You are here: Home

आमिरको फिल्म ‘दंगल’ले धमाका मच्चाउने संकेत, यस्तो छ फिल्म

Written by  Published in मोडेल समाचार Friday, 23 December 2016 14:21
Rate this item
(0 votes)

फिल्म पीके प्रदर्शन भएको दुई वर्षपछि आमिर खानले स्पोर्टस ड्रामामा आधारित बायोपिक ल्याएका छन् । जुन फिल्म चर्चित निर्देशक नितेश तिवारीले निर्देशन गरेका हुन्। फिल्म रिलिज हुनुपुर्व नै बुकिङ भइसकेका खबर आएका छन्।

dangal-21519212

कथा
फिल्मको कथा रेसलर महाविर फोगाट तथा आमिर खानको हो । उनको सपना आफ्नो देशको लागी रेशलिङमा स्वर्ण पदक जित्ने हुन्छ । तर उनको त्यो सपना पुरा हुदैन । त्यसपछि उनको एउटै चाहना हुन्छ कि, त्यो सपना उनका छोराले पुरा गरुन ।

महावीर र उनकी पत्नी शोभा कौर शाक्षी रावतको छोरा नभई उनका ४ वटा छोरी हुन्छन् । छोरी, बविता, फतिमा, गीता, सन्याले २ जना केटासंग फाईट गरेको महावीरले पाएपछि उनलाई लाग्छ कि देशका लागी स्वर्ण पदक छोरीले पनि जित्न सक्छन् ।

महावीर दुइटी छोरीलाई रेसलींगको तालिम दिन्छन र छोरीले आमाबुवासंगै देशको नाम पनि विश्वमै माथी पुर्याउन सफल हुन्छिन् ।

निर्देशन

फिल्म निर्देशक नितेश तिवारीले धेरै राम्रो निर्देशन गरेका छन् । तिवारी कथाबस्तुलाई दर्शकको भावनासमक्ष पुर्याउन सफल भएका छन् । अमिर खानको यो फिल्म उनका पछिल्ला फिल्ममा भन्दा निकै पृथक रहेको छ । फिल्ममा अन्य कलाकारको भूमिका पनि उत्कृष्ट नै रहेको भारतीय मिडिया लेख्छन्।

अन्य पक्ष

फिल्मका गितहरु दर्शकको मनछुने खालका छन् । फिल्मको कथा थाहा पाउन र अमिर खानको प्रफमेन्स हेर्न एकपटक फिल्म हेर्नै हो। यो फिल्म परिवारका सबै सदस्यसंगै बसेर हेर्न सकिन्छ ।

अमेरिकामा रिलीज भइरहेको यो फिल्म शुक्रबारदेखि अन्य क्षेत्रमा प्रदर्शन हुदैछ ।

Read 358 times

Leave a comment

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012