You are here: Home

सप्तरी घटनाको विरोधमा मधेस ठप्प, वीरगञ्जमा तीव्र प्रदर्शन

Written by  Published in मनोरन्जन Tuesday, 07 March 2017 10:13
Rate this item
(0 votes)

राम सर्राफ वीरगञ्ज, २४ फागुन, सप्तरीमा प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ता मारिएपछि घटनाको विरोधमा तराई मधेसका जिल्लामा मङ्गलबार बिहानैदेखि मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन तीव्र पारेका छन् । एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजमा भएको सभा बिथोल्न गएका मोर्चाका ३ कार्यतकर्ता प्रहरीको गोली लागेर मारिएपछि विरोधमा प्रदर्शन तीव्र भएको हो । घटनामा एक दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका छन् ।  

वीरगञ्जमा मोर्चाले बिहानैदेखि प्रदर्शन गरेको छ । मुख्य बजार घण्टाघर, आदर्शनगर, छपकैया, मूर्लीलगायतका स्थानमा मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरका छन् । मोर्चाका कार्यकर्ताले विभिन्न स्थानमा टायर बालेर नाराबाजी गरिरहेका छन् । रामगढवा, पावरहाउसचोक र नयाँ बसपार्क क्षेत्रमा पनि प्रदर्शन भएको छ । उनीहरुले एमाले र सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

कार्यकर्ता मारिएपछि मोर्चाको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै घटनाको विरोधमा २ दिने बन्द आह्वान गरेको थियो । मोर्चाको आह्वानमा सडकमा उत्रिएका कार्यकर्ताले बजार बन्द गराएका छन् । मुख्य बजारका कुनै पनि पसल खुलेका छैनन् । शिक्षण संस्था पनि ठप्प छन् । सवारी आवागमन बन्द भएको छ भने उद्योग कलकारखाना पनि प्रभावित भएका छन् ।

नगर क्षेत्रमा जनपथ र सशस्त्र प्रहरीको परिचालन बाक्लो तुल्याइएको छ । प्रदर्शनका क्रममा सम्भावित असुरक्षालाई ध्यानमा राखी ठाउँठाउँमा सुरक्षा सतर्कता बढाइएको पर्सा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

Read 4619 times Last modified on Wednesday, 08 March 2017 13:27

Leave a comment

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012