You are here: Homeअर्थअर्थ१५ दिनपछि वीरगंज आसपासका क्षेत्र लोडसेडिङमुक्त हुने

१५ दिनपछि वीरगंज आसपासका क्षेत्र लोडसेडिङमुक्त हुने

Written by  Published in अर्थ Monday, 23 January 2017 08:03
Rate this item
(3 votes)

वीरगंज  माघ आगामी दुई साताभित्र वीरगंज आसपासका क्षेत्र लोडसेडिङमुक्त हुने भएको छ । दुई साताभित्र रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम सम्पन्न भएपछि वीरगंज–पथलैया औद्योगिक करिडोर आसपासका क्षेत्र लोडसेडिङमुक्त हुने प्रसारण लाइन आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले बताएका छन्। 

    परियोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी १० प्रतिशत काम पनि भारतको ठेकेदार कम्पनी मोहन इनर्जी कर्पोरेसन प्रालिले दिनको दुई सत्रमा तीव्र गतिमा गरिरहेकोले दुई साताभित्र काम सम्पन्न हुने परियोजना प्रमुख मुखियाले दाबी गरे । रक्सौलदेखि परवानीपुरको भलुहीस्थित सबस्टेशनसम्मको प्रसारण लाइनको १२ वटा टावरमध्ये ९ वटा टावरको काम सम्पन्न भइसकेको र बाँकी तीनवटा टावरको फाउन्डेसन निर्माण गरी ठड्याउने कार्य भइरहेको उनले जानकारी गराए । त्यसपछि सो प्रसारण लाइनमा विद्युत् तार तानिनेछ, अनि विद्युत् सेवा सुचारु हुने उनले बताए ।

    वीरगंजलाई लोडसेडिङमुक्त बनाउन नेपाल विद्युत् प्राधिकरण ऊर्जा मन्त्रालयमा वीरगंजका उद्योगीहरूले दबाब दिंदै आएको वीरगंज उद्योग वाणिज्य सङ्घले जनाएको छ । एक साताअघि वीरगंजमा ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनन्तकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड्ढो आउँदा वीरगंजका उद्योगीहरूले सो प्रसारण लाइन चाँडै सुचारु गराउन र वीरगंजलाई लोडसेडिङमुक्त बनाउन आग्रह गरेका थिए । 

    वीरगंज–पथलैया औद्योगिक करिडोरमा करिब १४ सय साना–ठूला उद्योगलाई चौबीसै घण्टा विद्युत् सेवा सुचारु भएपछि यहाँको उद्योग, व्यापारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ । साथै बन्द उद्योग पनि खुल्ने र रोजगारका अवसर सृजना हुने वीउवासङ्घले जनाएको छ ।

Read 6710 times Last modified on Tuesday, 24 January 2017 12:54

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012