You are here: Homeअर्थअर्थ ३३ किलो सुन पक्राउ

३३ किलो सुन पक्राउ

Written by  Published in अर्थ Thursday, 05 January 2017 20:08
Rate this item
(0 votes)

वीरगन्ज  पुुस गोपाल बहादुर शाही बुधवार एयर अरेबियाको उडानबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिए । दुबईबाट आएका शाहीको साथमा दुईओटा सुट्केश थिए, जसमा ‘सिग्नेचर’ नामक मदिराको बोतल जस्तै आकारको फलामको डिब्बामा निकै ब्यवस्थित तरिकाले प्याक गरिएको २८२ ओटा सुनका बिस्कुट, १९ ओटा औंठी र १८ ओटा सिक्री समेत गरी कुल ३३ किलो सुन थियो !

त्यतिधेरै सुन भएको सुट्केस एयरपोर्ट भन्सारमा छाडेर शाही त्रिभुवन विमानस्थलबाट बाहिरीए ।

बिहिबार मध्यान्ह बा.२ ज २९१५ नम्बरको ट्याक्सी चढेर एयरपोर्ट पुगेका शाहीले आफ्नो सुटकेस सजिलै भन्सार पार गरेर बाहिर ल्याए, अनि ट्याक्सीमा राखे ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट एसपी मिरा चौधरीको कमाण्डमा खटिएको सादा पोशाकका प्रहरीले उनको ट्याक्सीलाई विमानस्थलबाटै पछ्याईरहेको थियो । पिंगलास्थान आईपुगेपछी शाही पक्राउ परे ।

शाहिले ल्याएको सुन लिन अरु दुईजना बा.४ च ९११४ नम्बरको कार चढेर गएका थिए । तर दुबईबाट आएको सुन हात नपर्दै मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले पनि समातिए ।

केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले महानगरीय प्रहरी वृत गौशालामा पत्रकारको रोहबरमा सुट्केस खोलेको थियो । ‘हामीले ३३ किलो सुन बरामद गर्न सफल भएका छौं’ एसपी मिरा चौधरीले भनिन्, ‘सूचनाका आधारमा हामीले सुन कारोवारमा संलग्नहरुलाई पछ्याएका थियौं ।’

फलामको डिब्बाभित्र कार्बनको कभर राखेर ल्याएको सुनका विस्कुटलाई प्लाष्टिकको कालो टेपले निकै मेहनतका साथ बेरिएको थियो । त्यस्तै डिब्बाको बाहिरी भागलाई घिउ कलरको टेपले बेरिएको अवस्थामा प्रहरीले ठुलो परिणामको सुन बरामद गरेको हो ।

विदेशबाटै आएको सूचनाका आधारमा ठुलो परिमाणको सुन बरामद गर्न सफल भएको जानकारी दिँदै केन्द्रिय अनुसन्धान ब्युरोका डिआईजी नवराज सिलवालले भने, ‘सिन्डीकेटले काम गरेको छ भन्नेकुरा थाहा पाएका थियौं, अब थप अनुसन्धान शुरु गर्छौँ ।’

एयरपोर्टमा चौबिसै घण्टा ड्युटीमा रहने प्रहरी र भन्सारका कर्मचारीको आँखा छलेर यत्ति धेरै सुन कसरी पास भयो भन्नेबारे गम्भिर प्रश्न उठेको छ । एयरपोर्ट प्रहरी स्रोतका अनुसार भन्सारमा सामानको एक्सरे गर्न प्रहरीलाई बन्देज गरिएको छ । कर्मचारीले एक्सरे गरेर सामान पास गर्ने हुनाले भन्सारका कर्मचारीको मिलेमतोमा सुन पास गरिएको हुनसक्ने बताईएको छ ।

Read 2128 times Last modified on Friday, 06 January 2017 13:44

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012