You are here: Homeसमाचार

समाचार (7782)

सिमरा, १ माघ : मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान छेठौं सिमरा गोल्डकप आमन्त्रण फूटवल प्रतियोगितामा आयोजक नव जनजागृति युवा क्लबले बिजयी सुरुवात गरेको छ । 

सिमरा रंगशालामा बिहिवार भएको उद्घाटन खेलमा आयोजकले एफसी पोताला क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । 

पोतालालाई पन्छाउने क्रममा आयोजकका लागि खेलको ३२ औं मिनेटमा बिदेशी खेलाडी अबाले गोल गरेका थिए । सन्दिप सिलवालको पासलाई सदुपयोग गर्दै अबाले उत्कृष्ट गोल गरेका हुन् । 

खेलमा अग्रता लिएको तीन मिनेट बित्न नपाउदै आयोजकले खेल २–० को स्थितीमा पु¥याएको थियो । खेलको ३५ औ मिनेटमा अबाको पासमा सुभास गुरुङले बललाई जाली चुमाएका थिए । 

पहिलो हाफमा पोतालालाई निकै दवावमा राखेको आयोजकले दोस्रो हाफमा भने उत्कृष्ट खेल प्रदर्शन गर्न सकेन् । आपसी तालमेल मिलाउन नसकेको पोतालाबिरुद्ध आयोजकले खेलको ८१ औं मिनेटमा तेस्रो गोल थपेको थियो । अजय बिकको पासमा आयोजकका लागि बिश्वास श्रेष्ठले गोल गर्दै खेल ३–० को स्थितीमा पु¥याएका थिए । 

उद्घाटन खेलको म्यान अफ दि म्याच आयोजकका अबा घोषित भए । पहिलो पटक सहभागिता जनाएको पोतालाका प्रशिक्षक बिजयलाल श्रेष्ठ टिमको पराजयबाट निकै असन्तुष्ट देखिए । श्रेष्ठले आपसी तालमेलको अभावका कारण हार ब्यवहोर्नुपरेको बताए । 

आयोजकका प्रशिक्षक जिवन लामाले जितबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए । रणनितिअनुसार खेलाडीले खेल्न सफल भएको लामाको भनाई थियो । 

प्रतियोगिता अन्र्तगत शुक्रवार नेपाल आर्मी क्लब र सहारा क्लबबिच खेल हुनेछ् । यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले गरेका थिए । 

 

वीरगन्ज १३ बैशाख वीरगञ्जको पटेलनगर वडा नम्वर २१ को गाछीटोलमा भिषण आगोलागि भएको छ। १२ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन। 

आगोलागीबाट अहिलेसम्म २१ वटा घर जलेर पुर्णरुपमा नष्ट भएको छ। बिहान दाधु राउतको घरबाट सल्लेको आगो गाँउभर फैलिएको हो। 

आगो नियन्त्रण गर्न स्थानियबासिहरु जुटेका छन बारा पर्सा बाट दमकल, अाएकाे छ प्रहरी, सेनापनी उपस्थित भएका छन ।   

वीरगन्ज १२ बैशाख भारतीय महावाणिज्यदूतावास वीरगज  तथा जिल्ला आयुर्वेद स्वास्थय केन्द्र वीरगजको सयुक्त अयोजनमा  तेस्रो अन्तर्राष्ट्रिय योग दिवस २१ जुन २०१७ लाई लक्षित गरि  जिल्लाका बिभिन्न बिदालयहरुमा योग शिविर  सुरु गरेको छ ।  सो अवसरमा आयुर्वेद शिक्षा कार्यक्रम  श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालय परिसरमा ५ दिने योग कार्यशाला आज सम्पन्न भएको छ ।  

योग कार्यशालामा माध्यमिक तहका विद्यार्थीहरुलाई भारतीय महावाणिज्यदूतावास विरगजका योग शिक्षक श्री रविशंकर मणि पाण्डेले  योग प्रशिक्षण दिएका थिए ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्साका  प्रमुख डा।सुचित कुमार शर्माले स्वास्थ्य र पोषण सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा रामनारायण प्रसाद, ब्रजेश कुमार ठाकुर, धिरेन्द्र कुमार सिंह   लगाएत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्साका बिभिन्न कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । 

