नु बुद्धिमानी ठहर्छ । रमिते लहडले यो शहरको मौलिकता र अस्तित्व नै मासिन सक्दछ भन्नेमा पनि सचेतना अपनाउनै पर्दछ । 

सरकारले बितेका ४ वर्षमा त्रिभुवन राजपथ अतिक्रमण हटाउन पाँचपटक सार्वजनिक सूचना निकालिसकेको छ । तर वीरगंजका लागि प्रत्येकपटकको सूचना अन्योल उत्पादनको औजारबाहेक अरू हुन सकेको छैन । यो स्थानीय नेतृत्वलाई मतको राजनीतिक दुनो सोभ्mयाउने औजार बनेको छ भने केन्द्रीय नेतृत्वले आश्वासनमा अल्मल्याएर उपयोगवादी आचरण देखाइराखेको छ । केही अगुवाहरूका लागि पहुँच देखाउने अवसर साबित भइदिएको छ । कतिपयलाई आर्थिक लाभ केन्द्रित चलखेलको गतिलो उपाय बनेको चर्चा नसुनिएको पनि होइन ।

    सतहीरूपमा हेर्ने हो भने अहिले वीरगंजमा मुख्य सडकलाई राजमार्गको मापदण्ड अनुसार ५० मिटर फराकिलो पार्नुपर्ने पक्षमा बढी मत होला । किनकि मुख्य सडकछेउमा घरजग्गा पर्नेको सङ्ख्या न्यून छ । अरू ठाउँमा राजमार्गको मापदण्ड लागू हुने, वीरगंजमा मात्रै किन नहुने ? यो तर्क पनि हुन सक्छ । आवश्यकताको ओजभन्दा पनि पूर्वाग्रही मनोग्रन्थिले पनि काम गरेकै छ । तर जमातको मत नै सधैं सही हुन्छ भन्ने छैन । नियम र प्रक्रिया मानवीय हितका लागि हुन् भने लक्षित स्थानको विशेषता र आवश्यकताका आधारमा पुनरावलोकन र परिमार्जन हुनुपर्दछ । सान्दर्भिक र सापेक्ष विधिले मात्र लोककल्याणलाई सुनिश्चित गर्न सक्दछ । अन्यथा यसको रटले अर्थ राख्दैन ।

    सरकारले २०३१ सालमा ल्याएको सार्वजनिक सडक ऐनले राजमार्गको २५/२५ मिटर दायाँ/बायाँलाई सडक सीमा निर्धारण गरेको छ । ऐनले ५० मिटरबाहेक निजी स्वामित्वकै भएपनि ६/६ मिटर छोडेर मात्रै संरचना निर्माण गरिनुपर्ने व्यवस्था गरेको छ । तर अहिले ५० मिटरको मात्रै चर्चा र चासो सुनिन्छ । दुईतर्फी ६ मिटरको मापदण्डबारेमा सर्वसाधारणलाई सुसूचित गराउन आवश्यक भएर पनि बेवास्ता गरिएको स्वयम् ऐन कार्यान्वयनको निकाय सडक विभागका उच्च अधिकारीहरूको स्वीकारोक्ति छ । उदेकलाग्दो विरोधाभास त के भने ऐन कार्यान्वयनमा आएको ४० वर्ष बितिसक्दा पनि सरोकारका निकायहरूले सडक दायरामा पर्ने सम्पत्तिबाट कर र राजस्व असुल गरिराखेकै छन् । त्यस्ता जग्गाको किनबेच पनि भइराखेकै छ । ऐन कार्यान्वयनमा आएलगत्तै यसमा रोक लगाइएको भए सम्भवतः यो असहजता समाधान भइसकेको हुने थियो । नभए पनि निकास सहज हुने थियो । यहाँनिर सरोकारका सरकारी निकायहरूबीच समन्वयको कमी र मनोमानी मौजुदा बेथितिको मुख्य कारण मान्नुपर्दछ ।

    सडक विस्तारको एकोहोरो रट लगाइराख्दा वीरगंजसँग जोडिएको त्रिभुवन राजपथको अवस्थिति, यसको उद्देश्य र विशिष्टतामाथि पनि विचार गर्नुपर्ने हुन्छ । यो मार्ग मुलुकको मुख्य नाका वीरगंजलाई राजधानी काठमाडौंसित जोड्ने उद्देश्यले निर्माण गरिएको थियो । समायान्तरमा राजधानीसित अन्य राजमार्गबाट सम्पर्क स्थापित भएसँगै यो मार्गको उपयोगिता करिब सकिएको छ । यो मार्ग यसै पनि अहिले न्यून चलनचल्तीमा सीमित भइसकेको छ । यस कारण यसको उपयोगिताको झिनो ओजका अघिल्तिर यो मार्गमा ५० मिटरको हठ सान्दर्भिक नहुन सक्दछ ।

    जुन शहरी क्षेत्रलाई यो मार्गले छोएको छ । तर ती स्थानमा अन्य वैकल्पिक मार्गको उपलब्धता छैन भने मापदण्ड अनुसार विस्तार ठीकै पनि हो । जस्तो, हेटौंडामा तत्कालका लागि अन्य वैकल्पिक मार्ग निर्माणभन्दा यसैलाई विस्तार गर्नु सहज हुन्छ । तर वीरगंजको हकमा यो असान्दर्भिक किन पनि छ भने मुख्य नाका अबको केही समयमा अलौंमा निर्माण भइरहेको नेपाल–भारत एकीकृत जाँचचौकी (आइसिपी)मा स्थानान्तर भइराखेको छ । दुई वर्षभित्रै आइसिपीबाट पथलैयासम्म ६ लेनको बाटो निर्माण पूरा गर्ने योजना सरकारको छ । यो अवस्थामा मुख्य नाकाको सम्पूर्ण आवागमनको चाप स्वतः आइसिपी मार्गमा केन्द्रित हुनेछ । र, नगरक्षेत्रमा समेटिएको त्रिभुवन राजपथ एउटा सम्पर्क मार्ग मात्र हुनेछ । नगरको पूर्वतर्पm बाईपास यसअघि नै बनिसकेको छ । इनरबाईपास र नगर विकासको निर्माणाधीन सडकले पनि सवारीको चापलाई व्यवस्थित गर्न सहयोग पु¥याउनेछन् । योजनालाई पूर्णता दिएर शीघ्र सञ्चालनमा तत्परताको खाँचो भने खट्किएको छ । नगरक्षेत्रका भित्री सडक, जहाँ आपत्कालीन अवस्थामा दमकल र एम्बुलेन्स त परको कुरा सहज अवस्थामा एउटा मोटरसाइकल छिराउन पनि कठिन हुन्छ, यस्ता अव्यवस्थाको पनि निकास अविलम्ब हुनुपर्दछ ।

