You are here: Home

नियुक्तको बिषय लिएर नारायणी उपक्षेत्रीय अस्पतालमा प्रदर्शन गर्ने चेताउनी

Written by  Published in मनोरन्जन Wednesday, 19 April 2017 13:07
Rate this item
(0 votes)
फाईल फोटो फाईल फोटो

वीरगन्ज बैशाख नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिबाट अस्थायी  नियुक्त भएर बरखास्त भएका कर्मचारीहरूले पुनर्बहालीको माग गर्दै अस्पताल प्रशासनलाई अनावश्यक तनाव दिइरहेका छन् । उनीहरूले रीतपूर्वक नियुक्ति भएको भन्दै अस्पतालमा आन्दोलन तथा प्रदर्शन गरी पुनर्बहालीको माग गर्ने तयारी गरेको अस्पताल स्रोतले बताएको छ । तर अस्पताल प्रशासनले त्यसो नगर्न उनीहरूसँग आग्रह गरेको छ । नियुक्ति रीतपूर्वक नदेखिएकोले चिकित्सक, नर्स, अनमी, कार्यालय सहयोगी गरी केही दिन पहिले १० जना कर्मचारीहरूको अस्पताल विकास समितिले नियुक्ति बदर गरेको थियो । यस विषयमा अस्पतालका मेसुदेखि अन्य कर्मचारी पनि चिन्तित छन् । यदि त्यस्तो किसिमको गतिविधि उनीहरूले गरे भने अस्पताल सञ्चालनमा हस्तक्षेपकारी भूमिका बढने अस्पताल प्रशासनको ठम्याइ छ । अस्पतालका मेसु डा. चित्तरञ्जन साहले नियुक्ति बदर भएका कर्मचारीहरू अस्पतालमा प्रदर्शन गर्ने तयारीमा रहेका तर कुनै किसिमको गतिविधि नगरेको जानकारी गराए । उनले भोलि–पर्सि के हुन्छ जानकारी नभएको बताए । यदि कसैले कानुनको दायरा मिचेर अस्पताललाई बन्धक बनाउन खोज्यो भने प्रहरी प्रशासनको सहयोग लिने अस्पताल विकास समितिका पदाधिकारीहरूले बताएका छन् ।

 

Read 772 times Last modified on Tuesday, 25 April 2017 17:15

Leave a comment

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012