You are here: Homeअर्थअर्थसामुदायिक आँखा अस्पतालको नाममा तेलीद्वारा ब्रम्हलुट प्रशासन मौन

सामुदायिक आँखा अस्पतालको नाममा तेलीद्वारा ब्रम्हलुट प्रशासन मौन

Written by  Published in अर्थ Friday, 06 January 2017 13:37
Rate this item
(0 votes)

बीरगंज,  पौष । बीरगंज सामुदायिक आँखा केन्द्रका अध्यक्ष बिन्देश्वर साह तेलीले बीरगंज आँखा अस्पताल को नाउमा जनता ठग्ने गरेको पोल खुलेको छ ।  तत्कालिन श्वास्थ मन्त्री रामजनम चौधरीलाई ६० लाख रुपैया नजराना दिएर सरकारसंग १ करोड ६६ लाख ६८ हजार रुपैया उछिट्टयाउन सफल भएका तेलीले अस्पताललाई आफनो नातागोताको भर्तिकेन्द्र बनाएका छन् । 

एसियाकै उत्कृष्ट भारत चेन्नई स्थित शंकर नेत्रालयमा काम गरेको डा. बन्दना क्याल आफनो अस्पतालमा कार्यरत भएको झुठो विज्ञापन रेडियोमा बजाएर सर्व साधारणलाई लुट्न पल्केका बिन्देश्वर साह तेली जस्ता आर्थिक र सामाजिक अपराधिलाई प्रशासनले बेलामै लगाम लगाउन जरुरी छ । 

यात्रा डेलीले बीरगंज आखा अस्पतालमा कार्यरत डा. बन्दना क्यालले नेपाल मेडिकल काउन्सिलको परिक्षा उतीर्ण नै नगरी त्यस अस्पतालमा गैर कानुनी तवरले कार्यरत रहेको समाचार प्रकाशनमा ल्याए पछि विहिवार उनी अस्पताल नगएको बुझिएको छ ।

सामूदायिकको बोर्ड झुण्डयाएर आफनो निजी पसल जस्तै चलाउदै आएका बिन्देश्वर साह तेलीले छोरा राजेश्वर प्रसाद साह उर्फ राजुलाई अस्पतालको प्रशासन प्रमुख बनाएका छन् भने छोरी अरुणा कुमारी साहले अस्पतालमै औषधि पसल सञ्चालन गरेकी छिन् । ज्वाई सत्यजीत मोहनले त्यही अस्पतालमा चश्मा पसल थापेर बसेका छन् । निःशुल्क आखा शिविर सञ्चालनको नाउमा सर्व साधारणसंग रकम ठग्दै आएका साहले स्थानीय प्रहरी प्रशासन र जनस्वास्थ कार्यालयका चल्तापूर्जा कर्मचारीहरुलाई मासिक नजराना दिने गरेको पोल खुलेको छ । 

 

Read 882 times Last modified on Saturday, 07 January 2017 19:21

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012