You are here: Homeअर्थअर्थएसियाली विकास बैङ्कको मुख्य लगानीमा वीरगन्जमा भइरहेको ढल तथा नाला निर्माण काममा ब्यापक भष्ठचार

एसियाली विकास बैङ्कको मुख्य लगानीमा वीरगन्जमा भइरहेको ढल तथा नाला निर्माण काममा ब्यापक भष्ठचार

Written by  Published in अर्थ Friday, 06 January 2017 09:56
Rate this item
(0 votes)

राम सर्राफ वीरगञ्ज, पुस एसियाली विकास बैङ्कको मुख्य लगानीमा वीरगञ्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाअन्तर्गत निर्माण भइरहेको ढल तथा नाला निर्माण पूरा भएपछि पनि ढल निकास समस्या पूर्णरुपमा समाधान नहुने देखिएको छ । सहरभरिको पानी निकासका लागि ढल र नाला बनाउन लगात बढी पर्ने भएपछि नगरका केही मुख्य क्षेत्रलाई योजनाबाट हटाइएको खुलासा भएको छ ।

रकम अभावलाई कारण देखाएर परियोजनाले नगरक्षेत्रको करीब अधा  क्षेत्रलाई मात्र समेटेको वीरगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत पीताम्बर अधिकारीले स्वीकार गरे । ‘सुरुमा वीरगञ्ज नगरक्षेत्रलाई समेटेर परियोजनाको डिजाइन र लागत अनुमान गरिएकोमा कार्यक्रम लागू हुँदा करीब आधा क्षेत्र छोडिएको छ,’ उनले भने ।

      पूरै वीरगञ्जलाई समेटेर कार्यक्रम लागू गर्दा ७ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकोमा पछि ३ अर्ब रुपैयाँमात्र स्वीकृत भएकाले समस्या भएको हो । रकम नै कम भएपछि सबै क्षेत्र समावेश गर्न नसकिएको परामर्श विशेषज्ञ भूपेन्द्रमान शाक्यले बताए ।

      वीरगञ्जको मूर्ली, तेजारथटोल, भुटनदेवी, रानीघाट र अरिअर्वा पोखरी आसपासका केही भाग परियोजनामा छैनन् । घण्टाघरबाट दक्षिणतर्फ त्रिभुवन राजपथको पूर्व र इनरबाइपास पश्चिमका क्षेत्रलाई पनि समेटिएको छैन । यी बर्खामा बढी डुवान हुने स्थान मानिन्छन् ।

कार्यकारी अधिकृत अधिकारीले परियोजना छुटेका क्षेत्रका लागि एडीबीसित थप २ अर्ब  ५० करोड रुपैयाँको योजना माग गरिएकोमा डेढ अर्ब रुपैयाँमात्र स्वीकृत भएको जानकारी दिए । एडीबीले यसै वर्ष एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत बाइपास सडक विस्तारलगायतका कामका लागि सो रकम स्वीकृत गरेको उपमहानगरपालिकाले जनाएको छ ।

वीरगञ्जमा एडीबीको ८१, नगर विकास कोषको ११ र उपमहानगरपालिकाको ८ प्रतिशत लगानीमा परियोजना सञ्चालन गरिएको हो । निर्माणको ठेक्का चिनियाँ कम्पनी सिटिसीइ र कालिका जेभीले लिएका थिए । ठेक्काको २५ महीने समयसीमाभित्रगत जेठमा पूरा हुनुपर्नेमा वीरगञ्जकेन्द्रित मधेस आन्दोलनका कारण काममा ढिलाइ भएको छ । परियोजनाको समय यही फागुनसम्मका लागि थपिएको छ ।

परामर्शदाताको लापरवाही र गलत योजना डिजाइनका कारण परियोजनाका लागतसमेत वृद्धि भएको खुलासा भएको छ । पुरानो नक्साका आधारमा काम अघि बढाउन नसकिएका कारण नयाँ डिजाइनमा ३६ करोड रुपैयाँ लागत बढेको परामर्शदाताले जानकारी दिएको छ । यसअघि २ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिइएकोमा अहिले २ अर्ब ८४ करोड २५ लाख पु¥याइएको छ । सुपरीवेक्षण तथा परामर्शदाताको सिफारिसमा निकाय परियोजना समन्वय कार्यालयले ठेक्काको लागत वृद्धि गरेको शाक्यले बताए ।

परियोजनाको परामर्श तथा व्यवस्थापन विशेषज्ञसमेत रहेका शाक्यले सुरु डिजाइनअनुसार काम अघि बढाउन नसकिएको बताए । उनले जमिनमुनिको अवस्था र सडक दयाँबायाँका संरचना ख्याल नगरी डिजाइन तयार भएकाले समस्या भएको पनि बताए । हुलाकीमार्ग, रेल्वेरोड, डाँकमार्ग, आदर्शनगरलगायतका स्थानमा सडकबीचमा डिजाइन परिवर्तन गरी नाला बनाइएको छ । सुरुमा आदर्शनगरको पानी साविकको मुख्य नालाबाट निकासको योजना बनाइएकोमा मुख्य सहरी क्षेत्रमा नालामाथि नै निर्माण गरिएका घर र अन्य संरचनाका काराण आदर्शनगरबाटै सिर्सिया खोलामा नाला निकासको काम भइरहेको शाक्यले बताए । नयाँ डजाइनमा आरसीसी नाला र सडक निर्माणको काम बढी भएकाले लागत बढेको उनले दाबी गरे ।

Read 1001 times Last modified on Saturday, 07 January 2017 12:56

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012