You are here: Homeअर्थItems filtered by date: Thursday, 11 May 2017

बीरगंज २८ बैशाख । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र वहादुर अमात्यले आज आफनो क्षेत्रमा भइरहेको विकास निर्माणका कार्यहरुको स्थलगत अनुगमन तथा निरिक्षण गर्नु भएको छ । उहाले आफनो क्षेत्र अन्तरगत भइरहेको  विरगंज उपमहानगरपालिका वडा नम्बर १, २ र ३ को स्थलगत निरिक्षण तथा अनुगमन गर्नु भएको हो । निरिक्षणका क्रममा वडा नम्बर १ मा रहेका छपकैया बजारको धर्मशाला तथा छठघाट, वडा नम्बर २ मा रहेको नेरा प्रावि स्कुल छपकैया, तथा  सडक ढलानको कार्य, ताराचन्द्र स्कुल कविरीस्तान, गायत्री मन्दिरको धर्मशाला लगातयको निरिक्षण गर्नु भएको हो । साथै उहाले जनताबाट आएको थप सुझावलाई पनि ध्यान दिदै अन्य कार्य पनि अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । निरिक्षणका क्रममा स्थानीयसँग उहाले संसदीय विकास कोषबाट आफनो खर्च गर्ने रकमको एक पैसा पनि फ्रिज हुन नदिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । निरिक्षणका क्रममा नेपाली कांग्रेस नगर अध्यक्ष भोला कलवार, नेविसंघका दिलिप राज कार्की, मनोज साह, आनन्द गुप्ता, दिपेश श्रीवास्तव लगायतको सहभागिता रहेको सांसद अमात्यका स्वकीय सचिव अवधेश साह जानकारी दिनुभयो ।

वीरगंज २८ बैशाख पुर्व राष्ट्रपति डाक्टर रामवरण यादवले राजनीतिक स्थिरता र समुदाय विचको सदभावले मुलुकलाई अगाडी बढाउने भएकाले नेपाली जनताको उज्वल भविष्यका लागि अब राजनीतिक दलहरुले दिगो राजनीतिक स्थिरता काम गर्नेको विकल्प नै नभएकोे बताउनु भएको छ ।

बीरगन्जमा बिहीबार श्री नृसिंह मा. बिद्यालय पिपरामठमा विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रममामा सम्बोधन गर्दै पुर्व राष्ट्रपति यादवले छिमेकी राष्ट्रको राजनीतिक स्थिरता र विकासबाट पाठ सिक्दै नेपालमा दिगो राजनीतिक स्थिरताका लागि प्रयास गर्न राजनीतिक दलहरुलाई सुझाव दिनु भयो ।

राजनीतिक स्थिरता र समुदाय बीचको सद्भावले मुलुकलाई अगाडी बढाउने भएकाले नेपाली जनताको उज्ज्वल भविष्यका लागि अब राजनीतिक दलहरुले दिगो राजनीतिक स्थिरता कायम गर्नुको विकल्प नरहेको उनले प्रष्ट्याए । 

पूर्व राष्ट्रपति डा. यादवले प्रकृति सम्पदा र चुरे क्षेत्रमा रहेको वन फडानीलाई बेलैमा नरोकिए आउँदो दश वर्ष्भित्र तराईका जिल्लामा पानीको ठुलो हाहाकार हुने चेतावनी दिए । उनले चुरे क्षेत्रको दोहन निरन्तर भइरहे अन्नको  भण्डार भनेर चिनिने तराईका उब्जाउ भूमि मरुभूमिमा रुपान्तरित हुने खतरा बढिरहेको चिन्ता व्यक्त गरे । 

चुरे क्षेत्रमा रहेको वनको फडानी, ढुङ्गा, बालुवा लगायत प्राकृतिक सम्पादाको दोहनलाई नरोकिए तराई मरुभूमिमा रुपान्तरित हुने र मुलुकमा खाद्यान्नको ठूलो  हाहाकार हुने भएकाले वन तथा प्राकृतिक श्रोत साधन संरक्षणमा सरकार मात्रले नभएर नागरिक समाजले समेत सकृय भुमिका निर्वाह गर्न आवश्यक रहेको पूर्व राष्ट्रपति डा. यादवले विचार व्यक्त गरे ।

चुरे क्षेत्रको  संरक्षणले मात्र तराईको भूमिलाई उब्जाउ र पर्यावरण परिवर्तनको कुप्रभावबाट नेपालीलाई जोगाउने भएकाले सोको संरक्षण सम्बद्र्धनमा सबै मिलेर एक मतले लाग्नुपर्ने उनले बताए ।

विद्यायलय ब्यस्थापन समितीका अध्यक्ष राम नरायण कुर्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष विजय सरावगी लगायतको उपस्तीथी रहेको थियो । 

राम सर्राफ वीरगन्ज  बैशाख पर्सा, बाराका साथै सीमावर्ती भारतीय शहरहरुमा हत्या, अपहरण ,फिरौती, लुटपाट जस्ता आपराधिक गतिविधी गर्दै आतंक मच्चाएका भारतीय नागरिक बब्लु दुबे बिहीबार मारिएका छन् । भारत मझौलियाको अहवर शेखका मुखिया जवाहर साहको हत्या आरोपमा पक्राउ परेका दुबेलाइ प्रहरीले बिहीबार बेतिया अदालतमा हाजीर गराउन लगेका बेला अदालत परिसरमै अपरिचित एक व्याक्तिले गोली प्रहार गरि दुबेको हत्या गरेका हुन् । अदलत परिसरमै गोली प्रहर गरि दुबेको हत्या गरिएपछि बेतियाको जनजीवन त्रसीत बनेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । दुबेलाइ गोली प्रहार गर्ने व्याक्तिको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

भारतमा अपराध गरेर नेपालमा बस्दै आएका दुबे नेपाल भारतको सिमावर्ती क्षेत्रका उधोगी व्यपारी,ठेकेदार,कर्मचारीहरुलाई लामो समयदेखि आतंकीत बनाएका कुख्यात भारतिय अपराधिक गिरोहका नाइके बब्लु दुबेलाई अञ्चल प्रहरी कार्यालय नारायणी वीरगञ्जको बिषेश टोलीले दुबेलाई २०७० जेठ १४ रातिको १ बजेको समयमा काठमाण्डौको सितापाईलाबाट पक्राउ गरि वीरगन्ज ल्याएका थिए ।

३० भन्दा बढिको हत्या गरेको भारतिय प्रहरी संग तथ्यांक रहेको भारतीय प्रहरीको मोष्टवाण्टेड सुचिमा रहेका अपराधी बब्लु दुबे लामो समय देखी मध्यतराई तथा राजधानीको विभिन्न ठाउमा बस्दै यहाका उधोगी व्यपारीलाई रंगदारीका लागि फोनबाट धम्काउदै आतंकित बनाएका थिए । 

नारयणी अचंल प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालको विषेश टालीले बब्लुलाई २०७० जेठ १४ आफनो नियंत्रणमा लिएर १५ गते वीरगन्जमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए ।

पछि उनलाई नेपाल प्रहरीले भारतीय प्रहरीको जिम्मा लगाएपछि उनलाइ भारतीय प्रहरीले भारतको बक्सर जेलमा राखेको थियो । बिहीबार बक्सर जेलबाट बेतिया अदालतमा पेशीका लागि लगिएका बेला दुवेलाइ अपरचित व्याक्तिले गोली हनेर हत्या गरेका हुन् । 

Image may contain: 1 person, sitting

 

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012