You are here: Homeअर्थItems filtered by date: Monday, 15 May 2017

बारा १ जेष्ठ राजपा नेपालका महामन्त्री जीतेनद्र सोनलले मधेस राष्ट्रमा संशोधन पछीमा चुनाव हुन्छ  नत्र  सरकारले जबर्जस्ती गरे मुठभेट हुने बताएका छ्न।राजपाद्वारा  संविधान संशोधन को लागि दबाब दिने गरिएको मोटरसाइकल पछी कोणसभामा महामन्त्री सोनलले  सम्बोधन गरेको थिए । नेता सोनलले भन्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग बिगतका दिनमा भएको सम्झौताहरुलाई संविधान संशोधन मार्फत सच्याउनमा माग गरेका थिए । अर्का नेता सरोज यादवले मधेसी जनताको भवना अनुरुप संविधान संशोधन गरि देशलाई निकाश दिनको लागि आग्रह गरेको थिए ।राजपा नेता जीतेन्द्र सिंह ,रमेश यादव ,श्याम गुप्ता लगायत ले मनत्ब्य व्यक्त गरेको थिए ।मोटरसाइकल रैली राजपा बारा संयोजक नवलकिशोर सिंह को नेतुत्वमा निस्केको  २००० हजार को मोटरसाइकल सहभागी रहेको थियो ।

Published in समाचार

वीरगन्ज, १ जेठ  वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का पुर्व वडा अध्यक्ष एंव राष्ट्रिय जनता पार्टीका नेता मनोज कुमार कलवार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नु भएको छ ।तयसतै नेपाली कांग्रेस का क्रियाशील सदस्य कौशल कुमार बर्मा दिवाकर सुबेदी दिलमाया श्रेष्ठ र राधे देबी परियार समेत सयकडौ फोरम नेपालमा प्रबेश गरेका छन ।फोरम नेपाल पर्साले आयोजना गरेको कार्यक्रममा पुर्व वडा अध्यक्ष कलवार लगायत का नेतागन फोरम नेपालमा प्रवेश गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथी एंव फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेसको मुद्धाका लागि फोरम नेपालले कसैसंग कुनै पनि सम्झौता नगर्ने बताउनु भयो । मधेसका मुद्धा संविधान संशोधन गरि सम्बोधन नभए सम्म मधेसमा कुनै पनि चुनाव हुन नदिने चेतावनी पनि उहाले दिनु भयो । पहाडका जिल्लाहरुमा भएका पहिलो चरणको स्थानीय निर्वाचनमा फोरम नेपालले भाग लिएको विषयलाइ लिएर केहि दलहरुले अनेक दुष्प्रचार गरेपनि मधेसी जनता भ्रममा नरहेको भन्दै उहाले पहाड र मधेसका मुद्धा अलग अलग रहेकाले नै पहाडको निर्वाचनमा पार्टीले भाग लिएपनि मधेसीको माग सम्बाधेन नभए सम्म मधेसमा निर्वाचन हुनै नदिने स्पष्ट पार्नु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै फोरम नेपालका नेता विजय सरावगीले मधेस र मधेसीको मुक्ती फोरम नेपालबाट मात्रै सम्भव रहेको बताउनु भयो । आफुलाइ मधेसीको मसीहा भनाउने केहि दलहरुको असली चरित्र मधेसी जनताले बुझीसकेको भन्दै उहाले मधेसका माग पुरा नभए सम्म फोरम नेपालले संघर्षको मैदान नछाड्ने दाबी गर्नु भयो । राम सर्राफ़ सन्चालन गरेको कार्यक्रममा समाजवादी युवा फोरम नेपालका केन्द्रिय सदस्य शुसील साह कानु् , युवा फोरमका जिल्ला कोषाध्यक्ष अस्लम कानु , बुद्धिजीवी फोरमका जिल्ल सदस्य शीवजी गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

Published in समाचार

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012