    स्मरणीय के पनि छ भने मुख्य शहरबीचमा राजमार्गको अवधारणा अब भुत्तेमात्र होइन, यो बढ्दो दुर्घटनाको मूल कारण पनि बन्न सक्छ । अब कुनै पनि देशमा शहरको बीचमा राजमार्गको अभ्यास छैन । भारतको रक्सौलकै उदाहरण हेर्न सक्छौं, शहरबाट ६ किलोमिटर दक्षिण लक्ष्मीपुरबाटै बाईपास छुट्याइएको छ । असहजताले निम्त्याएको अपवादबाहेक अहिले कुनै पनि राजमार्ग शहरको बीचबाट निकाल्ने अभ्यास छैन । हामीकहाँ चार दशक पुरानो अवधारणामा आधारित कानूनी व्यवस्थालाई घिसारिराख्नुको औचित्य छैन । 

    मानौं, वीरगंजको मुख्य सडकलाई ५० मिटर कायम गरियो । हेटौंडामा यो अभियान अहिले जारी छ । तर हेटौंडा पूर्व दामेचौरसम्मको मौजुदा राजपथलाई सबै स्थानमा मादण्ड अनुसार फराकिलो पार्न सम्भव छ ? यदि भइहाल्यो भने पनि राजधानीसितको छोटो दूरीमा निर्माण हुन गइरहेका द्रुतमार्ग र सुरुङमार्गका अघिल्तिर अहिले न्यून मात्रै सञ्चालनमा रहेको यो मार्गको उपयोगिता कस्तो होला ? भौतिक पूर्वाधार निर्माणको उपयोगिता २/४ वर्षको उपयोग र लाभको लहडलाई उद्देश्यमा राखिने कुरा होइन । यस कारण ४० वर्षअघिको उद्देश्यले अहिलेको धरातलीय आवश्यकतालाई सम्बोधन गर्न सक्दैन भने त्यस्तो कानूनी अड्चन चिर्नुपर्दछ । विकल्पै नभएका राजमार्गहरूको कुरा बेग्लै भयो, तर सहज विकल्प उपलब्ध स्थानमा कानूनी अत्तो थाप्नुको अर्थ छैन ।

    अहिले वीरगंजको मुख्य शहरको मौलिकता पनि जोगाएर उपयुक्त उपाय र त्यसको कानूनी आधार निर्माण गर्नु खासगरी यो क्षेत्रका राजनीतिक अगुवाहरूको दायित्व हो । वीरगंजमा उपलब्ध उल्लिखित सडक पूर्वाधारले यो उद्देश्यलाई सहज तुल्याइराखेका छन् । उपयोगमा ढङ्ग पु¥याउन जान्नुपर्दछ । सडक ऐनको व्यवस्था संशोधन नभई मन्त्रीको आश्वासनको पछि दगुर्ने चालाले निकास मिल्दैन । न मुख्य सडकका संरचना एक इन्च पनि चलाउन पाइँदैन भन्ने बालहठले सहज अवतरणमा पुग्न सकिन्छ । 

अहिले वीरगंजको हकमा चर्चामा आएको ३० मिटरको मापदण्ड उचित विकल्प हुन सक्दछ । यसो भएमा सङ्कुचित सडक र सडकछेउका संरचना दुवैको असजिलो फुक्न सक्छ । यसमा स्थानीयस्तरमा राजनीतिक र नागरिक सहमति गरेर कानूनी प्रबन्धका लागि नेतृत्वलाई दबाब दिनुपर्दछ । 

कानून साधनमात्र हो । दीर्घकालीन जनहितलाई यसको साध्य मान्नुपर्दछ । यसो हो भने कानूनले स्थानविशेषको विशिष्टता र आवश्यकतालाई आधार बनाउनै पर्दछ । सत्ता र स्वार्थका लागि महिनैपिच्छे मूल कानून संशोधनमा तत्पर हुने नेतृत्व सार्वजनिक सरोकारको विषयमा कतिको जिम्मेवार देखिन्छ, त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।

गणेश ट्रेडिङ सेण्टरका प्रबन्ध सञ्चालक गणेशप्रसाद लाठसँग उद्योग–व्यापार क्षेत्रको लामो अनुभव छ। उनको अगुवाइमा अहिले उद्योग र व्यापारका क्षेत्रमा आधा दर्जनभन्दा बढी व्यापारिक र औद्योगिक प्रतिष्ठान सञ्चालित छन्। उद्योगी व्यापारीको संस्था वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई नेतृत्व प्रदान गरिसकेका उनी सरकारको औद्योगिक प्रवद्र्धन बोर्डको सदस्यसमेत थिए। व्यावसायिक आरोहअवरोह र वर्तमान उद्योग–व्यापारको अवस्थाबारे लाठसँग आर्थिक अभियानले गरेको कुराकानी :

लामो समयदेखि उद्योग व्यापारमा सक्रिय हुनुहुन्छ, गणेश ट्रेडिङ सेण्टरका उतारचढाव कस्ता रहे ?

कुनै बेला हेटौंडा कपडा उद्योगका उत्पादनको विक्रीवितरणबाट हाम्रो कारोबार शुरू भएको थियो । त्यो कारखाना बन्द भएपछि मेशिनरी सामानको आयातमा लाग्यौं । अहिले खाद्यान्न, मेशिनरी, इलेक्ट्रिक मोटर, पानी तान्ने पम्प, हार्डवेयरका सामान, निर्माण कार्यमा प्रयोग हुने उपकरण, पावर टुल्स र कृषि प्रयोजनका उपकरणको कारोबारमा केन्द्रित छौं । मार्बल, ग्रेनाइट र टायल्सको पनि आयात शुरू गरेका छौं । चामल उत्पादनका लागि सम्पूर्ण तहका मेशिनहरूको आयात गछौं । प्याकेजमै चामल मिल स्थापना पनि गर्न सक्छौं । अहिले कृषि उपकरणमा रुचि बढेको छ । कृषि पम्प, पाइप, हाते जेनेरेटर, फुच्चे राइस पोलिसर, मकै छोडाउने र बदामको बोक्रा छुट्याउने मेशिनजस्ता सामानको विक्रीवितरणमा पनि हात हालेका छौं । उत्पादन क्षेत्रमा चामल, सोयाबडी मस्यौरा, चकलेट र कपडा उत्पादन गरिरहेका छौं ।

उद्योग–व्यापारको वर्तमान अवस्था कस्तो छ ?

अहिले दुईओटा बजार छन् । एउटा वस्तु बजार, अर्को सेवा बजार । वस्तु बजारमा उद्योगभन्दा व्यापारको बोलवाला छ । सेवा बजारमा उद्योगको प्रभाव बलियो छ । तर, पनि व्यापारघाटा दिनानुदिन बढेकै छ । त्यो चिन्ताको विषय हो । स्थानीय उद्योगबाट उत्पादित सामानको स्थान आयातित वस्तुले लिँदै छन् । हामी आयातकर्ताले जति धेरै आयात गर्न पायो, त्यति कारोबार बढ्यो भनेर खुशी मनाउन सक्छौं । तर, स्थानीय उत्पादनलाई मासेर आयात गरिएको सामानले दीर्घकालीन फाइदा दिँदैन ।

हाल आयातकर्ताले कस्ता समस्या भोग्नु परिरहेको छ ?

