You are here: Home

नारायणी एफ एमको अध्यक्षमा प्रदीप यादव चयन

Written by  Published in सुचना प्रविधि Tuesday, 25 April 2017 16:54
Rate this item
(0 votes)

वीरगन्ज बैशाख वीरगन्जमा रहेको मध्यतराइकोृ पहिलो सामुदायिक रेडियो नारायणी एफ एमको संचालक समितिको अध्यक्षमा प्रदीप यादव चयन हुनु भएको छ ।

 वीरगन्जमा सोमबार सम्पन्न रेस नेपालको १२ औं साधारणसभाले नारायणी एफ एमको संचालक समितिको अध्यक्षमा यादवलाइ सर्वसम्मतले चयन गरेको हो ।

  यसैगरि साधरण्सभाले नारायणी एफएमको संचालक समितिको सदस्य सचिवमा एफएमका कार्यकारी निर्देशक गोविन्द देवकोटा तथा सदस्यहरुमा रवि वर्णवाल , जगत नारायण रौनीयार र बनिता कनोडियालाइ सर्वसम्मतीले चयन गरेको छ । 

 होटल कुमु प्यालेशमा भएको साधरणसभालाइ सम्बोधन गर्दै नारायणी एफ एमका नवनिर्वाचत अध्यक्ष एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले आफु राजनीतिक व्याक्तित्व भएको भएपनि आज देखि एएटा लोकप्रिय सन्चार गृहको नेतृत्व  सम्हालने अवसर पाएकाले आफनो काँध माथि महत्वपूर्ण जिम्मेवारी थपिएको बताउनु भयो ।

  वीरगन्जमा रहेका एफ एम रेडियाहरुको भिडमा विगत १२ वर्ष देखि नारायणी एफएमको एक अलग पहिचान रहेको भन्दै उहाले आगामी दिनमा नारायणी एफएमले समुदायको आवाजलाइ अझ सशक्त र बुलन्द बनाउने बताउनु भयो ।

  आगामी दिन एफएम परिवारलाइ साथमा लिएर नारायणी एफएमलाइ मध्यतराइको मात्र नभइ समग्र मधेसकै लोकप्रिय एफ एमका रुपमा स्थापित गराउनका लागि आफुले अहोरात्र प्रयास गर्ने प्रतिबद्धता उहाले जनाउनु भयो ।

 नारायणी एफएमलाइ अवाज विहिनको अवाज बनाउन र सम्पूर्ण कर्मचारी साथीहरुको सेवा सुविधाको हकमा आफु खरो रुपमा उत्रिने उहाको भनाई थियो । रेस नेपालका अध्यक्ष एंव उद्योगपति विजय सरावगीले वीरगन्जमा रहेका एफएम रेडियोहरु मध्ये नारायणी एफ एम पनि एक लोकप्रिय रेडियो स्टेशन भएको भन्दै एफएममा १२ वर्ष देखि काम गर्दै आएका सन्चारकर्मी र कर्मचारीहरुको निरन्तर मेहनतकै कारण नारायणी एफएम आजको स्थानमा पुग्न सफल भएको बताउनु भयो । 

 उहाले एफएमको नवनिर्वाचित संचालक समिति आगामी दिनमा नारायणी एफमलाइ सुचना तथा सन्चारको क्षेत्रमा अझ लोकप्रिय संचारगृहका रुपमा स्थापित गर्न सफल हुने बताउनु भयो । 

 नारायणी एफएमका कार्यकारी निर्देशक गोविन्द देवकोटाले समुदायको आवाज राज्यको नीतीनिर्माणको तहमा बसेकाहरु समक्ष नारायणी एफएमले १२ वर्ष देखि काम गर्दै आएको र अगामी दिनमा पनि एफएमले समुदायको हितमा निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

 कार्यक्रममा कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले जसरी नवनिर्वाचित अध्यक्ष यादवले राजनीतिमा सफलता हासिल गर्नु भएको छ,त्यसरी नै नारायणी एफएमको नेतृत्वको जिम्मेवारी सम्हाल्दै नारायणी एफएमलाइ सबैको लोकप्रिया सञ्चार गृहको रुपमामा आफुलाई स्थापित गर्ने विश्वास आफुले लिएको बताउनु भयो ।

 पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले रेडियो र प्रहरी मिलेर जिल्लाको शान्ति ,सुरक्षामा अहम भुमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिनु भयो  ।

  रेस नेपालका अध्यक्ष सरावगीकै अध्यक्षतामा भएको कार्यक्रममा पप्पु कन्ट्रक्सनका संचालक हरिनारायण रौनीयारले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रमको सन्चालन नारायणी एफ एमका स्टेशन म्यानेजर क्रान्ति शाहले गर्नु भएको थियो । 

Read 1478 times Last modified on Tuesday, 25 April 2017 16:59

Leave a comment

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012