You are here: Home

दुई महिनादेखि पर्सा जिल्लाभरि एन्टीरेबिज भ्याक्सिनको अभाव

Written by  Published in अन्तर्राष्ट्रिय Monday, 06 March 2017 07:52
Rate this item
(0 votes)

वीरगंज  फागुन नेपाल सरकारले  स्वास्थ्य संस्थाहरूबाट निश्शुल्क वितरण गर्दै आएको एन्टीरेबिज एआरभी भ्याक्सिन पर्सा जिल्लाभरि अभाव देखिएको छ । 

     पर्साका  स्वास्थ्य संस्थाहरूमा  दुई महिनादेखि भ्याक्सिन नभएको कारण कुकुरले टोकेका बिरामीहरू निजी क्लिनिक र अस्पतालबाट चर्को शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भएका छन् । 

    पर्सामा नारायणी उपक्षेत्रीय अस्पताल, पोखरिया अस्पताल तथा इलाका हेल्थ पोस्ट ठोरीबाट रेबिज रोग विरुद्ध भ्याक्सिन निश्शुल्क उपलब्ध गराइँदै आएको छ । 

    नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंज र पोखरिया अस्पताल तथा  इलाका हेल्थपोस्ट ठोरीमा आउने बिरामीहरू अहिले भारतको स्वास्थ्य संस्था वा निजी क्लिनिकहरूमा पुग्ने गरेको बिरामीहरूले बताएका छन् । 

     एकजना बिरामीलाई तीनपटकका लागि निश्शुल्क एआरभी भ्याक्सिन उपलब्ध गराइने गरिएको छ । 

     क्षेत्रीय मेडिकल स्टोर हेटौंडामा नै सो भ्याक्सिन सकिएको अहिले क्षेत्रभरि हाहाकार भएको बुझिएको छ । 

    नारायणी उपक्षेत्रीय अस्पतालमा प्रति महिनामा ८ सय भाइल र पोखरिया अस्पतालमा महिनामा ५ सय भाइल तथा इलाका हेल्थ पोस्ट ठोरीमा २ सयभन्दा बढी भ्याक्सिन खपत हुने गरेको तथ्याङ्कले देखाएको छ ।  नारायणी उपक्षेत्रीय अस्पतलाका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चित्तरञ्जन साहले क्षेत्रबाटै भाइल नआएकोले केही समस्या भएको बताउँदै क्षेत्रले टेन्डर गरेको र छिटै समस्या समाधान हुने बताए ।

Read 460 times Last modified on Tuesday, 07 March 2017 13:14

Leave a comment

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012