You are here: Home

बालकले गरे अपहरणको नाटक

Published in समाचार Wednesday, 27 February 2013 07:47
Rate this item
(0 votes)

यात्रा डेली

वीरगन्ज,१६ फागुनः १२ वर्षिय एक बालकले मंगलबार साँझ पर्सा प्रहरीका उच्च अधिकारीहरुलाई करिब डेढ घण्टासम्म तनावमा पारिदिएका छन् ।

आफू अपहरणमा परेको भन्दै ती बालकले अभिभावकलाई दिएको जानकारीका आधारमा प्रहरीले साँझ साढे सात बजेदेखि पुरै नगरमा नाकाबन्दी र छापामारी गर्दै बालकको उद्धारका लागी खटिनु परेको थियो ।

प्रहरी उपरिक्षक पिताम्बर अधिकारी, प्रहरी नायब उपरिक्षक राजेन्द्र विष्टको टोलीले पुरै शहरमा बालकलाई खोज्नु परेको थियो । करिब एक घण्टासम्मको खोजतलाशपछि बालक आफ्नो घर नजिकै फेला परेका थिए । 

यी बालक हुन्, वीरगन्जको नगवा टोल निवासी त्रिभूवन हनुमान माविमा कक्षा ६ मा अध्ययनरत सन्नी चौरसिया । उनी हाल मलेशियामा मजदुरी गरिरहेका शिवप्रसाद चौरसियाका छोरा हुन् । प्रहरी नायब उपरिक्षक राजेन्द्र विष्टका अनुसार यी बालक अपहरणमै नपरेपनि झूठो खबर दिएर अभिभावक र प्रहरी दुबैलाई तनावमा पारिदिएका थिए ।

वीरगन्जमा पछिल्लो तीन महिनायता अपहरणको श्रृंखला पुनः शुरु भएकाले मंगलबार साँझ पुनः अर्का एक बालकको अपहरण भएको खबर पाएपछि पर्साका प्रहरी अधिकारीहरु निक्कै तनावमा रहेका थिए ।

 
Read 255 times

Leave a comment

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012