विद्यालयका प्रधानाध्यापक  शत्रुधन गिरीले आयुर्वेद र योग कार्यक्रमवाट विद्यार्थीहरु लाभान्वित भएको र यस्ता कार्यक्रमहरुको संचालनका लागि सदैव सक्रिय सहयोग गर्ने धारणा राखेका थिए ।  भोलि १३ गते देखि बीरगंज नगवा स्थित श्री ने।रा। माध्यमिक विद्यालयमा ५ दिनसम्म योग शिविर संचालन  हुने आयोगजक संस्थाले जनाएको छ ।

बीरगंज १२ बैशाख । जिल्ला मताधिकार मंच पर्साको आयोजनामा मतदाता शिक्षा सम्बन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण मंगलवारबाट बीरगंजमा शुरु भएको छ । प्रशिक्षणमा पर्सा जिल्लामा क्रियाशिल १५ वटा समाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । दुई दिन सम्म चल्ने प्रशिक्षणमा स्थानीय तह,गाउँ नगर तथा जिल्ला सभा,नमुना मतदान,नमुना मतपत्रको प्रर्दशनी ,निर्वाचन सम्बन्धी कानूनी ब्यवस्थाका बिषयमा छलफल हुने मंचाका जिल्ला सदस्य तवरेज अहमदले बताउनु भयो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले मतदाता शिक्षाको एक मात्र उद्धेश्य मतको बदर संख्या घटाउनु रहेको बताउनु भयो । उहाँले समाजिक क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले आफनो सामाजिक दायित्व निर्वाह गर्दै मतदाता शिक्षाको क्षेत्रमा काम गरेकोमा सन्तोष ब्यक्त गर्नु भयो । त्यस्तै आइफेसका राधिका घिमिरेले राष्ट्रीय मताधिकार मंचले नागरिकलाई मतदान गर्ने बिषयमा सचेत पार्ने काममा देखएको प्रतिवद्धता प्रति खुशी ब्यक्त गर्नु भयो । आफूले काम गर्ने क्षेत्रमा रहेका जनताको मत खेर नजाओस भन्नेमा जिल्ला मताधिकार मंचले देखाएको अग्रसरता सहितको पहलकदमी लिएको भन्दै राम्रो काम गर्न आग्रह गर्नु भयो । राष्ट्रीय मताधिकार मंचका केन्द्रीय सदस्य संजय शर्माले जनताको मत खेर जाने अवस्थालाई न्यूनीकरण गर्ने काममा मंचले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा मंचको पर्साका अध्यक्ष के.सी.लामिछाको अध्यक्षता शुरु भएको प्रशिक्षणको सहजीकरण तवरेज अहमदले गर्नु भएको थियो । प्रशिक्षण बुधवार सम्म चल्ने छ ।

वीरगंज १२ वैशाख गत २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पको आज  दुई वर्ष पुरा भएको दिन, भुकम्प दिवसको अवसरमा वीरगंज वडा नं.९ हाल वडा नं.७ स्थित श्री माइस्थान विद्यापिठ मा.वि.को नव निर्मित भवनको प्राङगनमा एक कार्यक्रमको आयेजना गरि बृक्षा रोपन गरिएको छ । जिल्ला शिक्षा कार्यालय पर्साको जि.शि.अ.केदार तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक विनोद मेहताको अध्यक्षतामा भएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै जि.शि.अ. तिवारीले माइस्थान माविको वर्तमान गतिविधी  र प्रगतीको प्रशंसा गर्दै  शैक्षिक सत्र २०७१ देखि अंग्रेजी माध्यमबाट संचालन गरेको कक्षा ८,९ र १० पढाई अन्य सामुदायिक विद्यालयहरु समेतको लागि अनुकरणीय रहेको विचार व्यक्त गर्नु भएको थियो ।

विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायत अभिभावक समेतको सहभागिता रहेको उक्त बृक्षा रोपन कार्यक्रममा अशोक लगायतका विभिन्न ३० वटा बिरुवाहरु रोपिएका थिए ।

