You are here: Home

दहेजस् मानव बेचबिखनरअबैध ओसारपसारको एक माध्यम – शैलेन्द्र त्रिपाठी

Written by  Published in अन्तरवार्ता Thursday, 08 December 2016 14:07
Rate this item
(0 votes)

हाम्रो समुदायमा सदियौंदेखि चल्दै आइरहेको दाइजो प्रथालाई एक विकृति मात्र नभएर सामाजिक अपराधको रुपमा पनि मानिन्छ । यहाँसम्म कि, दाइजो महिला हिंसाको जड भई मानव बेचबिखन तथा अबैध ओसारपसारको एक माध्यम मध्ये एक हो ्र 

दाईजो प्रथाको चलन आजको हाईन यो त धेरै युग पहिला ‘त्रेता युगमा’ मिथिलाका राजा जनकले आफ्ना छोरी– ज्वाँईलाई र सम्धीलाई स्वेच्छाले सुन चाँदी, गहना, राजपाट, महल, अटारी, हाँथी, घोडा, पैसा आदि इत्यादि प्रदान गरेका थिए । अयोध्याका राजा तथा रामका पिता दशरथले उक्त दानदातव्य खुसीले स्वीकार त गरे तर त्यसलाई दरवारभित्र लगेन । ती सबै दानदातव्य दरवारबाहिरै राखिए । दाईजो यति बढी थियो की त्यो सबै एक्कै ठाउँमा थुपारिँदा पर्वत नै भएको थियो । जसलाई मानिक पर्वत भनिन्छ । दशरथले दाईजो महलभित्र नल्याएकोमा जनकको चित्त दुख्ला कि भनेर राम चारै भाईले आ–आफ्ना दुलहीसहित त्यहाँ झुलनोत्सव मनाएका थिए, जुन अध्यावधि झुलनको रुपमा अहिले पनि जारी छ ।

जनकले दिएको तर दशरथले ग्रहण गरेको दाईजो कालान्तरमा आज एक विकृती, कुरीती, कुसंस्कार तथा अपराधका साथै एउटा ठुलो समाजीक समस्याको रुपमा परिणत भईसकेको अवस्था छ । दाइजोको नाममा महिला हिंसा आज हाम्रो समाजको प्रमुख समस्या हो ।

महिला हिंसाका धेरै रुपहरुको साक्षि किनारा बसिँरहँदा पनि आज एउटा घटनाको स्मरण ताजा भई रहेको छ । यो घटना मेरै जिल्ला बाराको को हो ।

तराईको प्रचण्ड गर्मीमा एकदिन म आफ्नो गाऊँ बरैनियाबाट सदरमुकाम कलैया गईरहेको थिएँ । बाटोमा फेंटा र जगतपुर भन्ने ठाउँ छ । ती दुवै गाउँको बीचमा एउटा रमाईलो बगैचा छ । साईकल पेलेर गईरहँदा म थाकेर लखतरान भएको थिएँ । गर्मी बढेको थियो । म एक छिन त्यहीँ बगैंचामा सुस्ताई रहेको थिएँ । अचानक एउटी बुढी महिला त्यहाँ आई पुगिन् र रुखको छेऊ मुनी रुँदै बसिन् । म उहाँ लाई चिन्दिनथेँ । उहाँले पनि परिचय गर्नमा रुची देखाउनु भएन, मात्र रोइरहनु भएको थियो । केहि बेर पछि मैले सोधे– किन रुनु भएको यसरी रु

सायद उहाँ त्यही एउटा प्रश्नको पर्खाईमा हुनुहुन्थ्यो । प्रश्न सकिन नपाउँदै डाँको छोडेर रुनु भयो । र सविस्तार आपविती सुनाउन थाल्नु भयो ।

उहाँकी छोरीको विवाह एउटा शिक्षित र पढेलेखेको युवकसँग भएको रहेछ । उहाँको ज्वाँईको परिवारलाई समाजमा प्रतिष्ठित र ईज्जतदार नै मानिदो रहेछ । ३ वर्ष अघि छोरीको विवाह भयो, केटा पक्षले दाइजोको नाममा २ लाख नगद, १ थान मोटरसाइकल तथा अन्य समानहरु माग गरेका रहेछन् । उहाँले आफ्नो खेत र गरगहना बेचेर सवै खर्च जुटाए पनि मोटरसाईकल दिन सक्नु भएनछ ।

पछि केटापक्षले त्यहि एउटा मोटरसाईकल नदिएको झोंकमा उहाँकी छोरीलाई अनावश्यक दुःख दिने, कुटपटि गर्ने र विभिन्न प्रकारका लाञ्छना लगाउन थाले । छोरीको शारीरिक र मानसिक यातनाबाट आमावुवा पनि पीडित थिए । ति महिला आफ्नो छोरीसँग भेट गरेर आउनु भएको रहेछ । छोरीको पीडा देखेर मन थाम्न नसकेर त्यहाँ आउनुभएको रहेछ । म शब्दविहीन क्रियाविहिन उहाँको कुरा सुनिरहेँ । मसंग सान्त्वनाका दुई शब्द पनि थिएन । यता, मनमनै त्रेता र कलियुगको तुलना गरिरहेँ ।

