You are here: Homeअर्थअर्थवीरगन्जका ६ ब्यपारी प्रतिष्ठानमा राजस्वको छापा शुभलाभगरि मिलाउने खेल

वीरगन्जका ६ ब्यपारी प्रतिष्ठानमा राजस्वको छापा शुभलाभगरि मिलाउने खेल

Written by  Published in अर्थ Wednesday, 11 January 2017 18:34
Rate this item
(1 Vote)

वीरगंज पुस आन्तरीक राजस्व विभाग कार्यालय काठमाण्डौले मंगलबार वीरगंजस्थित विभिन्न छववटा व्यापारिक प्रतिष्ठानमा छापा मारेका छन् । छापामारी गरिएका फर्महरूमा कुट फेक्ट्री छपकैया , एन पी एल औषधी फेक्ट्री, कोष्ठ फर्मा औषधी फेक्ट्री, रुगटाको चाओ सती गुरुप लगायत ६ ब्यपारी प्रतिष्ठान रहेका छन् । आन्तरीक राजस्व विभाग कार्यालय काठमाण्डौबाट र्तीथ सिलवालको नेतृत्वको टोलीका साथै सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त प्रतिष्ठानहरूमा छापामारी गरेको हो ।

    बिहान १० बजेदेखि अबेर राती सम्म वीरगन्जको बिभिन्न स्थानमा छापामारी गरेका थिए । अवैध सामानको सुराकीको आधारमा खानतलासी गरिएको राजस्वले जनाएको छ । राजस्व छलीको  आशङकामा छापा मारेको र यो नियमित प्रक्रिया भएको टोली प्रमुख सिलवालले बताए । 

    छापामारी गरिएका प्रतिष्ठानहरूको खाता तथा कागजातहरू  अनुसन्धान टोलीले नियन्त्रणमा लिनुका साथै प्रतिष्ठानका  प्रतिनिधिहरूलाई सात दिनभित्र उपस्थित हुन पत्राचारसमेत गरिएको श्रोतले बताएको छ । टोली सिमरा स्थित ईच्छा होटल केहि ब्यपारीलाई बोलाई लेनदेन समेत गरि केहि ब्यपारीहरुको मुद्दा सल्टाएको श्रोतले बताएको छ ।

Read 4318 times Last modified on Thursday, 12 January 2017 13:31

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012