You are here: Home

फोरमबाट वीरगंजको मेयरमा सरावगी लगभग पक्का

Published in समाचार Thursday, 18 May 2017 13:53
Rate this item
(0 votes)

वीरगन्ज, जेठ : ४ : वीरगंजको मेयरमा कुन पार्टीबाट कस्ले टिकट पाउने भन्ने कुरा चर्चामा रहेको बेला संघीय समाजवादी फोरम नेपालबाट बिजय सरावगीको नाम लगभग पक्का भइसकेको पार्टी स्रोतले जनाएको छ ।

नेपालको राजनीतिमा रणनीतिक महत्व राखे पनि विकासको हिसाबले सधै पछि पर्दै आएको वीरगंज उपमहानगरपालिकाको स्थानीय तह निर्वाचनमा यहाँबाट कुनै पनि पार्टीको उम्मेदवारको नाम ठोकुवा रुपमा आउन सकेको छैन् । यसैबिचमा फोरम नेपालबाट सफल उद्यमी तथा समाजिक व्यक्तित्वको रुपमा पहिचान बनाएका सरावगीको नाम आउन थालेको हो । सो पार्टीबाट अरु नामहरु पनि चर्चामा रहेको थियो । पछिल्लो समयमा कार्यकर्ताहरुको माग र चाहना देखेर पार्टी नेतृत्व तहले सरावगीलाई अगाडि सार्न मनसाय बनाएको पार्टीका जिल्ला कार्य समिति सदस्य आजाद हुसैनले बताए ।

अजादको दाबीलाई पार्टीका अन्य कार्यकर्ताहरुले पनि पुष्टि गरेका छन् । “पार्टीको झण्डामा समर्पित रहेका र हाम्रो पार्टीले नेतृत्वदायी भुमिका निर्वाह गरेको हरेक आन्दोलनमा सक्रिय रहदै आएका कार्यकर्ताहरुको कुरा नेतृत्व तहले नजरअन्दाज गर्न सक्दैन् त्यसैले नेता सरावगीलाई मेयरको उम्मेदवारको रुपमा ल्याउने कुरा लगभग पक्का जस्तै छ,” समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल वर्णवालले भने, “उनको नाममा बिरोध पनि देखिएको छैन् ।” संघिय युवा फोरमा जिल्ला अध्यक्ष शेख जलसुदिनले पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका जिल्ला संगठनहरुले र मुख्य धारका कार्यकर्ताहरुले वीरगंज नगरमा विकास र नयाँ योजनाहरु ल्याउन सक्ने खालको मेयरको रुपमा सरावगीलाई देखि रहेको बताए । “वीरगंजमा पार्टीबाट जितेको मेयरले नमुना किसिमले काम गर्न सके त्यसको चौतर्फी प्रभाव पर्ने भएकोले सरावगीको नाम अगाडि आइ रहेको छ,” उनले भने ।

पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादवले भने आफुहरुले जित हासिल गर्ने दाबी गर्दै मेयरमा को उम्मेदवार हुने भन्ने आधिकारिक रुपमा घोषणा हुन केहि कुर्नको लागि आग्रह गरे । सरावगीले भने यसमा प्रतिक्रिया दिन चाहेनन् । “संगठनमा आबद्ध भइसके पछि त्यसको निर्णयलाई नै सर्वोपरी मान्नु पर्ने हुन्छ,” सरावगीले भने, “म आजको मितिमा पार्टीको एउटा कार्यकर्ता हु र मेरो भुमिका कहाँ उपयुक्त हुन्छ भन्ने पार्टीले तय गर्ने हो ।”

Read 6105 times

Leave a comment

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012