You are here: Home

कुटपिट गर्ने सांसद राजकुमार गुप्तालाइ कारबाही गर्नुका सट्टा उल्टै आफूलाई कार्वाही

Written by  Published in मनोरन्जन Tuesday, 09 May 2017 18:18
Rate this item
(1 Vote)

वीरगन्ज २६ बैशाख वीरगन्जमा रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतले आफूलाई कुटपिट गर्ने पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र उनका कार्यकर्ताहरुलाइ प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले कारबाही गर्नुका सट्टा उल्टै आफूलाई कार्वाहीका लागि मन्त्रालयमा चिठी लेखेको गुनासो गर्नुभएको छ।

मङगलबार पत्रकार सम्मेलन गरेर कार्यालय प्रमुख गोइतले आफुलाइ सांसद गुप्ता र उनका कार्यकर्ताले गत शुक्रबार कुटपिट गरेपछि न्याय माग्न जादा प्रमुख जिल्ला अधिकारी घिमिरेले कुटपिटमा संलग्नहरुलाइ कार्वाही गर्नुको सट्टा उल्टै आफूलाई कार्वाही गर्न सहरी विकास तथा भवन निर्माण विभागमा चिठी लेखेको बताउनुभयो।

 

जनता आवास कार्यक्रमका विषयमा गत शुक्रबार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमै कार्यालय प्रमुख गोइत र पर्सा क्षेत्र नम्बर ३ का सांसद गुप्ताबीच हात हालाहाल भएको थियो। जनता आवास कार्यक्रमका लागि करारमा नियुक्त गरिएका १२ जना कर्मचारीहरुको नियुक्ति सम्बन्धि जानकारी माग्न गएका सांसद गुप्ता ,उनका कार्यकर्ता र पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बहादुर अमात्यका कार्यकर्ताले कार्यालय प्रमुख गोइतलाइ कुटपिट गर्दै लछापछार गरेर नजिकै रहेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी घिमिरेको कार्यकक्षमा लगेको कार्यालयका कर्मचारीहरुले बताएका थिए।

कार्यालय प्रमुख गोइत माथि भएको दुव्र्यवहार र हातपातको घटनाको विरोधमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका कर्मचारीहरुले मङगलवार काम बन्द गरेका छन्।कार्यालय प्रमुख माथि भएको हातपातको घटनाको विरोधमा मङगलवार एक दिनका लागि पेन डाउन गरेर काम बन्द गरिएको कार्यालयका इन्जिनियर कार्तिकेश झाले बताउनुभयो।

 

कार्यालय प्रमुख गोइतले शुक्रबार सांसद गुप्ता र उनका कार्यकर्ताले घिसार्दै प्रमुख जिल्ला अधिकारीको कर्यकक्षमा पुर्‍याएपनि प्रमुख जिल्ला अधिकारी घिमिरेले उल्टै आफु विरुद्ध कार्वाहीको लागि विभागमा पत्र लेखेर अन्याय गरेको बताउनुभयो।

सांसद गुप्ताले आफना एक जना कार्यकर्तालाइ पनि करारमा नियुक्त गर्न दिएको दबाब आफुले नमानेपछि आफु माथि कुटपिट र दुव्र्यवहार गरिएको कार्यालय प्रमुख गोइतले बताउनुभयो।

Read 2025 times Last modified on Friday, 12 May 2017 18:52

Leave a comment

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012