You are here: Home

प्रधानन्यायाधीशको विज्ञप्तीमा बारको विरोध

Published in समाचार Tuesday, 26 February 2013 19:20
Rate this item
(0 votes)

यात्रा डेली

काठमाडौं, १५ फागुन: प्रधानन्यायाधीशले चुनावी सरकारको नेतृत्व गर्न तयार भएको वक्तव्यको नेपाल बार एसोसिएसनले् विरोध गरेको  छ । बारेको बैठकले उक्त वक्तव्यको आधिकारिकामाथि पनि प्रश्न उठाएको छ । बारका पूर्व पदाधिकारिहरु तथा केन्द्रीय कार्यसमितिसहितको बृहत बैठकले ७ बुँदे वक्तव्य जारी गरी प्रधानन्यायाधीको वक्तव्यको विरोध गरेको हो ।

 

बैठकपछि बारका महासचिव सुनिलकुमार पोखरेलद्वारा जारी वक्तव्यमा भनिएको छ “हिजो प्रकाशित उक्त विज्ञप्ति सर्वोच्च अदालतको कुन निकायको को को संलग्न बैठकले कुन ऐन, कानुनको परिधिभित्र रहेर गरिएको निर्णय आधारमा जारी गरिएको हो, त्यो स्पष्ट नभएकाले उक्त विज्ञप्तिको आधारमा सर्वोच्च अदालतको पूर्ण बैठकले अविलम्ब आफ्नो धारणा सार्वजनिक गर्नुपर्दछ ।” 

अदालतको वक्तव्य न्यायाधीश आचार संहिता विपरीत भएको बताइएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, स्वयम सर्वोच्च अदालतले जारी गरेको दफा ३ ९३० मा उल्लेखित “न्यायाधीश कार्यपालिका वा व्यवस्थापिकाका सदस्यहरुसँगको अनुपयुक्त सम्पर्क वा प्रभावबाट मुक्त रहने मात्र होइन, एउटा विवेकशील पर्यवेक्षकको दृष्टिमा पनि यस्तो सम्पर्क वा प्रभावबाट मुक्त रहेको देखिनु पर्दछ” भन्ने व्यवस्थाको विरुद्धमा रहेका हामी पुन स्मरण गराउँन चाहान्छौ ।     

Read 196 times

Leave a comment

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012