 

दाईजो प्रथाको अन्त्य गरी सम्मुनत समाज र राष्ट्रको निर्माणको अभिभारा बोकेर प्रायः सबैजसो संघ संस्था, सरोकारवालाहरु विभिन्न सरकारी निकाय तथा बुद्धिजिवी, पेशाकर्मी, उद्योगी, व्यापारी, संचारकर्मी, हाम्रो बर्तमान समाज आदिले सक्रिय भुमिका निर्वाह गरीरहेकै छन् । तर पनि दाईजो प्रथा दिन प्रति दिन घटनुको सट्टा बढदै गईरहेको अवस्था छ । मेरो विचारमा यसको मुख्य कारण पुरुषहरुमा रहेको पितृसतात्मक सोच नै हो । कारण दाइजो प्रथाको अन्त्यका लागी उपरोक्त सम्पुर्ण सरोकारवालाहरु सक्रिय रहेता पनि आफ्नो सोचमा र विचारमा परिवर्तन ल्याएको छैन् । परिवतर्न सम्भव छ तर शुरुवात आफै स्वयंवाट गर्नु पर्दछ भन्ने कुरा सबैले बुझ्नै पर्छ ।

दाइजो नियन्त्रणमा महिलाको भुमिका महत्वपुर्ण हुन सक्छ । तर विभिन्न अध्ययन तथा विश्लेशनहरुले के देखाएका छन् भने दाईजो लोभ पुरुष भन्दा बढी महिलामा हुन्छन् । आफ्नै अधिकार हनन भइरहँदा पनि महिलाले ‘दाइजो लिनु पर्दैन’ भनेर विरोध गरेको सुनिएको छैन । महिलाहरु अहिले पनि पुरुषलाई चुनौति दिन सकेको देखिँदैन । उनीहरुमा ‘श्रीमानको मुख लाग्नु हुदैन’ भन्ने मान्यता यति गहिरो गरि बसेको छ की पुरुषको निर्णयमा कहिलेकाँहि चाहेर पनि हस्तक्षेप गर्न सक्दैन । अर्कोतीर समाजका अगुवा भनाउँदाहरुले पनि दाईजोलाई समाजिक प्रतिष्ठाकै रुपमा देख्ने गर्छन । शिक्षक, वकिल र वरिष्ट अधिकारीहरुनै मोटो दाईजो लिने र दिने गरेको देखिन्छ । उनीहरुको सोच र व्यवहारमा परिवर्तन नआउँदा सम्म समाजबाट दाईजो निर्मुल हुन सक्दैन ।

मुलरुपमा दाईजो प्रथाको अन्त्य गर्ने अभिभारा यूवा जमातमा आएको छ । युवाहरुले यसमा सब भन्दा वढी भुमिका निर्वाह गर्न सक्छन् । दाइजो विरुद्धका विभिन्न कार्यक्रमहरु सरकार तथा विभिन्न संघसंस्थाहरुले निरन्तर रुपमा संचालन गरी समुदायमा जनचेतना फैलाउनु पनि त्यतिकै जरुरी छ ।

छोरा र छोरी दुवै सन्तान हुन । दुवैलाई जन्म दिन नौ महिना कोखमै राख्नु पर्छ । दुवै आमाकै दुध चुसेर पल्ने बढ्ने हुन । अनि दुवैमा विभेद किन रु

छोरामा दहेज लिनै पर्ने र छोरीमा दहेज दिनै पर्ने समाजिक मान्यतालाई चिर्न नसकिने त होईन रु

स्वेच्छाले दिएको उपहारलाई सम्मानपुर्वक स्विकार गरौं । कारण दाईजो भनेकै अरुले आफनो सवेच्छाबाट दिएको ‘दान, ईज्जत जोगाऔ’ हो । साथै दाईजो प्रथाबाट महिला हिंसाको अन्त्य गर्नका लागी सर्वोतम उपाय, अभिभावकले दाईजोको सट्टा आफ्नो छोरीलाई सम्पत्तिको अँश देउन् । अर्थात छोरा र छोरीलाई बराबर अधिकार देउन् । यदि कुनै अभिभावकको १ छोरो र १ छोरी छन् र उनीसंग १०० रुपैया बरावरको सम्पति छ भन्ने त्यही १०० रुपैयाँको सम्पत्तिबाट पचास रुपैया छोरा र पचास रुपयाँ छोरीलाई दिएमा दाईजो प्रथाको अन्त हुने र महिला अधिकार स्थापित हुने देखिन्छ र हाम्रो समाजमा महिलाहरु पनि शशक्त भई समृद्ध समुदायको निर्माणमा अघि बढ्ने छन ्र

अतः दाईजोप्रथा अन्त्य गर्नका लागि आजैदेखि उठौं र आफ्नो विचार सोच र व्यवहारमा परिवर्तन गरौँ तथा भयरहित एवं दाइजो मुक्त समुदायको निर्माण गरौँ ्र 

 

Read 641 times Last modified on Thursday, 08 December 2016 14:14

Leave a comment

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012