मूल्याङ्कन र ब्राण्डमा मुख्य समस्या छ । नेपालमा आउने सबै वस्तुको समान गुणस्तर छैन । तर, ती सामानको भन्सार प्रयोजनको मूल्याङ्कनमा वैज्ञानिक विधि अपनाइएको छैन । मूल्याङ्कनको व्यवस्था नै खारेज गर्नुपर्छ । आयातकर्ताले घोषणा गरेको मूल्यलाई मान्यता दिइनुपर्दछ । न्यून बिजकीकरणको आशङ्का भए त्यस्ता सामान भन्सारले नियमानुसार खरीद गर्न सक्ने प्रावधानको प्रभावकारी कार्यान्वयन हुन सक्यो भने यो समस्या स्वतः समाधान हुन सक्छ । ट्रेडमार्कको समस्या छ । बजारमा नक्कली सामान फालाफाल छन् । अस्वस्थ प्रतिस्पर्धाले प्रश्रय पाएको छ । यसरी न उपभोक्ताले न्याय पाउँछन्, न त राम्रो गुणस्तरका सामानले मूल्य पाउँछन् । सरकारले नेपाली उत्पादनको ब्राण्डको व्यवस्था गरेको छ । तर, आयातित सामानको गुणस्तर र आयातकर्ता पहिचान हुने गरी कुनै कानूनको व्यवस्था गरेको छैन । यस सम्बन्धमा सरकारले दह्रो वाणिज्य नीति ल्याउन आवश्यक छ । यथार्थमा उद्योगमा पनि स्थायी नीति नै छैन । तत्कालीन समस्यालाई टार्ने उद्देश्यले नीति अख्तियार गरिन्छ । यस्ता अल्पकालीन नीति छोटै समयमा फेरिन्छन् ।

उद्योग क्षेत्रका औसत समस्या कस्ता छन् ?

आयातित सामानसित प्रतिस्पर्धा गर्नुपरेको छ । लागत मूल्य र गुणस्तर दुवैमा प्रतिस्पर्धा छ । उदाहरणका लागि चामल उद्योगलाई नै लिन सकिन्छ । भारतमा उत्पादित चामल स्वदेशी चामलभन्दा सस्तो छ । त्यहाँ उद्योगका लागि विशेष प्रोत्साहनको व्यवस्था छ । धान सस्तोमा पाइन्छ । बैङ्कको कर्जा पनि सस्तो ब्याजदरमा उपलब्ध छ । यहाँको अवस्था कसैसित लुकेको छैन । खाद्यान्न उद्योगको अवस्था कहालीलाग्दो छ । कुनै जमानामा हामी निर्यातकर्ता थियौं । आज आयातकर्ता भएका छांै । खेतीयोग्य जग्गा बाँझै छन् । जग्गाको उचित वर्र्गीकरण हुन नसक्दा अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेको छ ।

उद्योगी र आयातकर्ताका स्वार्थ नै परस्पर विरोधी छन् । यस्तो अवस्थामा कसरी सबैलाई चित्त बुझ्ने नीति कार्यान्वयनमा ल्याउन सम्भव हुन्छ ?

यथार्थमा उद्योग र व्यापार भनेका एकअर्काका पूरक हुन् । उद्योगले उत्पादन गर्ने हो । व्यापारले उत्पादनलाई बजारसम्म लैजाने हो । स्वदेशी उत्पादनको हकमा खासै विवाद छैन । तर, विदेशी उत्पादनको मामिलामा समस्या छ । स्वदेशी उद्योगीहरू आयातित उत्पादनलाई निरुत्साहित गर्ने अभियानमा लागेका हुन्छन् । तर, त्यही वस्तुका आयातकर्ता भने व्यापारको संरक्षणका पक्षमा हुन्छन् ।

दुवै पक्ष आ–आफना स्थानमा ठीक छन् । एक पटक स्वदेशी आँटा मैदा मिलको यस्तै समस्या आएको थियो । आँटा मैदाका स्वदेशी उत्पादक र आयातकर्ताहरू फरकफरक समय पारेर भन्सारमा डेलिगेशन गएका थिए । कम मूल्याङ्कनमा आयातित भारतीय आँटा र मैदाका कारण स्वदेशी उद्योगलाई प्रतिस्पर्धामा कठिनाइ भएको उद्योगीको तर्क थियो । आयातकर्ताले भन्सारले मूल्याङ्कन बढाउनु न्यायपूर्ण नहुने भन्दै दबाब दिएका थिए । यस्तो अवस्थामा राज्यको भूमिका महŒवपूर्ण हुन्छ । अर्थतन्त्रको भलो स्वदेशी अथवा विदेशी, कस्ता उत्पादनबाट हुने हो, त्यसको हेक्का राखेर नीतिनियम बनाउनु आवश्यक छ ।
 
बजारमा उच्च प्रतिस्पर्धा छ, यस्तो अवस्थामा तपाईंले के कुरालाई प्रतिस्पर्धाको मुख्य आधार बनाउनुभएको छ ?

प्रतिस्पर्धा नहुने कुरै छैन । चर्को प्रतिस्पर्धा छ । हामीहरूले आफूलाई गुणस्तर र ब्राण्डिङमा केन्द्रित गरेका छौं । हामीले आयात गरेका प्रत्येक सामानमा हाम्रो कम्पनीको नाम र ट्रेडमार्क हुन्छ । जागरुक उपभोक्ताले हाम्रो ट्रेडमार्क हेरेर मात्र खरीद गर्छन् । गुणस्तरको मामिलामा हामी धेरै संवेदनशील छौं । प्रतिस्पर्धाको नाममा कमसल समान भित्र्याउने नीति छैन । विश्वसनीय र असल उत्पादकका सामान आयात गर्छौं । चामल उद्योगका लागि आवश्यक पर्ने उपकरणको आन्तरिक बजारमा हामीले ५० प्रतिशतभन्दा बढी बजार अंश ओगटेका छौं ।

अहिले कस्ता वस्तुको बजारीकरणमा बढी व्यस्त हुनुहुन्छ ?

केही महीनाअघि हामीले खेतीका लागि कीटनाशक औषधि छर्ने ‘स्प्रेयर’ भित्र्याएका थियौं । त्यसैको बजारीकरणमा लागेका छौं । पृथ्वी र अग्नि ब्राण्डमा आयातित ती स्प्रेयर हात, ब्याट्री र  इञ्जिन सबैबाट चलाउन सकिन्छ । यी फरकफरक आकार र क्षमतामा उपलब्ध छन् ।

नयाँ सम्भावनाका क्षेत्रहरू कस्ता छन् ?

