You are here: Home

पर्सा–बारा क्षेत्रमा लोडसेडिङ्ग मुक्त गर्ने मन्त्री शर्माको ध्यानाकर्षण

Written by  Published in सुचना प्रविधि Sunday, 19 February 2017 18:46
Rate this item
(0 votes)

वीरगन्ज  फाल्गुन वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा ३ सदस्यीय टोलीले आज एक समारोह बीच ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट गरेको छ । 

भेटघाटका क्रममा सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले केही दिन अघि सङ्घकै कार्यकक्षमा मन्त्री शर्माबाट पर्सा–बारा क्षेत्रमा २० घण्टा विद्युत् आपूर्ति भइरहेकोमा लोडसेडिङ्ग मुक्त गर्ने प्रतिबद्धताको विपरीत झन् विद्युत् कटौती भई १६ घण्टा पु¥याइएको मन्त्री शर्माको ध्यानाकर्षण गराउनुभयो । उहाँले मुलुककै प्रमुख औद्योगिक कोरिडोरको रुपमा रहेको पर्सा–बारा क्षेत्रलाई लोडसेडिङ्ग मुक्त नगरिँदा यस क्षेत्रका उद्योगहरु प्रभावित भई सिङ्गो मुलुककै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको मन्त्री शर्माको ध्यानाकर्षण गराउनुहुँदै बारा–बारा क्षेत्रलाई समेत लोडसेडिङ्ग मुक्त पार्नको लागि पुनः आग्रह गर्नुका साथै भारतबाट रक्सौल–परवानीपुर ट्रान्समिशन लाईन भएर आउने ५० मेगावाट विद्युतलाई नेशनल ग्रिडमा समावेश नगरी यसै वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका साथै पर्सा–बारा क्षेत्रको लागि छुट्टयाउन सकिएमा थप नयाँ लगानी भित्रिनुका साथै रोजगारीमा अभिवृद्धि हुने बताउनुभयो । 

ऊर्जा मन्त्री जनार्दन शर्माले भारतबाट आयात हुने ५० मेगावाट विद्युतलाई नेशनल ग्रिडमा समावेश नगरी पर्सा–बारा क्षेत्रको लागि छुट्टयाउन सकारात्मक रहेको बताउनुभयो । उहाँले सिङ्गो मुलुककै लागि चाहिने विद्युत् आपूर्तिको लागि आपूm निरन्तर प्रयत्नरत रहेको बताउनुहुँदै हाल नेशनल ग्रिड चार्जिङ्ग फेजमा रहेको र करिब एक हप्ता पछि विद्युत् आपूर्ति हुने भएकोले हप्ता दिन पश्चात् बारा–पर्सा क्षेत्र लोडसेडिङ्ग मुक्त बनाउने पुनः प्रतिबद्धता जनाउनुभयो । 

पूर्व मन्त्री उर्मिला अर्यालको सहकार्यमा आयोजित भेटघाट कार्यक्रममा सङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ता, पूर्व अध्यक्ष अशोककुमार वैधको सहभागिता रहेको थियो । 

 

Read 1527 times Last modified on Wednesday, 22 February 2017 10:42

Leave a comment

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012