You are here: Homeअर्थअर्थवीरगञ्जमा नक्कली नोटको बगबिगीले सर्वसाधारणलाई हैरानी

वीरगञ्जमा नक्कली नोटको बगबिगीले सर्वसाधारणलाई हैरानी

Written by  Published in अर्थ Friday, 05 May 2017 14:40
Rate this item
(0 votes)

राम सर्राफ बैशाख  वीरगञ्ज वीरगञ्जमा १ हजार र ५ सय रुपैयाँका नक्कली नोटको बिगबिगीले सर्बसधारणदेखि उद्योगी व्यापारी पीडित भएका छन् । वाणिज्य बैंकहरुले नोटको गुणस्तर जाँचमा देखाएको लापरवाहीका कारण सर्बसाधारण समस्यामा पर्ने गरेका हुन् । जाली नोटका कारोबारीले बैंकलाई झुक्याएर बैंकिङ च्यानलमा छिराएको नोट बैंकले सर्वसाधारणलाई थमाइदिने गरेका छन् ।  

बुधबारमात्रै वीरगञ्जको एक व्यापारिक प्रतिष्ठानका कर्मचारीले राष्ट्रिय वाणिज्य बैङ्कबाट बुझेको ५ सय रुपैयाँको गड्डीमा एउटा नक्कली नोट निस्कियो । तत्कालै बैङ्कमा पुगेर त्यसबारेमा जानकारी गराउँदा बैङ्कका अधिकारीले नोट साट्न अस्वीकार गरे । बैङ्कले दिएको भुक्तानीमै १ हजार र ५ सय रुपैयाँका नक्कली नोट फेला पर्न थालेपछि सर्वसाधारणलाई मार परेको छ ।

नेपाल राष्ट्र बैङ्क क्षेत्रीय कार्यालय वीरगञ्जले केही दिनयता नक्कली नोट फेला पर्नेक्रम बढेको बताएको छ । राष्ट्र बैङ्क वीरगञ्जका उपनिर्देशक प्रदीप भट्टराईले १ हजार र ५ सय रुपैयाँ दरका नक्कली नोृट भेटिएको बताए । भट्टराईले बजारमा देखिएका त्यस्ता नोट खिच्ने काम भइरहेको जानकारी दिए । नक्कली नोटमध्ये १ हजार रुपैयाँका बढी भएको उनले बताए ।

नक्कली नोट देखिन थालेपछि राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुलाई नोटको गुणस्तर परीक्षणमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । तर, बैंकहरुले नोट लिँदा खासै सतर्कता अपनाउने गरेका छैनन् ।

वाणिज्य बैङ्कमार्फत राष्ट्र बैङ्कमा पु¥याइएका नोटसमेत नक्कली भेटिएको उपनिर्देशक भट्टराईले बताए । ‘बैङ्कबाटै आएका नोट नै नक्कली फेला परेपछि त्यस्ता बैङ्कलाई बोलाएर सतर्कता अपनाउन सचेत गराइएको छ,’ उनले भने ।

वीरगञ्जका अधिकांश बैङ्कमा नक्कली नोट पत्ता लगाउने प्रविधि राखिए पनि प्रविधि नै न्यून गुणस्तरको भएकाले नक्कली नोट चिन्न नसकिएको बैङ्कका एकजना व्यवस्थापक बताउँछन् ।

      राष्ट्र बैङ्कले लिएको सफा नोट नीतिका कारण नक्कली नोटबाट सर्वसाधारण पीडित भएका छन् भने बैङ्कहरुलाई जिम्मेवारीबाट पन्छिने सजिलो बाहाना मिलेको छ । यो नीतिअनुसार बैङ्कहरूले केही वर्षयता रुपैयाँको बण्डलमा स्टिच गर्दैनन् । स्टिच नगरी ट्यागमात्र राखिएका कारण सर्वसाधारणले लिएर गएको रकममा नक्कली नोट भेटिएमा बैङ्कहरुले त्यो नोट आफ्नो नभएको बताउने गरेका छन् । उपनिर्देशक भट्टराईले नक्कली नोटको मामिलामा सफा नोट नीतिले समस्या भएको स्वीकार गरे । ‘यसबाट सर्वसाधारणलाई अहिले व्यहारिकरुपमा कठिनाइ भएको देखियो,’ उनले भने ।

 

 

 

 

 

 

 

 

 

Read 2312 times Last modified on Sunday, 07 May 2017 15:56

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012