You are here: Homeअर्थअर्थवीरगन्जमा १७ करोडकाेे सोलार बत्ती जडान हुुनेे

वीरगन्जमा १७ करोडकाेे सोलार बत्ती जडान हुुनेे

Written by  Published in अर्थ Friday, 06 January 2017 06:04
Rate this item
(0 votes)

वीरगंज, पुस वीरगंजमा झन्डै रु १७ करोड बराबरको कुल १६ सय सोलार बत्ती जडान गर्ने लक्ष्य रहेको वीउनमनपाका एकजना कर्मचारीले बताए । शहर उज्यालो पार्ने उद्देश्यले वीरगंजमा पहिलो चरणमा ५ सय ५९ वटा सोलार बत्ती जडान भइसकेको छ भने दोस्रो चरणमा १ सय ५५ सोलार बत्ती जडान गर्ने कार्य अघि बढाइएको छ । अन्तिम चरणमा ९ सय सोलार बत्ती जडान गरिने लक्ष्य रहेको बताइएको छ । वीरगंजमा सोलार बत्ती १६ सय जडान गर्ने लक्ष्य सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको हो । मन्त्रलालयले ६५ प्रतिशत अनुदान २० प्रतिशत वीरगंज उपमहानगरपालिका र १५ प्रतिशत उपभोक्ता समितिले रकम बेहोरी आप्mनो टोल उज्यालो पार्न सक्ने प्रावधान राखेको छ  मन्त्रालयले पुस २५ गतेभित्र सबै नगरपालिकालाई टेन्डर प्रक्रिया सकेर काम शुरु गर्न निर्देशन दिएको छ । वीरगंज उपमहानगरपालिकाका सोलार बत्ती जडान परियोजनाका प्रमुख इन्जिनियर सुरेन्द्र साहले पहिलो चरणमा वीरगंजमा ५ सय ५९ वटा सोलार बत्ती जडान गरिसकिएको र अब दोस्रो चरणमा १ करोड ५६ लाखको लागतमा १ सय ५५ वटा सोलार बत्ती जडान गरिने बताए । उनले साहले शहरी विकास कार्यालय मार्फत स्थानीय विकास मन्त्रालयले वीरगंजमा १० करोडको सोलार बत्ती जडानका लागि बजेट विनियोजन गरेको र यसको सम्पूर्ण कार्य वीरगंजस्थित शहरी विकास कार्यालयले गर्ने र वीरगंज उपमहानगरपालिकाले स्थान तोक्ने र अनुगमन गर्ने जिम्मेवारी पाएको बताए ।    मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्ड अनुसार स्वीकृति प्राप्त सोलार कम्पनीबाट सौर्य सडक बत्ती जडान गर्नुपर्ने निर्देशन जारी गरेको छ । मापदण्डमा सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा पाँच वर्ष र सौर्य बत्तीमा दुई वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था पनि गरेको बताइएको छ । 

Read 1884 times Last modified on Saturday, 07 January 2017 12:49

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012