 

वीरगञ्ज, ११ बैशाख वीरगञ्ज नगरमा भइरहेको नाला निर्माण कार्यलाई व्यवस्थित तुल्याउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, पर्सा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, शहरी विकास परियोजना, वीरगञ्ज उपमहानगरपालिका कार्यालयका प्रमुखहरुबीच आज पर्साका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छलफल सम्पन्न भयो । 

कार्यक्रममा प्रजिअ केशवराज घिमिरेले वर्षायाम नजिकिँदै गएकोले बाटोमा पानी जम्ने र सोबाट अझ अप्ठ्याराहरु थपिने भएकोले नाला निर्माण कार्य यथाशीघ्र पूरा गर्न परियोजना प्रमुखलाई निर्देशन दिनुभयो । 

यसैगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले वीरगञ्ज नगरमा भइरहेको नाला निर्माण कार्य अत्यन्त सुस्त गतिमा अघि बढिरहेकोले सो निर्माण कार्यमा तीव्रता ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्नुभयो । नाला निर्माणका लागि बाटो खन्ने काम पूरा भई निर्माण कार्य भइरहेतापनि अत्यन्त सुस्त गतिमा भइरहेकोले समयमैं निर्माण हुन नसक्दा बाटोमा हिड्ने बटुवा तथा सवारी चालकले समस्या भोग्नु परिरहेको साथै बाटोको अवस्था खराब भएको कारणले दुर्घटना पनि निम्त्याई रहेकोले वर्षायाम शुरु हुनु अगावै निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

सोही अवसरमा वीउमनपाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले नाला निर्माण कार्यलाई आपूmले पनि निरन्तर अनुगमन गरिरहेको कुरा राख्नुभएको थियो । 

उक्त निर्माण परियोजनाका प्रमुखले निर्माण कार्यमा केही कारणबस ढिलाई भएतापनि अब सो कार्यमा तीव्रता ल्याइने र एक महिनाभित्रमा कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बञ्जारा, वीउवासङ्घका बरिष्ठ उपाध्यक्ष गोपाल केडिया, सचिव मनोज दास, ट्रान्सपोर्ट व्यवसायी राजेन्द्र गुप्ता र ग्रीन सिटी वीरगञ्जका सदस्यहरुको उपस्थिति रहेको थियो ।

वीरगन्ज, ९ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले आज वीरगन्जमा विरोध प्रदर्शन गरेको छ । संविधान संशोधन नगरी स्थानिय तहको  निर्वाचन गर्नु नदिने अडान राख्दै मोर्चामा आवद्ध दलका नेता कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका हुन । 

फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको नेतृत्वमा वीरगन्जको मुर्ली चोकबाट निकालिएको    जुलुश घाण्टार, माईस्थान, आदर्शनगर, घडिअर्वा चोक हुदै पुनः घण्टा घर चोकमा पुगी राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्तासंग मिलि कोणसभामा परिणत भएको थियो । 

राष्ट्रिय जनता पार्टीका स्थानिय नेता प्रेमबाबु पटेलको अध्यक्षतामा सम्पन्न भएको कोणसभालाई सम्बोधन गर्दै मोर्चाका नेताहरुले मधेसीलाई अधिकार विहिन राखी भएको निर्वाचनले राष्ट्रलाई निकास दिन नसक्ने  दावी गरेका छन् । 

कोणसभामा  संघीय समाजवादी फोरम नेपालीकी केन्द्रिय सदस्य एवम् पुर्व मन्त्रि करिमा बेगम, फोरम नेपालका मधेस प्रदेशका सचिव सलाउदिन अहमद, जिल्ला अध्यक्ष प्रदिप यादव, फोरमका विद्यार्थी नेता जश्वन्ता यादव , राजपाका रंजन मिश्रा,कृष्ण पटेल भिम यादव लगायतका वक्ताले परिमार्जन सहित संविधान संशोधन नभएसम्म निर्वाचन हुनैन सकिने बताए थिए ।