देशको औद्योगिक वातावरण राम्रो भयो भने यसका लागि आवश्यक आयातित उपकरणको पनि विक्री बढ्ने हो । अहिले सेवाप्रदायक उद्योगको अवस्था सन्तोषजनक देखिन्छ । वस्तु उत्पादनको अवस्था सामान्य छ । यसर्थ औद्यौगिक उपकरणको विक्री मिश्रित छ । उधारो व्यवस्थापन र गुणस्तरप्रति सचेत हुने हो भने उपभोग्य सामग्रीको विक्रीमा खासै समस्या छैन । आउँदा दिनमा जलविद्युत्, पर्यटन, हस्पिटालिटी, परामर्श, शिक्षाजस्ता सेवाप्रदायक उद्यमको सम्भाव्यता देखिएकाले त्यस्ता उद्यममा सामग्रीको विक्रीको सम्भावना पनि राम्रै देखेका छौं । कृषिक्षेत्रमा समेत कुखुरा र माछापालनजस्ता मूल्य अभिवृद्धिका आयामहरूमा राम्रो आकर्षण देखिन्छ । यी क्षेत्रमा स्वदेशी कच्चा पदार्थ, जनशक्ति र सीपको लगानी अधिक मात्रामा हुने भएकाले साम्भाव्यता बढी देखिएको हो । भौतिक संरचनाको निर्माणमा उपयोगी हुने खालका उपकरण र सामग्रीको व्यापार विस्तार गर्ने योजनासमेत बनाएका छौं ।

वीरगंज शहरलाई अनेकौ विशेषणले चिन्ने र चिनाइने गरिन्छ, नेपालको प्रवेशद्वार, क्रान्तिद्धार, प्रथम मुक्त क्षेत्र, आर्थिक राजधानी, तराईकी रानी, भोजपुरीको हृदय प्रदेश आदि । मध्य तराईको ऐतिहासिक शहर वीरगंज जो अन्तर्राष्ट्रिय सीमास“गसमेत जोडिएको छ, इतिहासका महŒवपूर्ण कालखण्डहरूमा यो शहर र यो क्षेत्रको चर्चा भएको पाइन्छ । वीरगंज शहर वर्तमानको आप्mनो हैसियत र खुबीले गर्दा अब क्षेत्रकै रूपमा परिचय पाउन थालेको छ । अर्थात् वीरगंजले केवल उपमहानगरपालिका भित्रको परिधिलाई मात्र पहिचान दिंदैन यसभन्दा बाहिरको क्षेत्रलाई पनि प्रतिनिधित्व गर्न थालेको छ । जसलाई ग्रेटर वीरगंजको नामले आकार दिने प्रयत्न हु“दैछ ।

    वीरगंज शहर राणाकालीन प्रधानमन्त्री वीरशम्शेरको नामस“ग बसाइएको भनिन्छ, राजधानी शहर काठमाडौस“गको भोैगोलिक निकटता, भारतीय रेल्वे स्टेशन नजिकमा हुनु, तराईको समतल भूभाग, सीमावर्ती अवस्थिति र नेपाली भूगोलको मध्य क्षेत्रमा हुनुजस्ता पक्षले यो शहरको विकासलाई प्रारम्भिक समयमा बल दिएको भेटिन्छ । नेपाली उद्योगीकरणको पहिला प्रयत्नहरूको पाइला यहा“ टेकिने अवसर जु¥यो । विद्यालय, क्याम्पस, दूरसञ्चार, राजमार्ग, अस्पताल, प्रशासनिक संरचना, विद्युत्प्लान्ट, खानेपानी व्यवस्थापनजस्ता कतिपय पक्षमा काठमाडौं बाहिर वीरगंजले नै सुविधा पाएको छ । शहरका भौतिक पूर्वाधारहरू मात्र होइन, यहा“को कला संस्कृति, सामाजिक व्यवहारजस्ता पक्षले पनि शहरको पहिचान दिइराखेका हुन्छ । यी सबै कुरा कुनै एउटै व्यक्ति–विशेषको प्रयत्नले सम्भव हु“दैन, इतिहासदेखि वर्तमानसम्म आइपुग्दा सैकडौं व्यक्तिको दूरदृष्टि, समर्पण र पहलले वीरगजले आप्mनो गति बनाउन सम्भव भएको छ ।

    २३ साउन २०१९ को गोरखापत्रले एउटा खबर छापेको थियो–‘वीरगंजमा यस वर्ष पा“च सय किलोवाट बढी बिजुली उत्पादन गरिने’ । आवश्यक सरसमानहरू बेलाायतबाट झिकाई त्यहां प्लान्ट स्थापना गर्ने बेहोरा खबरले दिन्छ । जलस्रोतविद् अजय दीक्षितले गोरखापत्रको पुरानो अड्ढबाट उक्त सूचना पाएपछि गत वर्ष पुषको पहिलो सातातिर मलाई फोन गर्नुभयो, यस सम्बन्धमा थप जानकारीका लागि । यहा“ प्राप्त सूचना थियो– काठमाडौंको फर्पिङमा बिजुली उत्पादन गरेकोे समयमैं यहा“ एक सय किलोवाटको प्लान्ट राखिएको थियो तर पछि हेटौडातिर स्थानान्तरित गरियो । यो सन्दर्भले के देखाउ“छ भने काठमाडौं बाहिर बिजुलीको झिलिमिली पहिले यहीं देखियो ।

    नेपाली फोटो पत्रकारिताको प्रारम्भबिन्दु वीरगंजकै प्रस·स“ग जोडिन पुग्छ । आप्mनो कपासको बगैंचामा श्रीचन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेकी वीरगंज बस्ने १२ वर्षकी सूर्यमति श्रेष्ठनीको तस्वीर गोरखापत्रमा पहिलोपटक वि.स. १९९४ साल वैशाख १३ गते छापिएको थियो । फोटो पत्रकारिताको इतिहास कोर्ने उक्त तस्वीरलाई नेपाली फोटो पत्रकारिताको प्रथम प्रयासको रूपमा अड्ढित गरिएको छ । यसरी नेपाली फोटो पत्रकारिताको आदिकालदेखि नै वीरगंजको नाम जोडिन पुगेको छ ।

    यी सन्दर्भहरूको आलोकमा के भन्न खोजिएको हो भने बिजुली प्लान्टको स्थापना वा पहिलो फोटोको छनोटमा कसै न कसैको दृष्टिचेतले काम पक्कै गरेको होला, ती व्यक्ति को हुन् ? वीरगंज शहरभन्दा पहिले अलौ केन्द्र थियो । अहिले वीरगंज अलौतिर ढल्किंदैछ । यो विषयमा पछि लेखौंला । तर यहा“का पुराना बस्तीहरू गहवा, मुर्ली, घडिअर्वा कसरी फेरिए, बिर्ता र छपकैया बजार कसरी जमे, तेजारथ टोलले कसरी नाम पायो, सिर्सिया किनारमा कसरी रानीघाट बस्यो, बारा जिल्लाबाट केही गाउ“हरू कसरी नगरपालिकाभित्र ल्याइयो । शड्ढराचार्यद्वार, घण्टाघर, र·शाला, बालमन्दिर, सभागृह, बस बिसोैनीहरू बनाउ“दा कस कसले मुख्य भूमिका खेलेका थिए, कसको योगदान थियो ?

