You are here: Homeअर्थItems filtered by date: Friday, 05 May 2017

वीरगन्ज, २२ बैशाख  पर्साको बागवानाको गोडपसरा गाँउमा आज संघीय समाजवादी फोरम नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागवना गाविसका पुर्व अध्यक्ष बृजमोहन चौधरी सहित नेकपा एमाले र नेपाली काँग्रैसका गरि ६० जना स्थानीय नेता कार्यकर्ता पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका छन् । किशोर चोधरी , लालबाबु धामी , महेन्द्र ओझा , जय नारायण चौधरी , लक्ष्मण खाँ थारु , प्रदेशी राउत , योगेन्द्र ओझा लगायत ६० जना नवप्रवेशीहरुलाइ फोरम नेपालका केन्द्रिय सदस्य एंव पुर्व मन्त्री मोहनलाल चौधरी र  जिल्ला अध्यक्ष प्रदीप यादवले अबीर टिका लगाएर पार्टीमा स्वागत गर्नु भयो । पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेसको माग सम्बोधन नभए सम्म फोरम नेपालमा मधेसमा हुने चुनावमा भाग नलिने बताउनु भयो । अहिले तीन प्रदेशमा पहिलो चरण अन्तर्गत भइरहेको निर्वाचनमा फोरम  नेपाल सहभागी भएको विषयमा अनेक भ्रम फैलाइएकाले उक्त भ्रममा नपर्न आग्रह गर्दै उहाले मधेस र पहाडका एजेण्डा फरक फरक भएका कारण पहाडी जिल्लामा भइरहेको चुनावमा मात्रै फोरम नेपालले भाग लिएको स्पष्ट पार्नु भयो । मधेसको माग अहिले सम्म सम्बोधन नभएको भन्दै उहाले संविधान संशोधन नभए मधेसमा चुनाव पनि हुन नदिने चेतावनी दिनु भयो । कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य मोहनलाल चौधरी , सल्लाहकार नागेन्द्र यादव , जिल्ला सहचिव बालेश्वर गौरो , जिल्ला सदस्य राम बढाइ यादव लगायतकाले पनि मन्तव्य व्यक्त गरेका थिए ।

राम सर्राफ बैशाख  वीरगञ्ज वीरगञ्जमा १ हजार र ५ सय रुपैयाँका नक्कली नोटको बिगबिगीले सर्बसधारणदेखि उद्योगी व्यापारी पीडित भएका छन् । वाणिज्य बैंकहरुले नोटको गुणस्तर जाँचमा देखाएको लापरवाहीका कारण सर्बसाधारण समस्यामा पर्ने गरेका हुन् । जाली नोटका कारोबारीले बैंकलाई झुक्याएर बैंकिङ च्यानलमा छिराएको नोट बैंकले सर्वसाधारणलाई थमाइदिने गरेका छन् ।  

बुधबारमात्रै वीरगञ्जको एक व्यापारिक प्रतिष्ठानका कर्मचारीले राष्ट्रिय वाणिज्य बैङ्कबाट बुझेको ५ सय रुपैयाँको गड्डीमा एउटा नक्कली नोट निस्कियो । तत्कालै बैङ्कमा पुगेर त्यसबारेमा जानकारी गराउँदा बैङ्कका अधिकारीले नोट साट्न अस्वीकार गरे । बैङ्कले दिएको भुक्तानीमै १ हजार र ५ सय रुपैयाँका नक्कली नोट फेला पर्न थालेपछि सर्वसाधारणलाई मार परेको छ ।

नेपाल राष्ट्र बैङ्क क्षेत्रीय कार्यालय वीरगञ्जले केही दिनयता नक्कली नोट फेला पर्नेक्रम बढेको बताएको छ । राष्ट्र बैङ्क वीरगञ्जका उपनिर्देशक प्रदीप भट्टराईले १ हजार र ५ सय रुपैयाँ दरका नक्कली नोृट भेटिएको बताए । भट्टराईले बजारमा देखिएका त्यस्ता नोट खिच्ने काम भइरहेको जानकारी दिए । नक्कली नोटमध्ये १ हजार रुपैयाँका बढी भएको उनले बताए ।

