You are here: Home

भारतीय रेल्वे राज्य मन्त्री मनोज सिन्हासंग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश बिच भेटघाट

Published in समाचार Saturday, 13 May 2017 22:07
Rate this item
(0 votes)

वीरगम्ज ३० बैशाख भारत, बिहारको बेतिया (पश्चिमी चम्मपारण) को भ्रमणमा रहेका भारतीय रेल्वे राज्य मन्त्री माननीय मनोज सिन्हा संग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा र नेपाल भारत सहयोग मञ्चका अध्यक्ष तथा वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध तथा  पदाधिकारी सम्मिलित एक प्रतिनिधि मण्डले आज एक समारोहबीच बेतियांमा भेटघाट गरेको   छ । 

भारत विहार पश्चिमी चम्पारणका सासंद माननीय संजय जयसवाल, रेल्वेका जि.एम., डि.आर.एम., सि.सि.एम. समेतको उपस्थिति रहेको उक्त रेल्वे राज्य मन्त्री संगको भेटघाटका क्रममा सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले रक्सौल रेल्वे साइडिङ्ग, एकीकृत जाँच चौकीको व्यवस्थापन तथा रक्सौल–वीरगञ्ज नाकालाई व्यवस्थित बनाउन गर्नुपर्ने आवश्यक पूर्वधार विकासका सम्बन्धमा राज्य मन्त्रीको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष शर्माले रक्सौल रेल्वे क्रसिङ्गका कारण यात्रुहरु दिनहुँ घण्टौं जाममा बस्नुपर्ने र दुर्घटना हुने सम्भावना रहेकोले आकाशे पुलको आवश्यकता रहेको बताउनु हुँदै रक्सौल रेल्वे साइडिङ्गमा व्यवस्थापनको कमीले आयातीत मालवस्तु नोक्सान हुने गरेको, रेल्वे साइडिङ्गमा २४औं घण्टा काम गर्ने वातावरण भएतापनि भारतीय तथा नेपाली भंसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म बन्द रहने गरेकोले मालवस्तु लोड गराई समयमैं रेल्वे साइडिङ्ग खाली गराउन नसक्दा ठूलो रकम वारफेज र विलम्ब शुल्कको रुपमा तिर्नुपरेको र रक्सौल रेल्वे साइडिङ्गदेखि भंसारसम्मको बाटो एकदमै दयनीय अवस्थामा रहेकोले सो बाटो बाट ढुवानीको लागि भाडाको ट्रक जान आनाकानी गर्ने र दुर्घटना हुने सम्भावना बढी रहेकोले सो बाटोको स्तरोन्नतिको लागि आग्रह गर्नुभयो । 

साथै प्रतिनिधि मण्डलले भारतमा बखर्रै लागु भएको नया ई–एक्टले गर्दा नेपाली आयातकर्ताहरुलाई धेरै नै असजिलो भई रहेको तर्पm माननीय मन्त्रीको ध्यानाकषर्ण गराउनु हुँदै सम्बन्धित समस्याहरु समाधान सम्बन्धमा लिखित निवेदन राज्य मन्त्रीलाई हस्थान्तरण गरेको प्राप्त समाचारमा उल्लेख छ । 

भारतीय रेल्वे राज्य मन्त्री मनोज सिन्हाले रक्सौल रेल्वे साइडिङ्गको व्यवस्थापन र रक्सौलको भौतिक पूर्वाधारका साथै नेपाली  आयातकत्र्ताहरुले रेल्वे ¥याक सम्बन्धी भोगी रहेको समस्या समाधानका लागि एक हप्ता भित्रमा कार्य थालनी गर्न रेल्वेका जि.एम., डि.आर.एम., सि.सि.एम. समेतलाई निर्देशन दिनु   भयो । 

उक्त भेटघाट कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, उपाध्यक्ष अनिल पटवारी, महासचिव सुनिलकुमार खेतान, कोषाध्यक्ष रविन्द्रकुमार वर्णवाल, सचिव माधव राजपाल तथा सिमावर्ति शहर रक्सौलका वरिष्ठ व्यवसायी महेश अग्रवाल समेतको उपस्थिति रहेको थियो । 

Read 1740 times

Leave a comment

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012