You are here: Home

मोर्चाका नेता कार्यकर्ताद्वारा जिल्ला निर्वाचन कार्यालय पर्सा घेराउ

Published in समाचार Sunday, 16 April 2017 17:58
Rate this item
(0 votes)

वीरगञ्ज ३ बैशाख संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले आज जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् । संविधान संशोधन नगरी निर्वाचन गर्न लागेको विरोधमा आन्दोलनमा रहेको मोर्चाले दुईघण्टा निर्वाचन कार्यालय घेराउ गरेका हुन् । केन्द्रिय आन्दोलनका कार्यक्रम अनुसार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म दुई घण्टा जिल्ला निर्वाचन कायालय पर्सामा घेराउ गरिएको संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदिप यादवले जानकारी दिनुभयो । मधेशको माग पुरा गर, मधेस विरोधी निर्वाचन खारेज गर, संविधान संशोधन विना निर्वाचन पाईदैन, निर्वाचन कार्यालयको काम काज ठप्प गर लगायतका नाराबाजी समेत गरेको थियो । जिल्ला निर्वाचन कार्यालय परिसरमै नाराबाजी र विरोध प्रदर्शन गरिएको सदभावना पार्टीका वीरगञ्ज नगर अध्यक्ष ओम प्रकाश सर्राफले जानकारी दिनुभयो । धर्नामा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य करिमा वेगम, जिल्ला अध्यक्ष प्रदिप यादव, पूर्व मन्त्री मोहनलाल चौधरी, हरि नारायण रौनियार, तमलोपाका केन्द्रिय सदस्य  रमतुल्लाह खान, सदभावनाका ईमदाद गद्दी, प्रेमबाबु पटेल लगायतको सहभागीता रहेको थियो । 

 

Read 1099 times

Leave a comment

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012