नक्कली नोट देखिन थालेपछि राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुलाई नोटको गुणस्तर परीक्षणमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । तर, बैंकहरुले नोट लिँदा खासै सतर्कता अपनाउने गरेका छैनन् ।

वाणिज्य बैङ्कमार्फत राष्ट्र बैङ्कमा पु¥याइएका नोटसमेत नक्कली भेटिएको उपनिर्देशक भट्टराईले बताए । ‘बैङ्कबाटै आएका नोट नै नक्कली फेला परेपछि त्यस्ता बैङ्कलाई बोलाएर सतर्कता अपनाउन सचेत गराइएको छ,’ उनले भने ।

वीरगञ्जका अधिकांश बैङ्कमा नक्कली नोट पत्ता लगाउने प्रविधि राखिए पनि प्रविधि नै न्यून गुणस्तरको भएकाले नक्कली नोट चिन्न नसकिएको बैङ्कका एकजना व्यवस्थापक बताउँछन् ।

      राष्ट्र बैङ्कले लिएको सफा नोट नीतिका कारण नक्कली नोटबाट सर्वसाधारण पीडित भएका छन् भने बैङ्कहरुलाई जिम्मेवारीबाट पन्छिने सजिलो बाहाना मिलेको छ । यो नीतिअनुसार बैङ्कहरूले केही वर्षयता रुपैयाँको बण्डलमा स्टिच गर्दैनन् । स्टिच नगरी ट्यागमात्र राखिएका कारण सर्वसाधारणले लिएर गएको रकममा नक्कली नोट भेटिएमा बैङ्कहरुले त्यो नोट आफ्नो नभएको बताउने गरेका छन् । उपनिर्देशक भट्टराईले नक्कली नोटको मामिलामा सफा नोट नीतिले समस्या भएको स्वीकार गरे । ‘यसबाट सर्वसाधारणलाई अहिले व्यहारिकरुपमा कठिनाइ भएको देखियो,’ उनले भने ।

 

 

 

 

 

 

 

 

 

Published in अर्थ

वीरगंज, वैशाख । वीरगंज मुख्य भंसार नाका हुँदै भारततिर अहिले गाँजा तथा चरस लगायत अन्य लागू औषधको तस्करी भारी मात्रामा हुन थालेको समाचार प्राप्त भएको ।  धादिङ तथा मकवानपुरलगायत नेपालका अन्य जिल्लाहरूमा उत्पादित लागू औषध मिलोमतो गरी मुख्य नाकाबाटै भारत जाने गरेको प्रहरी स्रोतबाट खुलेको हो । 

    चितवन तथा मकवानपुर प्रहरीले लागू औषधसहित पटकपटक पक्राउ परेका  भरिया तथा तस्करहरूको नाइकेबाट   यो कुरा खुलेको हो । मकवानपुर प्रहरी स्रोतका अनुसार भारतीय भाडाका  गाडी तथा ट्याङ्करहरूको माध्यमबाट वीरगंज नाका भएर भारततर्फ गइरहेको जनाएको छ । पक्राउ परेका गाडीचालक तथा भरियाहरूको बयानबाट सो कुरा खुलेको हो ।

    चितवनदेखि पथलैयासम्म एकजनाको नाउँमा तस्करीबाट तथा पथलैयाबाट रकसौलसम्म अर्का व्यीक्तले प्रहरीलाई मिलाउने गरेको सोही माध्यबाट तस्करी हुने गरेको प्रहरी स्रोतले जनाएको छ । 

चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म २० जना लागू औषधसहित तस्करहरू तथा २० किन्टल चरस गाँजा मकवानपुर प्रहरीले पक्राउ गरिसकेको देखिन्छ । 