वीरगन्ज ८ बैशाख एनफएपीजेले राजधानीमा एक विशेष समारोह गरि फोटो कन्सर्न नेशनल फोटोजर्नालिजम अवार्ड २०७३ का विभिन्न ११ विधाहरुमा छनौट भएका टप फाईभ नोमिनिज फाटोपत्रकारहरुको नाम घोषणा गरेकोछ । घोषणा गरेका ११ विधाहरुमा नेपाल टेलिकम डेली लाईफ फोटोजर्नालिजम अवार्ड, श्रीधरप्रसाद आचार्य कल्चर एण्ड टुरिजम फोटोजर्नालिजम अवार्ड , थाहा अध्ययन प्रतिष्ठान पोलिटिकल फोटोजर्नालिजम अवार्ड ,कंगारु एजुकेशन अनलाईन फोटोजर्नालिजम अवार्ड ,पाटन प्याथ ल्याब फ्रिलान्स फोटोजर्नालिजम अवाड, ग्लोबल आईएमई बैक विजनेश फोटोजर्नालिजम अवार्ड , हेवी हेल्प लिङ्क फिमेल फोटोजर्नालिष्ट अवार्ड ,ओल्ड दरबार ईन्टरटेन्मेन्ट फोटोजर्नालिजम अवार्ड ,मेट्स एजुकेशन मोफसल फोटोजर्नालिष्ट अवार्ड ,ग्रेस ईन्टरनेसनल स्पोर्टस् फोटोजर्नालिजम अवार्ड ,भ्याली गु्रप एनएफपीजे एक्टीभ मेम्बर अवार्ड रहेका छन् ।

 

अन्य दुई विधाहरु एनएफपीजे एक्टीभ मेम्बर अवार्ड विधा बाहेक बांकी १० विधाहरुवाट विजेता हुने उत्कृष्ट १० फोटोपत्रकारहरुमध्य सबैभन्दा धेरै अंक प्राप्त गर्ने एक जना फोटोपत्रकारले मेगा बैंक फोटोजर्नालिष्ट अफ द ईयर अवार्ड प्राप्त गर्नेछ भने ५० हजार पुरस्कार राषिको डिबी थापा लाइफटाइम एचिभमेन्ट अवार्ड विजेताको घोषणा बैसाख १३ गते हुने भब्य समारोहमा घोषणा हुनेछन् ।

 

राजधानीका भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड (एनटीबी)को सभाकक्षमा आयोजित कार्यक्रममा सबै टप फाईभ नोमिनिज फाटोपत्रकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । राजधानीको भद्रकालीस्थित आर्मी अफिस्र्स क्लवमा बैसाख १३ गते हुने यो विशेष समारोहको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ । उक्त विशेष समारोहको दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

क्याटेगोरी : एनटीसी डेली लाईफ

क्र. सं.      नाम                    मिडिया

१ सुनील सर्मा –सिन्हवा न्यूज एजेन्सी

 

२ केशव थापा –दि काठमाडौ पोष्ट

३ लक्ष्मीप्रसाद नाखुसी –नेपाल साप्ताहिक

४ स्कन्द गौतम –दि हिमालयन टाईम्स

५ सुरविन्द्र कुमार पुन –कान्तिपुर दैनीक

 

क्याटेगोरी :श्रीधर प्रसाद आचार्य कल्चर एण्ड टुरीजम

क्र. सं.      नाम                    मिडिया

 

१ लक्ष्मीप्रसाद नाखुसी –नेपाल साप्ताहिक

 

२ रत्नकृष्ण श्रेष्ठ– राष्ट्रिय समाचार समिति

३ स्कन्द गौतम –दि हिमालयन टाईम्स

४ शुनिल शर्मा –सिन्हवा न्यूज एजेन्सी

५ मनोज पौढेल –कान्तिपुर दैनीक

 

क्याटेगोरी : थाहा अध्ययन प्रतिष्ठान राजनैतीक अवार्ड

क्र. सं.      नाम                    मिडिया

१ दिनेश श्रेष्ठ –महिमा साप्ताहिक

२ बिकाश द्वारे –गोरखापत्र दैनीक

३ नवराज श्रेष्ठ –हिमालय टाईम्स नेपाली

४ निमेष राई –दि काठमाडौ पोष्ट

५ रोशन सापकोटा –राष्ट्रिय समाचार समिति

 

