You are here: Home

वीरगन्ज र पथलैया औद्योगिक कोरिडोरमा लोडसेडिङ कायमै

Written by  Published in अर्थ Wednesday, 10 May 2017 17:04
Rate this item
(1 Vote)

तुलसी भण्डारी , वीरगन्ज  वैशाख नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रको फिडर नम्बर १ र ५ मा आइतबार १२ घण्टाको अन्तरालमा दुई÷दुईपटक विद्युत्को लाइन काटियो । यो हावाहुरी र वर्षात्लगायतको प्राकृतिक विपत्ति र प्राविधिक त्रुटिविना नै विद्युत् लाइन काटिएको हो । यहाँ ६ महिनाअगाडिकै समय तालिकाअनुसार यहाँ विद्युत्को लाइन काटिँदै आएको छ ।

काठमाडौंबाहिर नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र वीरगन्जअन्तर्गत वीरगन्ज र पथलैया औद्योगिक कोरिडोर क्षेत्रका साना ठूला सबै गरी २० वटा फिडरमा हरेक दिन यसैगरी विद्युत्को लाइन काटिँदै आएकोे छ । विद्युत्को सप्लाई कति बजेदेखि कति बजेसम्म काट्ने भन्ने नयाँ समय तालिका विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा अझै नआएको केन्द्रले बताएको छ ।

यो तालिका केन्द्रबाट नै आउँछ वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले राजधानीलाई बताए । ६ महिना पहिलेकै समय तालिकाअनुसार विद्युत् काटिँदै आएको उनले जानकारी दिए ।

‘पिक आवर’ मा हरेक दिन तीन÷चार घण्टा विद्युत्को लाइन काट्न आफूहरू बाध्य रहेको भन्दै उनले गर्मीमा पंखा, फ्रिजलगायतका सामान अझ बढी चल्ने भएकाले पनि थप विद्युत् माग हुने गरेको उनले बताए । बारा पर्सामा अवस्थित औद्योगिक कोरिडोर र दुवै जिल्लाका सदरमुकाममा हरेक दिन अझै पनि विद्युत् लोडसेडिङ हुँदै आएको विद्युत् वितरण केन्द्र वीरगन्जको स्वीकारोक्ति छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले भने यस क्षेत्रमा गत १० माघसम्ममा नै विद्युत् आपूर्ति नियमित गर्ने घोषणा गरेका थिए ।

पर्साको ठोरीमा पनि कुल १४ सय घरधुरीमध्ये ३ सय ८० घरधुरीमा मात्र बलेको बत्ती केही समयमा १४ सय घरधुरीमा नै पु¥याउने प्रतिबद्धता मन्त्रीबाट व्यक्त भए पनि अझै १ हजार २० घरमा बिजुली पुग्न नसकेको ठोरीको सरस्वती उच्च माविका प्रधानाध्यापक केशवरेग्मीले बताए ।

मन्त्री स्वयंले १५ दिनमा विद्युत् नकाटिने आश्वासन दिएको भए पनि चार महिना बितिसक्दा पनि लोडसेडिङ नहटेको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा दुईतीन पटक काठमाडौं गएर नै ऊर्जामन्त्रीलाई ध्यानाकर्षण गराएको छ । तर पनि अझै समस्या समाधान नभएको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले बताए ।

Read 756 times Last modified on Friday, 12 May 2017 18:51

Leave a comment

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012