You are here: Homeअर्थItems filtered by date: Thursday, 06 April 2017

विराटनगर २४ चैत । स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यकर्ताको सुरक्षाकर्मी बाटै ज्यान लिने प्रयास भएको आरोप लगाएको छ ।

मोरङ जिल्लाको तेतरिया बाजारमा बुधवार आयोजित कार्यक्रमबाट फर्किने क्रममा बाटोमा रोकेर साँझ राजकुमार मुखियाको ज्यान लिने प्रयास भएको गठबन्धनले जनाएको छ ।

गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतको रिहाईको माग गर्दै आयोजित कार्यक्रमबाट घर फर्किने क्रममा तेतरिया बाजारभन्दा अगाडि पुलमा मुखियालाई मोटरसाईकल रोक्न लगाई मोटरसाइकलमा चढ़ेकै अवस्थामा कुटपिट भएको जनाइएको छ ।

‘नेपाल प्रहरीको टोलीले ज्यान लिने उद्देश्यले अन्दाधुन्द लाठी चार्ज गर्दा मुखियाको  आखाँमा गम्भीर चोट लागेको छ । बटुवाहरूले राती कोशी अस्पतालमा भर्ना गरएको थियो । विहीबार बिहान आँखा अस्पतालमा चेकअप गर्दा डाक्टरले आखाँको शल्यक्रिया गर्नु पर्ने भएकोले बिराटनगर आँखा अस्पताल पठाएको छ’ गठबन्धनको विज्ञप्तिमा जनाइएको छ ।

मुखियाको को.४प ४४६६ नम्बरको मोटरसाइकल नेपाल प्रहरीले नियन्त्रणमा लिएको गठबन्धनले जनाएको छ । गठबन्धनले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

Published in समाचार

वीरगञ्ज,  चैत । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बन्दुकको बलमा चुनाव गर्न खोजिए मधेसमा रक्तपात हुने चेतावनी दिएका छन् । संविधान संशोसन विना मधेशमा स्थानिय तहको चुनाव हुनै नसक्ने ठोकुवा उनले गरे । पर्साको पोखरियामा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशीको माग उपेक्षा गरि सरकारले मधेशमा स्थानिय तहको निर्वाचन गर्न खोजे जनताले प्रतिकार गर्ने बताए । ‘मधेशविना देशको कल्पना गर्न सकिँदैन । पार्टी प्रवेश कार्यक्रममा एमालेका नेता जोगानन्द चौहान, दिनेश चौहान र वीरञ्चीवर्वाका मुकेश तिवारीको नेतृत्वमा २ सय ५० जना भन्दा बढी नेता कार्यकर्ताहरुले पार्टी प्रवेश गरेको तमलोपाका पर्सा सचिव श्रीराम जी गिरीले दावी गरे । कार्यक्रमलाई तमलोपा महामन्त्री चन्दा चौधरी, वीरगंजको पूर्व मेयर तथा पार्टीको प्रवक्ता विमल श्रीवास्तव, सांसद रमेश पटेल, केन्द्रिय सदस्य शशिकपुर मियाँ, जनार्दन यादव, तराई मधेश युवा फ्रन्टका सह महासचिव देवानन्द यादव लगायतका नेताहरुलेसंवोधन गरेका थिए । 

 

वीरगन्ज  स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नारायणी उपक्षेत्रीय अस्पतालमा अवैधानिक नियुक्तिमा जागिर खाँदै आइरहेका ११ जना कर्मचारीलाई हटाइएको छ । 

    तत्कालीन मेसु डा. रामपरीक्ष्Fण यादवले आर्थिक चलखेल गरी अस्पतालमा ७० भन्दा बढीजनालाई नियुक्त गरेका थिए । अवैध नियुक्ति भएको भन्दै सञ्चारमाध्यमबाट समाचार प्रकाशित भएपछि मन्त्रालयले चासो देखाएको थियो । सोही अनुसार मन्त्रालयको पत्र अनुसार विकास समिति अन्तर्गत दरबन्दीमा कार्यरत डा. अनु अग्रवाल, डा. कृष्ण यादव, डा. जिनटुन खातुन, कर्मचारी विश्वेश्वर साह, नूरजहाँ खातुन, रामाशङ्करप्रसाद गुप्ता, धनसुन्दरप्रसाद यादव, रिना कुमारी, विश्वास राउत, पूmलकुमारीको नियुक्ति प्रक्रिया खारेज गरिएको मेसु डा. चित्तरञ्जन साहले बताए । 

    तत्कालीन मेसु यादवले नेपाल सरकारको रिक्त रहेको दरबन्दीमा अधिकांश नियुक्ति गरेको देखिन्छ तर उनीहरूलाई हटाइएको छैन । स्वास्थ्य मन्त्रालयको २/१०५७ को पत्र अनुसार विकास समिति अन्तर्गत अस्थायी, स्थायी वा करार दरबन्दी प्रक्रिया रोक्ने निर्देशन अनुसार नियुक्ति प्रक्रिया खारेज गरिएको देखिन्छ । 

    तत्कालीन मेसु यादवले प्रक्रिया नपु¥याई चलखेलको आधारमा नियुक्ति गरेपछि नाउक्षेमा ठूलो विवाद शुरु भएको थियो । मन्त्रालयमा परेको उजुरीको आधारमा मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई पदमुक्त गरिएको हो । अहिले नेपाल सरकारको दरबन्दीतर्पm ५० भन्दा बढी चिकित्सकदेखि पियनसम्म अवैध नियुक्तिमा काम गर्दै आइरहेका छन् । 

    यस विषयमा मेसु चित्तरञ्जन साहसँग बुझ्दा मन्त्रालयले विकास समितिको नाममा पत्राचार गरेपछि नियुक्ति प्रक्रिया रद्द गर्न अगाडि बढेको बताए । तत्काल नेपाल सरकारको दरबन्दीमा भएको अवैधानिक नियुक्त भएका व्यक्तिलाई पनि हटाइने उनले बताए ।

Published in अर्थ

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012