क्याटेगोरी : कंगारु एजुकेशन अनलाइन फोटोपत्रकारिता अवार्ड

क्र. सं.      नाम                    मिडिया

१ चन्द्र वहादुर आले –कठमाण्डौं टुडे डट कम

२ दिपक केसी –थाहाखबर डट कम

३ कृष्ण खड्का –रातोपाटी डट कम

४ प्रविण कोईराला –माई रिपव्लिका डट कम

५ मुकुन्द कालिकोटे –रिपोर्टर्स नेपाल डट कम

क्याटेगोरी : पाटन प्याथ ल्याव स्वतन्त्र फोटोपत्रकार

क्र. सं.      नाम                    मिडिया

१ नरेश कुमार श्रेष्ठ –स्वतन्त्र फोटोपत्रकार

२ किसोर श्रेष्ठ –स्वतन्त्र फोटोपत्रकार

३ पंंकज श्रेष्ठ –स्वतन्त्र फोटोपत्रकार (पर्सा)

४ राम गुरुङ –स्वतन्त्र फोटोपत्रकार (कास्की)

५ शुदर्शन रन्जीत –स्वतन्त्र फोटोपत्रकार(कास्की)

 

क्याटेगोरी : ग्लोवल आएमई बैङ्क विजनेश फोटोपत्रकारीता अवार्ड

क्र. सं.      नाम                    मिडिया

१ बालकृष्ण थापा–दि हिमालयन टाइम्स

२ प्रकाशचन्द्र तिमल्सेना–दि काठमाडौ पोष्ट

३ सागर बस्नेत–अभियान दैनीक

४ सन्ध्या श्रेष्ठ–अभियान दैनीक

५ शुनील प्रधान–कारोवार दैनीक

 

क्याटेगोरी : हेभी हेल्प लिङ्क महिला फोटोपत्रकारिताअवार्ड

क्र. सं.      नाम                    मिडिया

१ बीजु महर्जन–रातोपाटी डट कम

२ चन्द्रकला क्षेत्री–नयाँ पत्रिका दैनीक

३ कविता थापा–गोरखापत्र दैनीक

४ लक्ष्मी गारु–राष्ट्रिय समाचार समिति

५ सरिता श्रेष्ठ–पविल न्यूज डट कम

 

क्याटेगोरी : ओल्ड दरवार मनोरन्जन फोटोपत्रकारीता अवार्ड

क्र. सं.      नाम                    मिडिया

१ विकास द्धारे –गोरखापत्र दैनीक

 

२ महेश मान प्रधान –कान्तिपुर साप्ताहिक

 

३ नवराज वाग्ले–कान्तिपुर साप्ताहिक

 

४ सुरेश कुमार श्रेष्ठ– सुरज ठिकठाक डटकम

 

५ रोशन सापकोटा –राष्ट्रिय समाचार समिति

 

क्याटेगोरी : मेट्स एजुकेशन मोफशल फोटोपत्रकारिता अवार्ड

क्र. सं.      नाम                    मिडिया

१ दिवाकर भण्डारी –अन्नपूर्ण पोष्ट दैनीक–वारा

 

२ किरण आचार्य –इवाग्लुङ्ग डटकम –बागलुङ

 

३ कृष्णमणि बराल –अन्न्पूर्ण पोष्ट दैनीक –कास्की

 

४ मनोज पौडेल –कान्तिपुर दैनीक –कपिलवस्तु

 

५ मनिष पौडेल  –कान्तिपुर -पर्सा

क्याटेगोरी : ग्रेश इन्टरनेशनल खेलकुद फोटोपत्रकारीता अवार्ड

क्र. सं.      नाम                    मिडिया

१ खगेन्द्र कुमार राई –फाईट साप्ताहिक (बेलवारी)

 

२ नवराज श्रेष्ठ – हिमालय टाईम्स नेपाली

 

