You are here: Home

निर्वाचन बिथोल्न पर्सा मोर्चा द्वारा संघर्ष समिति गठन

Published in समाचार Tuesday, 18 April 2017 15:08
Rate this item
(0 votes)

बिरगन्ज ५ बैशाख  पर्सामा स्संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन बिथोल्नका लागि संघर्ष समिति गठन गरेका छन । 

मधेसी मोर्चाको मंगलबार वीरगन्जको होटल कुम्भुमा बसेको बैठकले निर्वाचन बिथोल्नका लागि पर्साका पाँच वै निर्वाचन क्षेत्र , दुवै नगरपालिका र गाउ गाँउमा  संघर्ष समिति गठन गरेको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताएका छन । 

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष यादवको अध्यक्षतामा स्थानीय तह निर्वाचन बिथोल्नका लागि संघर्ष समिति गठन गरिएको हो स्थानीय तह निर्वाचन बिथोल्नका लागि संघर्ष समितिमा फोरम नेपालको प्रदेश नम्बर २ का सचिव सलाउदीन अहमद , तराइ मधेस लोकतान्त्रिक पार्टीका पर्सा अध्यक्ष पुरुषोतमलाल झा , राष्टिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल , सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी , जिल्ला सचिव राजेश साह , तराइ मधेस सदभावना पार्टीका पर्सा अध्यक्ष वीरेन्द्र यादव र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकीम अन्सारीको रहेका छन । 

यसैगरि बैठकले आज साँँझ ६ बजे वीरगन्जको घण्टाघर चोकबाट बृहत मशाल जुलुश निकाल्ने , बैशाख ७ गते बिहान आठ बजे वीरगन्जमा सिठ्ठी र लाठी जुलुश निकाल्ने र ९ गते आमसभा आयोजना गर्ने निर्णय पनि गरेका छन । वीरगन्जमा नौ गते हुने आमसभालाइ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो , तराइ मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरुले सम्बोधन गर्ने मधेसी मोर्चाले जनाएको छ ।

Read 1604 times

Leave a comment

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012