You are here: Home

नयाँ वर्षमा रक्सी र सेक्स पार्टी, सहभागी हुन्छन् कयौं नायिका

Written by  Published in मोडेल समाचार Friday, 23 December 2016 14:19
Rate this item
(0 votes)

पुस, एजेन्सी। अंग्रेजी सालको नयाँ वर्षमा बलिउडमा एक फरक पार्टी आयोजना हुने गर्छ। पैसाको लागि संघर्ष गरिरहेका मोडल तथा केही नायिका यस्तो पार्टीमा सहभागी हुन्छन् जहाँ रक्सी र सेक्स पस्किइन्छ। तर भारतमा लागेको नोटबन्दीका कारण यस्तो धन्दा सञ्चालन गर्ने पनि मर्कामा परेछन्। भारतीय मिडिया लेख्छन् यस्तो नयाँ वर्षको पार्टीमा जति पैसा खर्च हुन्छ त्यो सबै कालोधनकै रुपमा जान्छ। तर रकमको अभाव भएपनि पार्टी भने नरोकिने भएछ।sex-and-alcohol-party-in-mumbai-45435215

बजारमा नयाँ नोटको कमी छ र जो मान्छे यस्ता पार्टीमा आउँछन् उनीहरु नोट पैसा दिने मुडमा छैनन्। यस्तोमा पार्टी होस्ट गर्नेले नयाँ तरिका निकालेको भारतीय मिडिया लेख्छन्। जो यो पार्टीमा सामेल हुन चाहन्छ र उसंग नोट (पैसा) छ, तब उसले ३५ गुणा बढी रकम दिनुपर्ने छ। अर्थात पहिलेको वर्ष १ हजार तिर्नेले अब ३५ हजार तिर्नुपर्ने भएछ।sex-and-alcohol-party-in-mumbai-64571415

दोस्रो अनलाइन पेमेन्ट गरेर पनि आफ्नो स्थान सुरक्षित गर्न सकिने भन्दै भारतीय मिडियामा प्रचार गरिएका छन्। यसको लागि पनि १५ प्रतिशत रकम बढी तिर्नुपर्ने बताइन्छ।

को-को आउँछन् पार्टीमा
पार्टी सञ्चालकसंग कुरा गरेको बताउँदै एक भारतीय मिडिया लेख्छ, ‘यस्तो पार्टी बलिउडकै साना-तिना मोडलका संयोजक तथा पब्लिसिटी म्यानेजरले सञ्चालन गर्छन्। पार्टी फिल्म अनि सिरियलमा काम गर्ने मोडल अनि नायिका मिलेर होस्ट गर्छन्। यसको बुकिङ मुम्बईका कयौं होटलमा एक महिना पहिले देखि नै सुरु हुन्छ।’sex-and-alcohol-party-in-mumbai-8249015

यस्तो एक पार्टीमा २० भन्दा बढी सहभागीलाई मात्र इन्ट्री गर्ने गर्छन्। एउटा पार्टीमा १० देखि १५ केटी सामेल गरिने बताइन्छ। सहभागीलाई ठाउँ र समयको जनाकारी एक घण्टा अगाडी दिइने रहेछ। पार्टीमा रक्सी देखि सेक्स सामान्य हुने लेखिएको छ।sex-and-alcohol-party-in-mumbai-5104315

मोडलहरुलाई दिइने टिप पनि २ घन्टाको लागि १०-१५ हजार भारु बिच हुने लेखिएको छ। टिप पैसा वा सुन औठी, चेन साथै क्रेडिट कार्डबाट समेत भुक्तानी हुने बताइन्छ।

Read 510 times

Leave a comment

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012