You are here: Homeअर्थअर्थवीरगंज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण

वीरगंज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण

Written by  Published in अर्थ Tuesday, 17 January 2017 07:47
Rate this item
(0 votes)

वीरगंज माघ कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव नेपालको राष्ट्रियता, अखण्डता एवं संविधान कार्यान्वयनको लागि जरुरी रहेको बताएका छन् ।

    वीरगंज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण तथा पदस्थापन समारोहमा मन्त्री निधिले नेकपा एमाले संविधान संशोधनको विपक्षमा उभिएर विभिन्न किसिमका गलत अभिव्यक्ति दिंदै देशमा आन्दोलनको वातावरण बनाइरहेकोले एमालेलाई संविधान संशोधनको प्रक्रियामा समर्थन गरी सहभागी हुन आग्रह गरे । 

    संविधान जारी गर्ने मुख्य दलमध्ये एक एमालेले संविधान संशोधनमा अवरोध गर्नु संविधान कार्यान्वयनको दिशामा गलत कदम भएको उनले बताए ।

    एमालेले नवलपरासीदेखि बर्दियासम्म थरुहट प्रदेश बनाउने प्रस्तावमा सहमति जनाइसके पनि अहिले सत्ताको लोभले गर्दा विरुद्धमा उत्रिएको उनले बताए । 

    त्यस्तै, संविधान संशोधनका ४ वटा मुख्य कुरा सीमाङ्कन, नागरिकता, भाषालगायतका विषयमा पनि मधेसी, थारू, आदिवासी जनजातिलगायतको माग सम्बोधन गरिएकाले संविधान कार्यान्वयनको लागि संविधान संशोधन आवश्यक रहेको उनले बताए । आगामी माघ ७ गतेभित्र संविधान संशोधन गरी तीनवटै तहको निर्वाचन नभए जारी संविधानको औचित्य पनि समाप्त हुने जानकारी गराए । 

    वीरगंजको विकासको लागि नेपाल–भारत सीमाको राजमार्ग निर्माण, पथलैया–परवानीपुर ड्राइपोर्ट ६ लेन सडकखण्ड, वीरगंज–पोखरिया सडकखण्डलगायत अन्य भौतिक पूर्वाधार निर्माण भइरहेकोमा वीरगंजको लागि खुशीको कुरा भएको उनले विचार व्यक्त गरे ।

    त्यस्तै, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले संविधान संशोधनमा एमालेले सहयोग नगरे मधेसबाट एमाले समाप्त हुने पक्का भएको धारणा व्यक्त गरेका थिए ।

    कार्यक्रममा नवनिर्वाचित वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्F ओमप्रकाश शर्माले वीरगंज–पथलैया औद्योगिक कोरिडोरलाई सरकारले मान्यता नदिएको भन्दै निजगढ विमानस्थल, हेटौंडा–सिसनेरी–फाकेल सडकखण्डको कालोपत्रे गरी वीरगंज र काठमाडौंको यातायात सहज बनाउन माग राखेका थिए ।

    त्यस्तै, अध्यक्ष्F शर्माले वीरगंजमा हाल भइरहेको एडिबीको परियोजना एकीकृत मझौला शहरी विकास परियोजना अन्तर्गत ३ अर्बको काम गर्न ठाउँठाउँमा अधूरा नालाको निर्माण भइरहेको र ५ अर्बबराबर वीरगंजको क्षति पनि गरेको उनले ध्यानाकर्षण गराएका थिए । 

    त्यसैगरी, नवनिर्वाचित अध्यक्ष्F शर्माले वीरगंज–अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम तीव्ररूपमा नहुँदा वर्षेनि नेपाल सरकारलाई पेट्रोलियम ढुवानी तथा चुहावटमा दुई अर्बको खर्च परिरहेका हुनाले उक्त परियोजना पनि छिटोभन्दा छिटो पूरा गराउन पहल गरि दिन नेपाल सरकारसँग माग गरिएको छ ।

    मनोज उपाध्यायको सहजीकरणमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष्F प्रदीप केडियाले नवनिर्वाचित अध्यक्ष शर्मालगायत उपाध्यक्ष्F, महासचिव, सचिवलगायत पदाधिकारीहरूलाई पद हस्तान्तरण गरेका थिए ।

    प्रमुख निर्वाचन अधिकृत बालमकुन्द खरेलले अध्यक्ष्F शर्मा तथा अन्य पदाधिकारीहरूलाई शपथग्रहण गराएका थिए ।

    

Read 799 times Last modified on Tuesday, 17 January 2017 14:19

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012