You are here: Home

चुनावी चर्चा : काङ्ग्रेसबाट प्रकाश कुमार उपाध्याय अग्रस्थानमा

Written by  Published in समाज Saturday, 06 May 2017 19:44
Rate this item
(0 votes)

स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै जाँदा वीरगञ्ज उपमहानगरपालिको नेतृत्व कसको हातमा जाला भन्नेमा चासो केन्द्रित हुन थालेको छ । देशको राजनीतिक तथा आर्थिक केन्द्रको रुपमा स्थापित वीरगञ्ज नगरको नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि राजनीतिक दलहरूको कसरत तीव्र बन्दै गएको छ । ती राजनीतिक दलहरूबाट वीरगञ्जको मेयर पदमा कसलाई चुनाव लडाउने भन्नेमा रणनीतिक तयारी भइरहेकै छन् । यो पदका लागि राजनीति दलहरुबाट आकाङ्क्षीहरुको पनि कमी छैन । 

यसै सन्दर्भमा नेपाली काङ्ग्रेसको तर्फबाट वीरगञ्जको नगर प्रमुखको उम्मेदवारमा प्रकाश कुमार उपाध्यायको नाम चर्चाको अग्रस्थानमा छ । विगत ३ दशकदेखि सक्रिय राजनीतिमा खारिएका उपाध्यायलाई वीरगञ्जको नगर प्रमुखमा उठाउनुपर्ने मत काङ्ग्रेसभित्र बलियो बन्दै छ । चुनावी प्रतिस्पर्धामा उत्रिने उम्मेदवारको राजनीतिक सक्रियता, व्यक्तिगत छवि, योग्यता र सामाजिक पृष्ठभूमिजस्ता आयामहरू जीतका लागि निर्णायक मानिन्छन् । वीरगञ्जको नेतृत्वमा जीत हाँसिल गरी समुन्नत सहरको रुपमा अघि बढाउन सक्ने योग्य उम्मेदवारका रुपमा उपाध्यायको चर्चा राजनीतिक वृत्तमा तीव्ररुपमा चलिरहेको छ । 

को हुन प्रकाश कुमार उपाध्याय ? 

वीरगञ्जको राजनीतिक आयाममा प्रकाशकुमार उपाध्याय कर्मठ, लगनशील, अध्ययनशील र इमानदार राजनीतिकर्मीको रुपमा चिनिन्छन् । नेपाल विद्यार्थी सङ्घ हुँदै अहिले नेपाली काङ्ग्रेसको राजनीतिमा क्रियाशील उनी प्रजातन्त्रप्रति प्रतिबद्ध र समर्पित राजनीतिक अगुवा हुन् । 

पार्टीको राजनीतिमा आठौं जिल्ला अधिवेशनबाट पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय सचिव र नवौं अधिवेशनबाट क्षेत्रीय अध्यक्ष बनेका उनले आफ्नै कार्यकालमा पर्सा क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईलाई विजयी गराउन सफल भए । तत्कालिन अवस्थामा नेता भट्टराईलाई पर्साबाट चुनाव जिताएर पठाउने योजना उपाध्यायकै रणनीतिक उपज थियो । 

१० औं महाधिवेशनमा क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधि र ११ औं महाधिवेशनमा क्षेत्र नम्बर १ बाटै महासमिति सदस्य भई कुशल भूमिका निर्वाह गरेका उपाध्यायले १३ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि भई काङ्ग्रेस केन्द्रीय सदस्यमा खुल्लातर्फ प्रतिस्पर्धा गरेका थिए । 

उपाध्यायले पार्टी राजनीतिबाटै मजदूर हकअधिकारको अभियानलाई पनि अघि बढाएका छन् । उनी नेपाल रिक्सा मजदूर सङ्घको संस्थापक भई टे«ड युनियनको संस्थापक जिल्ला सदस्य भएर अहिले नेपाल टे«ड युनियन काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका छन् । 

विद्यार्थी राजनीतिदेखि नै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएका उपाध्याय २०६२÷६३ को आन्दोलनमा अग्रपङ्क्तिमा रही रिले अनसन र सत्याग्रहमा सहभागी हुँदा काठमाडौंमा तत्कालिन सत्ताबाट पक्राउ परेका थिए । आन्दोलन उत्कर्षमा पुग्दा वीरगञ्जमा पक्राउ परी वीरगञ्ज कारागारमा बन्दी बनाइएका थिए ।

पार्टी सङ्गठनमा कुशल सङ्गठनकर्ता, दूरद्रष्टा र स्पष्टवक्ताको रुपमा परिचित उपाध्याय समसामयिक राजनीतिको विश्लेषणमा पनि उत्ति नै सशक्त छन् । कानूनमा स्नातक (अधिवक्ता) उपाध्यायका समसामयिक आलेख र विवेचनाहरू राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा प्रकाशित भइरहेका छन् । 

पार्टी राजनीतिसँगै अध्ययन र लेखनलाई पनि अघि बढाएका उपाध्याय सरल र स्पष्ट स्वभाव, मृदुभाषी र मित्रवत् व्यवहारका धनी छन् । नेपाली काङ्ग्रेस पर्साको राजनीतिमा राजनीतिक तथा वैचारिक चिन्तक र विचारकका रुपमा स्थापित युवा नेता उपाध्याय लोकतन्त्रमा सबैलाई समान अधिकार र अवसर प्राप्त हुनु पर्छ भन्नेमा स्पष्ट छन् । मधेसी, जनजाति, आदिवासी, दलित, महिला, मुस्लिमलगायतका पिछडिएका वा पछि पारिएका सवै वर्ग र समुदायका लागि संविधानमा ‘पहिचान, पहुँच र प्रतिनिधित्व’ सुनिश्चित हुनुपर्नेमा अडिग छन् । राज्यले कसैप्रति पनि भेदभाव गर्न हुँदैन भन्ने उपाध्यायको मान्यता छ । 

राजनीतिलाई जनता र समाज सेवामा समर्पित गर्नुपर्ने बताउने उपाध्याय राजनीतिकर्मी उद्यमशिल हुनुपर्नेमा पनि उत्तिकै सचेत छन् । राजनीतिकर्मीले अपनाउने उद्यम समाज सुधार र योगदानमुखी हुनुपर्ने मान्यताकै कारण उनले विद्यालयमार्फत शिक्षाको ज्योति फैलाउने काम गरिरहेका छन् । उद्यमशिलताले नेतृत्वलाई जनताको निस्वार्थ सेवाका लागि सहयोग पु¥याउने धारणा उपाध्यायको छ ।

 

 

Read 656 times Last modified on Sunday, 07 May 2017 14:38

Leave a comment

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012