    अहिले कुनै व्यक्ति विशेषले निजी फाइदाका लागि जग्गा प्लटिङ गर्छ र आप्mनो नाममा बस्तीको नाम राख्छ, तर जब आदर्शनगरको परिकल्पना गरियो त्यहा“ अनेकौ व्यक्तिका निजी खेत थिए, जसलाई अहिलेको आ“खाले हेर्दा अत्यन्त कम मुआब्जामा अधिग्रहण गरियो । जतिखेर आदर्शनगरको प्लटिङ गरेर गुलजार बनाइ“दै थियो त्यतिखेर नै ती पुराना जग्गाधनीहरू भन्दा नया“ धनीहरू लाभमा देखिए । घण्टाघर बस स्टयान्डको लिंकरोड, बाइपास रोड, र·शाला बनाइ“दाताका त्यहा“का अनेकोै जग्गा धनीहरू अहिले अज्ञात छन् । उनीहरूले पाएको मुआब्जा अत्यन्त थोरै थियो । तर उनीहरूले एउटा सुन्दर शहरको सपना बा“च्दै आपूmले नोक्सानी बेहोरे । उनीहरूको योगदान के कम छ ? महलभन्दा गुम्बजका इ“टहरूतिर सबैको आ“खा जान्छ तर जगमा थापिएका इ“टहरू ओझलमा पर्छन् । मूलतः वीरगंजमा यसका निर्माताहरूबारे छलफल नेै भएको छैन । एउटा ज्यु“दो शहरले आप्mनो इतिहासलाई स्मृतिमा राख्न सक्नुपर्दछ । यो काम वीरगंज उपमहानगरपालिकाले गर्न सक्थ्यो, कुनै पत्रिका विशेषले कुनै अवसर विशेषमा निर्माताहरूको सूची सड्ढलन गर्न सक्थ्यो, कुनैे इतिहासकारले खोजीको विषय बनाउन सक्थ्यो । तर त्यतातिर अहिलेसम्म खासै प्रयास भएको पाइ“दैन ।

    निर्माताहरूलाई सूचीकृत गर्ने कार्यमा सहज होस् त्यसका लागि पहिले वर्गीकरणमा राखेर हेर्नुपर्ने हुन्छ ।  सहजताका लागि शहरका चिनारीहरू स्थापना कार्यमा अगुवाइ गरेका व्यक्तिहरू, नागरिक संस्थाहरू स्थापना गर्ने व्यक्तिहरू, वीरगंजमा जन्म लिई सामाजिक जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरू, वीरगंज घर भई वृत्ति विकासका लागि अन्यत्र गई आप्mनो क्षेत्रमा सफलता पाएका, वीरगंज बाई च्वाइस् अर्थात् वीरगंजलाई छनोट गरी यसलाई कर्मभूमि बनाई सफलता पाएका, वीरगंज क्षेत्रमा नया“ संरचना विकासमा योगदान दिएको वा शुरुआत गरेको, वीरगंजमा क्रियाशील भई राष्ट्रिय जीवनमा पहिचान बनाएको, सयमक्रममा वीरगंज केही अवधिका लागि आएका र यहा“को समाजमा एउटा प्रभाव छोडेर गएका व्यक्तिहरू, वीरगंंजको भौतिक विकासमा मौन सहयात्री भएका व्यक्तिहरूलाई परिभाषित गर्दै नामावली तयार गर्ने हो भने वीरगंजको निर्माताहरूको सूची तयार गर्न सकिन्छ । वीरगंजमा व्यवस्थित नगर विकासको परिकल्पना गर्ने र त्यसको संरचना खडा गर्न पहल गर्नेहरू, वीरगंजमा दर्शनीय वा समाजोपयोगी भौतिक संंरचना यथा नारायणी र·शाला, घडिअर्वा पोखरी, नगर सभागृह, नारायणी अस्पताल, शड्ढरार्चाय प्रवेशद्वार, बाइपास रोड, बस बिसौनी, घण्टाघर, अलखिया पुस्तकालय, आदर्श पुस्तकालय जो अब भत्किसकेको छ, देवकोटा अध्ययन मण्डल, विद्यापीठहरू, क्याम्पसहरूको स्थापना, निर्माण र संरक्षण गर्नेहरूबारे अहिले पनि पत्तो लगाउन सकिन्छ । नेपाली राष्ट्रिय जीवनका कतिपय महŒवपूर्ण व्यक्तिहरूको जन्म वीरगंजमा भएको छ र त्यो साइनोले यदाकदा वीरगंज आपूmलाई गौरवान्वित महसुस गर्ने गरेको छ । वीरगंजका कतिपय व्यक्ति कूटनीति, प्रशासन, शिक्षा, साहित्य र कला क्षेत्रमा शीर्ष स्थानमा पुगेका छन्, जसलाई अहिलेका पुस्ताले बिर्संदै गएका छन् । यिनीहरूको पनि भूमिका जोडिन पुग्छ । कतिपय यस्ता व्यक्तिहरू पनि छन् जो नेपाली नागरिक थिएनन्, यहा“ नागरिकता पनि लिएनन् तर यहा“को समाजमा उज्यालो छर्ने काम गरे । आधुनिक वीरगंजले उनीहरूको योगदानको सम्झना गर्नैपर्छ । त्यस्तै वीरगंजलाई नै कर्मभूमि बनाई यहा“को सामाजिक जीवनलाई योगदान दिंदै अगाडि बढाउनेहरू पनि अनेकौ छन्, उनीहरूले अरू शहरमा पनि आप्mनो क्षमता प्रदर्शन गरी आप्mनो हैसियत हासिल गर्न सक्थे तर, उनीहरूले वीरगंजलाई रोजे र यहा“को समाजलाई गति दिन आप्mनो पनि भूमिका बनाए । त्यस्तै कुनै सामाजिक, आर्थिक, राजनीतिक, स्वास्थ्य, शिक्षा, कानुन व्यवसायजस्ता क्षेत्रमा पहिला वा अगुवा भएर काम गरेकालाई एउटा चिनारी प्राप्त हुन्छ तर उनका काममा सहयोग पु¥याएका, माहौल बनाइदिएकाहरूको नाम ओझलमा पर्छ ।