३ प्रविण कोईराला – नागरिक दैनिक

 

४ शुदर्शन रन्जीत –स्वतन्त्र फोटोपत्रकार

 

५ रोशन सापकोटा –राष्ट्रिय समाचार समिति

 

क्याटेगोरी : भ्याली ग्रुप एनएफपिजे एक्टीभ मेम्वर फोटोपत्रकारीता अवार्ड

क्र. सं.      नाम                    मिडिया

१ हरि मर्हजन – इसिएस मिडिया

२ किशोर श्रेष्ठ –स्वतन्त्र फोटोपत्रकार

३ पद्म सागर कक्षपति –सम्पदा फोटो भिजन

४ पंकज श्रेष्ठ –इसिमा डट कम (पर्सा)

५ शेहनवाज मोहम्मद –वेडिङ्डायरी नेपाल

वीरगन्ज ८ बैशाख सरकार र मधेसबादी दल बीच आज निर्णायक बार्ता हुदैछ । आजको बैठकबाट मधेसबादी दल स्थानीय तहको निर्बाचनमा सहभागी हुने या नहुने टुंगो लाग्नेछ । प्रधानमन्त्री पुष्प कमल दाहालले अहिले बिहान मधेसबादी दललाई बार्ताको लागि बोलाउनुभएको हो । मधेसबादी दललाई निर्बाचनमा ल्याउने अन्तिम प्रयास स्वरुप दाहालले आजको निम्ति बैठक डाकिएको हो ।

मधेसबादी दलबीच एकताको प्रक्रिया चलिरहेको, आन्दोलन वा चुनाब भन्ने बिषयमा मधेसबादी दलहरु अन्योलमा रहेको बेला आजको बैठकलाई अत्यन्तै महत्वका साथ हेरिएको छ । सरकार र मधेसबादी दलबीच आज निर्णायक बार्ता हुने बताएपनि ठोस निकास भने निस्कने सम्भावना कम रहेको मधेसबादी दलका एक नेताले बताएका छन ।

राम सर्राफ वीरगन्ज ७ बैशाख संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जमा आज बिहान सिठ्ठी र लाठी जुलुश निकालेको छ । वीरगन्जको घण्टाघर चोकबाट बिहान निस्किएको सिठ्ठी र लाठी जुलुश माइस्थान , आदर्शनगर , घडीअर्वा हुदै पुन घण्टाघर चोकमै पुगेर समापन भएको छ । 

Image may contain: 8 people, people standing, people walking and outdoor

जुलुशमा संघीय समाजवादी फोरम नेपालका प्रदेश नम्बर २ का सदस्य महाराज यादव , तराइ मधेस लोकतान्त्रिक पार्टी पर्साका  अध्यक्ष पुरुषोत्तम झा , सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी , जिल्ला अध्यक्ष इमदाद गद्धी सुगा, राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल , नेपाल सदभावना पार्टीका पर्सा अध्यक्ष कृष्णा पटेल , मधेसी जनअधिकार फोरम गणतान्त्रिक पर्साका अध्यक्ष मुस्तकिम अन्सारी , तराइ मधेस सदभावना पार्टी पर्साका अध्यक्ष वीरेन्द्र यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।  Image may contain: 5 people, people standing and outdoor

Image may contain: 10 people, people standing, people walking, crowd and outdoorImage may contain: 11 people, people standing and outdoor

वीरगन्ज ७ बैशाख संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टी बनेको छ । मधेशी मोर्चामा आवद्ध पाँच दलको एकीकरण भएको छ । आज दिउँसो एक बजे काठमाडौंमा एक भव्य कार्यक्रमका बीच एकताको घोषणा हुँदैछ ।

यात्रा डेलीलाई प्राप्त जानकारी अनुसार एकीकरणबाट बनेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । महाधिवेशनसम्मका लागि अध्यक्ष मण्डलीय प्रणालीअनुसार पार्टीको सांगाठनिक संरचना तय गरिएको छ ।

मोर्चामा आवद्ध उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपाल र अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी एकीकरणमा सहभागी भएको छैन ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकीकरण भएको छ ।

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012