You are here: Homeअर्थअर्थम्याद गुज्रिएका औषधि विद्यालयमा पठाइयो जनस्वास्थ्य कार्यालय पर्साको चरम लापर्बाही

म्याद गुज्रिएका औषधि विद्यालयमा पठाइयो जनस्वास्थ्य कार्यालय पर्साको चरम लापर्बाही

Written by  Published in अर्थ Saturday, 07 January 2017 12:42
Rate this item
(0 votes)
फालईल फोटो फालईल फोटो

वीरगंज  पुस जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले विद्यालय प्रयोगको लागि पठाएको प्राथमिक उपचार बक्समा म्याद गुज्रिएका औषधि फेला परेको छ । जनस्वास्थ्य कार्यालय पर्साले २०७३ साउन २ गते जिल्ला शिक्षा कार्यालय पर्सा अन्तर्गतका २४८ वटा सामुदायिक विद्यालयमा प्राथमिक उपचार बक्स पठाएको थियो । प्राथमिक उपचार बक्समा राखिएका औषधिमा म्याद गुज्रेका हैन्डीप्लास्ट, ट्याब्लेट, मलहम रहेका छन् ।स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत प्राथमिक उपचारका औषधि खरिद गर्न १४ जिल्ला शिक्षा कार्यालय पर्साले २४८ वटा प्राथमिक उपचार बक्समध्ये अधिकांश साउनमैं सम्बन्धित विद्यालयमा पठाइसकेको जिशिअ केदार तिवारीले बताए । उनले जिल्लामा रहेका ९ वटा स्रोतकेन्द्रमध्ये ७ वटामा वितरण गरिएको र २ वटामा बाँकी रहेकोमा आफु आएपछि सो स्थानमा पनि पठाउन लगाएको बताए ।वितरण गरिएको एउटा प्राथमिक बक्समा बढीमा १ हजार मूल्यको औषधिलगायतका सामानहरू छन् । तर जिल्ला जनस्वास्थ्य कार्यालयले प्रति प्राथमिक बक्समा ५ हजार ६ सय ४५ रुपैयाँको औषधि तथा सामग्रीहरू रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले प्राथमिक उपचार बक्समा २५ वटा औषधिलगायत आवश्यक सामग्री राख्न निर्देशन दिंदै सोही अनुसारको बजेट पठाएको थियो । तर वितरण गरिएको प्राथमिक उपचार बक्समा केवल ७ थरीका औषधिलगायत प्राथमिक उपचार सामानहरू छन् ।लाख रुपैयाँ निकासा गरेको थियो । जनस्वास्थ्य कार्यालयले दिएको प्राथमिक उपचार बक्समा जीवनजल, ग्लब, ट्याब्लेट, साबुनसमेत ५ वटा औषधिको म्याद गुज्रिएको पाइएको छ ।जिशिअ तिवारीले कार्यालयको गोदाममा प्राथमिक उपचार बक्सहरू अलपत्र देखेपछि आपूmले वितरण गर्न आदेश दिएको तर त्यसभित्र रहेका औषधिहरू म्याद गुज्रेको अवस्थामा भेटिएपछि वितरण रोकेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले खरिद गरेको औषधिमध्ये पारासिटामोलको सन् २०१६ अगस्तमा म्याद गुज्रेको छ । त्यसैगरी, पेरीनोर्म औषधिको नोभेम्बर २०१६ मा म्याद गुज्रेको छ भने  ब्यान्डेज, ग्लब, साबुनको म्याद पनि ६ महिना अगाडि नै सकिएको छ । प्राथमिक उपचार बक्समा कैची, टर्चलाइट, नेलकटर आदि पनि राखिएका छन् ।  

Read 390 times Last modified on Sunday, 08 January 2017 14:16

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012