    वीरगंजमा अहिले कसैले कुनै संस्था विशेषलाई केही धुर जग्गा प्रदान गर्दा ठूलो विभूषण दिने चलन चलेको छ तर वीरगंजमा यस्ता कतिपय व्यक्ति वा संस्था छन् जसको बिघौं सामाजिक काममा प्रयोग भएको छ । तर अहिलेको वीरगंजलाई त्यसको जानकारी छैन । बाल कल्याण समितिको जुन भवन बनाइएको छ त्यसको स्वामी को हो ? त्यस्तै यहा“का मठ–मन्दिर, धर्मशाला, मस्जिद, गुरुद्वारा, चौतारी, घाट, पोखरी बनाउनेहरूमध्ये अनेकौ गुमनाम छन् । अहिले माईस्थान मन्दिरको पुनर्निर्माण हु“दा निर्माण समिति, चन्दादातालगायत सबैको अभिलेख छ तर विगतमा ती मन्दिरहरू बनाइ“दा कसले बनाएको थियो, कस–कसको भूमिका थियो, चा“दीको पिढिया कसले बनायोजस्ता पक्षहरू जानकारीमा छैन । वीरगंजमा जात्रा, मेलाहरू कहिलेदेखि शुरु भयो, कस कसका प्रयास थिए, ती सबको खोजीनीति हुनु बा“की छ ।

    वीरगंजको शिक्षा, स्वास्थ्य, उद्योग, पत्रकारिता, व्यवसाय, सामाजिक क्षेत्र, राजनीति, अधिकारकर्मी, साहित्य, स·ीत, कला, शिल्प, कूटनीति, पर्यटनका क्षेत्रमा कस–कसले काम गरे यी सबको पनि लेखाजोखा हुनैपर्छ । शहरको विस्तारस“गै नया“ पुस्तामा पुराना क्रियाकलापहरूबारे जानकारी गराउनु जरुरी हुन्छ । वीरगंजले आप्mनो सम्झनाको क्षितिजमा पुर्खाहरूबारे सुसुचित हुनै पर्छ । केही यस्ता व्यक्तिहरू पनि छन् जो ज्युदै छन् तर उनीहरू निर्माताको सूचीमा पहिलो पङ्क्तिमा आउने नामहरू हुन् । निर्माताहरूको

सूचीले वीरगंजको बदलिंदो तस्वीर र यहा“को जीवन प्रदर्शित गर्न बल 

पु¥याउ“छ । निर्माताहरूको सूची बनाउने काम एउटा यस्तो प्रदक्षिणा हो जसले वर्तमानको बिन्दुबाट अतीतसम्म आप्mनैबारे अर्थात् यस शहरबारे मसिनो तरिकाले जान्न र केलाउने पुण्य प्रदान गर्दछ ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य विजयकुमार सरावगी व्यापार क्षेत्रका अनुभवी र जानकार व्यवसायीका रूपमा चिनिन्छन् । औद्योगिक एवं व्यावसायिक समूह ‘सरावगी ग्रुप’का प्रबन्ध निर्देशक रहेका उनी महासंघको व्यापार समितिका सभापतिसमेत हुन् । नेपाल–भारतबीचको व्यापारमा समेत दख्खल राख्ने सरावगीले दुई मुलुकबीचको व्यापारमा नियमितबाहेक आकस्मिक अवरोध पनि उत्तिकै रहेको बताए । उनले नेपाल–भारतबीचको व्यापारका अवरोधलाई यसरी व्याख्या गरे :

राजनीतिक असमझदारी

नेपाल र भारतबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई दुई मुलुकबीचको राजनीतिक समझदारीले ठूलो प्रभाव पार्छ । दुई मुलुकबीच सम्बन्ध राम्रो भएका वेला व्यापारमा पनि कुनै समस्या देखिँदैन । तर, केही खटपट आउनेबित्तिकै व्यापारमा पनि समस्या आइहाल्छ । दुई मुलुकबीचको व्यापारमा भन्सार र गैरभन्सारबाहेक अर्को एउटा अवरोध छ, त्यो भनेको राजनीतिक असमझदारी हो । भारतले कहिलेकाहीँ आवश्यकताभन्दा बढी सुविधा तथा सहजता पनि दिन्छ । तर, कहिलेकाहीँ विनाकारण दुई मुलुकबीच अवरोध खडा भइदिन्छ । यस्तो अवरोध नयाँ होइन, यो भइरहन्छ र टुंगिन्छ पनि  । कुनै न कुनै रूपमा पटक–पटक यस्तो अवरोध हुने गरेको छ । यसभन्दा अघि ०४६ मा पनि भएको थियो । गत वर्ष भएको नाकाबन्दी यस्तै राजनीतिक असमझदारीबाट उत्पन्न व्यापार अवरोध थियो भन्ने लाग्छ । यो विषयमा दुवै मुलुक उत्तिकै जिम्मेवार र गम्भीर हुनुपर्छ । यसबाट अनावश्यक रूपमा जनताले दुःख पाइरहेका छन् । यसैले यस्तो अवस्था आउन दिनु हुँदैन ।

असहज निर्यात

भारतबाट नेपालतर्फ हुने आयात सहज छ । सामान्य प्रक्रियागत झन्झट देखिए पनि अवरोध हत्तपत्त आउँदैन । तर, नेपालबाट भारततर्फ हुने वा भारत हुँदै तेस्रो मुलुक हुने निर्यातमा भने प्रशस्त समस्या देखिएका छन् । जसरी सहजै आयात हुन्छ, त्यसरी नै निर्यात हुन सकेको छैन । भारतले धेरै खाले कानुन र नीति अघि सारेर हाम्रा वस्तु निर्यातमा अवरोध खडा गर्ने गरेको छ । उदाहरणका लागि निकै लामो प्रयास गर्दा पनि नेपालबाट औषधि निर्यात हुन सकेको छैन । भारतले गर्ने अवरोधका कारण हाम्रो लागत बढ्छ । परीक्षण, चेकजाँचलगातय विभिन्न नाममा गरिने अवरोधले डेमरेज, डिटेन्सन बढी पर्छ । यो हटाउन आवश्यक छ ।

स्टेटअनुसारका लोकल ट्याक्स

भारतका छुट्टाछुट्टै राज्यले विभिन्न स्थानीय कर लगाउँछन् । अन्तर्राष्ट्रिय व्यापारमा त्यहाँको राज्य (स्टेट) नै पिच्छे लोकल ट्याक्स लगाउनु स्वाभाविक होइन । यसले हाम्रो लागत अत्यधिक बढाएको छ । भारतबाट र भारत हुँदै नेपालसम्म मालसामान आइपुग्दा धेरै ठाउँमा सर्भिसलगायत लोकल ट्याक्स तिर्नुपर्छ । आयात–निर्यात दुवैमा कुनै पनि लोकल ट्याक्स लिनुहुँदैन । यसरी दोहोरो–तेहेरो ट्याक्स तिर्दा हाम्रो प्रतिस्पर्धी क्षमता कमजोर भएको छ । यो हाम्रा लागि कठिन अवस्था हो ।

फरक–फरक नीति–नियम

भारत र नेपालका कतिपय नीति–नियम नितान्त फरक छन् ।  यता तोकिएको मापदण्ड उता लागू गर्न सकिँदैन । त्यस्तै, उता तोकिएको मापदण्ड यता लागू गर्न सकिँदैन । कमसेकम व्यापारसँग सम्बन्धित नीति–नियम बनाउँदा नबाझिने खालको भए राम्रो हुने थियो । हाम्रो सरकारले त्यसप्रति ध्यान दिनुपर्छ । हाम्रो ठूलो व्यापारिक साझेदार भारतको नीति–नियमसँग मिल्दोजुल्दो हुने गरी हाम्रो नीति–नियम बन्नुपर्छ ।