    पथलैयादेखि रक्सौलसम्म सुरक्ष्Fा निकायलाई प्रभावमा पारी खुल्लमखुला लागू पदार्थ भारततिर जाने गरेको प्रहरी स्रोतको भनाइ छ । भारतको बरौनीबाट  मकवानपुर प्रहरीले सूचना पाएका सबै गाडी पक्राउ गरेको छ, तर अन्य जिल्लाका सुरक्ष्Fा निकायले गाडीहरू रोकी बार्गेनिंगपछि छोडने गरेको प्रहरी स्रोतको भनाइ छ । प्रतिक दैनिकबाट 

वीरगंज,  वैशाख । निर्माण कार्यमा प्रयोग हुने ठूला यन्त्र–उपकरणको आयात व्यापक बढेको छ। वीरगन्ज भन्सार कार्यालयको बाटो चालु आर्थिक वर्षको नौ महिनामा पोहोरको १२ महिनाभन्दा झन्डै ६ गुणा बढी यस्ता यन्त्र–उपकरण भित्रिएका छन्। त्योभन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा पनि तीन गुणा बढी आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ। भूकम्पछिको पुनर्निर्माण र विकास निर्माण योजनाका माग अनुसार यस्ता उपकरणको आयात बढेको जानकारहरुको विश्लेषण छ।

 

गत वर्ष एक सय ८६ बुलडोजर, तीन ग्रेडर रोलर लेभलर र दुई सय ६८ लोडर एस्काभेटर गरी चार सय ५७ वटा निर्माण यन्त्र वीरगन्ज नाका भएर भित्रिएको थियो। यो वर्ष साउनदेखि चैतसम्ममा त्यसभन्दा झन्डै ६ गुणा बढी दुई हजार ६ सय १८ वटा निर्माणयन्त्र यो बाटो भित्रिएको छ। आर्थिक वर्ष २०७२/०७३ मा ६ महिने मधेस आन्दोलन चलेकाले घटेकोलाई स्वाभाविक भन्न सकिए पनि त्योभन्दा अघिल्लो वर्षको तथ्यांकसँग तुलना गर्दा पनि तेब्बर निर्माण यन्त्र आयात भएको देखिन्छ। आर्थिक वर्ष २०७१/०७२ मा दुई सय ९१ बुलडोजर ४० ग्रेडर रोलर लेभलर र पाँच सय ५५ लोडर एस्काभेटर आयात भएको थियो। यसै अनुपातमा आयात कायम रहे यस्ता यन्त्रहरुको आयात तीन हजार चार सय ९० पुग्नेछ।

 

अहिलेकै अनुपातमा यन्त्र–उपकरण आयात भइरहे यस आर्थिक वर्षमा निर्माण यन्त्रको आयात पोहोरभन्दा साढे सात गुणा र परारभन्दा झन्डै चार गुणा बढी पुग्ने देखिन्छ। 'निर्माण उपकरण बढी भित्रिएपछि त्यसको सञ्चालन गर्न चाहिनले पेट्रोलियम पदार्थको आयात पनि बढ्दो छ,' वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले भने, 'यी उपकरणको प्रयोग बढ्नु भनेको विकास निर्माण बढ्नु हो। दुई करोडसम्मका उपकरण हुन्छन्, त्यसलाई सोरुममा सजाउन कसैले ल्याउँदैन, काममै परिचालन गर्ने हो।'

 

यो वर्ष साउनदेखि चैतसम्म पाँच् सय ४७ वटा बुलडोजर, दुई सय ८५ वटा ग्रेडर रोलर लेभलर र एक हजार सात सय ८६ वटा लोडर एस्काभेटर आयात भएको छ। 'भौतिक निर्माणका कार्यहरु नेपालमा बढेको छ भन्ने कुराको सूचक हो निर्माण उपकरणको आयात वृद्धि,' नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार हरिनारायण रौनियारले भने, 'मुख्य रुपमा चार क्षेत्रमा यी उपकरणहरु गइरहेका छन्– पहिलो, जलविद्युत र निजी क्षेत्रका योजना, दोस्रो, सरकारी योजनाका लागि निर्माण व्यवसायीले लगिरहेका छन्, तेस्रो उपभोक्ता समिति, माछापालनका लागि पोखरी खन्ने लगायतलाई भाडामा लगाउने व्यवसायी र चौथो निर्माण सामग्री उत्पादन गर्नेहरुले निर्माणयन्त्र किनिरहेका छन्।'