समस्या समाधानमा कम ध्यान

नेपालले मान्यता दिएको गुणस्तरलाई भारतले मान्यता दिँदैन । नेपालले गरेको ल्याब परीक्षणलाई भारतले स्वीकार गर्दैन । यसले गर्दा हाम्रो मालसमान नाकामै अड्कन्छ । यो भनेको सरकार–सरकारबीचको सहकार्य नभएर हो । एउटा सरकार र अर्को सरकारबीच यस्ता विषयमा छलफल हुनुपर्छ । एकले अर्कोलाई स्विकार्नुपर्छ । हाम्रा सन्धि–सम्झौता पनि समयानुकूल परिमार्जन हुनुपर्छ । दशकौँ अघिको सन्धि–सम्झौताअनुसार अहिले व्यापार गर्न सकिँदैन । भन्सार, गैरभन्सारलगातय थुप्रै समस्या छन्, तर त्यसलाई समाधान गर्न दुवै सरकार गम्भीर देखिँदैनन् । समस्या समाधानमा दुवै सरकारले कम ध्यान दिएजस्तो देखिन्छ ।

सर्भिस ट्याक्स

भारतले नेपालसँगको व्यापारका लागि प्रयोग हुने सेवामा समेत कर लगाउने गरेको छ । रेलवे, ट्रान्सपोर्टलगायत सेवामा विभिन्न खाले सर्भिस ट्याक्स लगाउँछ । अन्तर्राष्ट्रिय व्यापारमा यसरी सर्भिस ट्याक्स लगाउन मिल्दैन । यसबाट समेत नेपाली व्यापारी हैरान भएका छन् । त्यहाँको आन्तरिक कारोबार वा प्रयोगमा यस्तो ट्याक्स लगाइनु स्वाभाविक हो । तर, हामीलाई यस्तो ट्याक्स लगाइनु हुँदैन । भारतले दुई देशबीचको आयात–निर्यातमा मात्रै नभई तेस्रो मुलुकबाट हुने आयात–निर्यातको व्यापारमा पनि भारतमा सर्भिस चार्ज लिइरहेको छ । यसबाट हामी निजीक्षेत्र मात्रै होइन, उपभोक्ता र सिंगो मुलुकलाई नै नोक्सान भइरहेको छ । सर्भिस ट्याक्स भारतका लागि हो, नेपालका लागि होइन । यो कुरा भारतले बुझ्न आवश्यक छ ।

ग्रे मार्केट

खुला सीमाका कारण नेपाल–भारतबीच ठूलो परिमाणमा अवैध आयात–निर्यात हुने गरेको छ । यस्तो ग्रे मार्केटलाई हतोत्साहित गर्न दुवै सरकार असफलजस्तै भएका छन् । कतिपय सरकारी निर्णय तथा नीति–नियमले नै ग्रे मार्केटलाई प्रश्रय मिलेको छ । कुनै समय भारतले प्याज, चिनी वा अन्य कुनै वस्तुको निर्यात रोकिदिन्छ । औपचारिक माध्यमबाट नआए पनि अनौपचारिक माध्यमबाट आइहाल्छ ।

काउन्टर भ्यालु ड्युटी नलगाऔँ

विश्व व्यापार संगठन (डब्लुटिओ)को नियम भन्दै कहिलेकाहीँ विभिन्न वस्तुमा काउन्टर भ्यालु ड्युटी लगाइन्छ । यस्तो प्रवृत्तिले गर्दा कुनै एक देशका वस्तु तथा उत्पादनलाई समस्या हुन्छ । कहिलेकाहीँ भारतले यस्तो गर्ने गरेको छ । हाम्रा उत्पादनलाई अतिरिक्त कर लगाउँदा प्रतिस्पर्धी क्षमता झन् कमजोर हुन्छ । नेपाल र भारत दुवै मुलुकले काउन्टर भ्यालु ड्युटी लगाउनुहुँदैन ।

ग्लोबलाइजेसनलाई अंगिकार

हामी दुवै मुलुक यतिखेर विश्व व्यापार संगठन, साफ्टालगायत संगठनमा आबद्ध छौँ । दुवै  मुलुकले त्यस्ता संस्थाको नियम पनि स्वीकारेका छन् । तर, कतिपय अवस्थामा ग्लोबलाइजेसनलाई अंगिकार गर्न सकेको देखिँदैन । जस्तै, हामीले जापानबाट गाडी ल्यायौँ भने त्यसका पार्टस् भारतबाट ल्याउन दिँदैनन् । मेड इन जापान लेखेको वस्तु भारतबाट आयात गर्न दिँदैनन् । यस्ता सामान ग्रे मार्केटबाट आउँछ । यसलाई दुवै मुलुकको हितमा उपयोग गर्ने नीति आवश्यक छ ।

”विज्ञानले नै प्रमाणित गरेको सत्य मान्ने हो भने पहाडी समुदाय विना तराईका जनताको पनि हित हुन सक्तैन।“

तपाईं एकै प्रजातिका बिरुवालाई जति धेरै श्रम लगाएर रोप्नुस्, ती पटक्कै फस्टाउँदैनन्, मासिन्छन्। वनस्पतिशास्त्रको सामान्य सिद्धान्त हो यो। यही सिद्धान्त लत्याउँदै २०४० को दशकमा तराईका नहरको डिलैडिलमा यसैगरी सिसौ रोपियो। जे हुनु थियो, त्यही भयो; सबै सिसौ मरे। 

पत्रकार चन्द्रकिशोर मधेशमा मधेशीमात्रको स्वार्थलाई सर्वोपरि मान्नुलाई यस्तै अवैज्ञानिक वृक्षरोपणसँग तुलना गर्छन्। भन्छन्, “विज्ञानले नै प्रमाणित गरेको सत्य मान्ने हो भने पहाडी समुदाय विना तराईका जनताको पनि हित हुन सक्तैन।”

बलरा ९, जब्दी टोल, सर्लाहीमा ५० वर्षअघि जन्मिएका चन्द्रकिशोरको समन्वयकारी ज्ञान निर्माण प्रक्रिया १४ वर्षकै हुँदा शुरू भएको हो। स्कूल पढ्दाताका नै उनी प्रजातन्त्रको पक्षमा नारा लगाउँथे। २०३६ सालको जनमतसंग्रहमा बहुदल पक्षलाई विजयी गराउन हूल बाँधेर हिंड्थे।

२०३७ सालमा विज्ञान विषय लिएर कलेज पढ्न उनी विहारको सीतामढीमा पर्ने मावली पुगे। २०४२ सालमा उनले गाउँका साथीसँगी भेला गरेर आफ्नै नेतृत्वमा ग्राम उत्थान परिषद् गठन गरे, जसले सरसफाइ, सांस्कृतिक कार्यक्रम र जनचेतनामूलक कामहरू गर्थ्यो।