 

निर्माण उपकरणको आयात बढ्नुले जसरी भौतिक निर्माण बढेको बु‰न सकिन्छ त्यसरी नै देशको प्रगतिको पनि यो सूचक भएको उनले बताए। 'देश प्रगतितिर लम्किसकेको छ,' रौनियारले थपे, 'राजनीतिक झमेला मात्र हटिदिए गजब हुन्थ्यो।'नागरिक दैनिकबाट 

Published in अर्थ

वीरगंज,  वैशाख  छोराले अन्तरजातीय बिहे गरेकै कारण पर्साको बहुदरा गाउ“पालिका १ का जमुना साह कलवारलाई प्रहरीले वैशाख १४ गते नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा आठ दिन थुनेको छ ।

कलवारका छोरा २७ वर्षीय रामबाबु साह कलवारले गाउ“कै अलियास देवानकी छोरी २१ वर्षीया सौयादास“ग बिहे गरेपछि त्यही आरोपमा प्रहरीले बेहुला रामाबाबुका बुबा जमुनालाई पक्राउ गरेर आठ दिन थुनामा राखी बिहीबार छाडेको छ ।

प्रेम सम्बन्धमा रहेका रामाबाबु र सौयादाले करिब डेढ महिनाअघि घरबाट भागेर भारतको दिल्लीमा गई मन्दिरमा बिहे गरेका थिए । बेहुलीका बुबा अलियासले रामबाबु र उनका बुबा जमुनालगायतले आप्mनी नाबालिग छोरीलाई ललाई फकाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएपछि प्रहरीले गत वैशाख १४ गते जमुनालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरी थुनामा राखेको थियो ।

डेढ महिना पहिले घर छोडेर भागेका रामबाबु र सौयादाले भारतको दिल्लीस्थित एक मन्दिरमा हिन्दु रीतिरिवाजअनुसार बिहे गरेपछि महोत्तरीको जलेश्वरमा आएर बसेका थिए । जलेश्वरमा बस्दा केटी पक्षबाट अनेक धाकधम्की आउन थालेपछि दुवैजनाले जलेश्वरस्थित जिल्ला अदालतमा गएर गत वैशाख १५ गते श्रीमान् श्रीमतीबीचको नाता कायम गराई कानुनी रूपमा बिहे गरेका थिए ।

बेहुलाका बुबालाई प्रहरीले हिरासतमा लिएर थुनेपछि बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा बेहुला रामबाबु र बेहुली सौयादा हाजिर भएपछि बेहुली पक्षकाले दुवैजनालाई अलग गराउन प्रहरीलाई दबाब दिएका थिए । बेहुला पक्षले बिहे गर्ने उमेर पूरा भई कानुनी रूपमा गरिएको बिहेलाई मान्यता दिन दबाब दिएपछि प्रहरीले बिहीबार दिउ“सो बेहुला र बेहुलीलाई बेहुलाका अभिभावकको जिम्मा लगाएर पठाइएको छ

वीरगंज, २२ वैशाख । केहिदिन अघि मात्र नेपाली कांग्रेस पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका निर्माण व्यवसायी हरिनारायण रौनियारलाई संघीय समाजवादी फोरम नेपालले बुधवार केन्द्रिय सदस्यमा मनोनयन गरेको छ ।

पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकबाट रौनियारलाई केन्द्रिय सदस्य पदमा मनोनयन गरिएको सो पार्टीले जनाएको छ ।रौनियार हालै पर्साको पोखरियामा एक भब्य कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गरेका थिए ।

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012