यो परिषद्को अर्को महत्ववपूर्ण काम ग्राम पत्रिका प्रकाशन थियो। बसन्त र विजय अंक गरी वर्षमा दुई पटक निस्कने यो हस्तलिखित पत्रिकाका सम्पादक चन्द्रकिशोर नै थिए। नेपाली, बज्जिका र हिन्दी भाषाको यो पत्रिकालाई उनीहरू गाउँगाउँमा वितरण गर्थे। यसैले उनलाई पत्रकारितातर्फ उन्मुख गरायो।

२०४५ सालमा चन्द्रकिशोर वीरगञ्ज बसाइँ सरे। वीरगञ्ज चिनी कारखानामा प्राविधिक पदमा जागीर पनि पाए, तर 'काङ प्लस बाम' राजनीतिमा सक्रिय हुने गरेकोले स्थायी हुन सकेनन्। अनि उनी बेरोजगार बने। त्यहीबेला उनले स्थानीय पत्रपत्रिकामा साहित्य लेख्न र गोरखापत्रमा चिठी पठाउन थाले।

२०४९ सालमा वीरगञ्जमै मेघा ऊलन मिल्स प्रालिमा जनसम्पर्क अधिकृत नियुक्त भएपछि पनि लेख्न छाडेनन्। देशान्तर, राष्ट्रपुकार, पुनर्जागरण साप्ताहिक र हिमाल पाक्षिकमा उनका रिपोर्टिङ र विचारहरू बाक्लिन थाले। तरुण, विप्लव र युगसम्भव चन्द्रकिशोरकै छद्म नाम थिए।

अब चाहिं लेखेरै बाँच्छु भन्ने आत्मविश्वास पलाएपछि २०५७ सालमा जागीर छाडिदिएको उनी बताउँछन्। त्यसयता उनी पत्रकारितामै रमेका छन्।

चन्द्रकिशोर कहाँ उभिएर के लेखिरहेका छन्, त्यो महत्वपूर्ण छ। कहिले 'तराई चिनौं' त कहिले 'डेटलाइन तराई' मार्फत समथरका नेपालीको दुःखसुख कसैले बुझाइरहेको छ भने उनी चन्द्रकिशोर नै हुन्। वीरगञ्जमा बसेर निरन्तर काठमाडौंलाई हस्तक्षेप गरिरहेका कोही लेखक छन् भने ती चन्द्रकिशोर नै हुन्। आफूलाई सीमाञ्चलवासी भन्ने उनी सीमानाबाट उत्तर फर्केर लेखिरहेका छन्।

उनको परिभाषामा, सीमाञ्चल भनेको दशगजा वारिको त्यो क्षेत्र हो, जसको दैनिकी पारिसँग जोडिएको छ। उनी भन्छन्, “पहाडमा धेरै पानी पर्‍यो भने मेरी आमा पहिले आफ्नो घरको अनि बिहारस्थित माइतीका लागि प्रार्थना गर्नुहुन्छ, सीमाञ्चलवासीको वास्तविकता यही हो।”

सीमाञ्चलवासीका साझा स्वार्थ, सरोकार र 'कनेक्टिभिटी' को सवाललाई समयमा सम्बोधन नगरी नेपाल–भारत सम्बन्ध मधुर हुन नसक्ने उनको बुझाइ छ।

यो कुरा काठमाडौं र नयाँदिल्लीका शासकहरूले जति चाँडो बुझ्छन्, उति नै छिटो गाँठो खुल्ने उनी बताउँछन्। “किनभने, मानवीय सम्बन्ध पहिलो प्राथमिकता हो, अरू कुरा त्यसपछि आउँछन्”, उनको भनाइ छ।

सत्य के पनि हो भने, आज वीरगञ्जका चन्द्रकिशोर खुकुरीको धारमा बसेर लेखिरहेका छन्। पहाडे विरोधी, पहाडे परस्त, भारत विरोधी, भारत परस्त, परम्पर विरोधी– उनले खेप्नुपर्ने बाह्रमासे आरोपहरू हुन्। उनले ज्यान मार्ने धम्कीको हिसाबै राख्न छाडिसके। आफूलाई लागेका कुरा लेख्न/भन्न छाडेका छैनन्।

चन्द्रकिशोरले २०६४ सालमै मधेशकेन्द्रित दलहरूलाई काठमाडौंमा आन्दोलन गर्न सुझ्ाएका थिए। उनी अहिले पनि भनिरहेका छन्– तराईका कुरा गर्न मधेशलाई दिल्लीभन्दा काठमाडौं वर र काठमाडौंलाई पनि दिल्लीभन्दा मधेश वर हुनुपर्छ। काठमाडौंसँग मधेश किन जहिल्यै असन्तुष्ट छ?

“आम मधेशी नेपालको प्रधानसेवक अर्थात् प्रधानमन्त्री बन्न चाहन्छ, देशका लागि बढी योगदान दिन चाहन्छ, काठमाडौंले बुझन नसकिरहेको कुरा नै यही हो”, चन्द्रकिशोरको सहज उत्तर छ।

अनि नयाँ संविधान? उनको ठम्याइ छ, “संविधानका रचनाकारहरूले त्यसभित्र रहेका थुप्रै सामर्थ्य र शक्तिबारे मधेशवासीलाई बुझाएनन्, अहंकारले काठमाडौंलाई प्रतिरक्षात्मक बनायो।”

मधेशको 'आखोंदेखा हाल' देशका बाँकी भूगोलमा पुर्‍याउने, सार्वजनिक मञ्च र छलफलहरूमा प्रष्टसँग आफ्ना विचार राख्ने साहस बटुलेका चन्द्रकिशोर मध्यमार्ग निर्माणमा छन्। त्यो मध्यमार्ग, जसले मधेशलाई सीधा काठमाडौंसँग र काठमाडौंलाई सीधा मधेशसँग जोडोस्।

त्यसैले उनी कमला नदी बिलाउँदै गएकोमा चिन्ता जनाउँछन्। सिन्धुपाल्चोकका भूकम्पपीडित र ताप्लेजुङका पहिरोपीडितहरूमा मधेशी मल्हम लगाउन अघि सर्छन्। “मधेशमा सप्तकोशीको पानी खानेहरू विद्रोही हुन्छन् भनिन्छ”, चन्द्रकिशोर भन्छन्, “मैले चाहिं वाग्मतीको पानी खाएँ, काठमाडौंसँग जोडिने कुरा गरिरहेको छु।”

रविन गिरी

संकटका स्वर: केदारभक्त माथेमा

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

हाम्रा बौद्धिक

नोटः हिमाल खबरपत्रिकाको दशैं अंकमा 'हाम्रा बौद्धिक' शिर्षकमा प्रकाशित सबै व्यक्तित्वबारेको सामाग्री हिमालखबरमा क्रमशः प्रकाशित गरिनेछ ।

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012