You are here: Homeअर्थअर्थअयोग्य डाक्टरको भरमा वीरगन्जमा आखा अस्पताल संंचालन प्रशासन माैन

अयोग्य डाक्टरको भरमा वीरगन्जमा आखा अस्पताल संंचालन प्रशासन माैन

Written by  Published in अर्थ Thursday, 05 January 2017 09:54
Rate this item
(0 votes)

वीरगन्ज  पौष । वीरगन्जमा दुई बर्ष देखि संचालनमा रहेको वीरगन्ज सामुदायिक आखा अस्पताल अयोग्य डाक्टरको भरमा चल्दै आएको देखिएकोे छ । अस्पतालका संचालक बिन्देश्वर साह तेलीले नेपाल मेडिकल काउन्सीलबाट एन एम सी नम्बर नलिएका बन्दना क्याललाई डाक्टरमा राखेर आखा रोगीहरुको उपचारमो गरेको रहस्य खुल्न आएको छ ।अस्पतालका अध्यक्ष बिन्देश्वर साह तेलीले डाक्टरहरुको अभावमा एन एम सी नम्बर नलिएका बन्दना क्याललाई डाक्टरमा राखेको बताएका छन् । डाक्टरहरुले नेपाल मेडिकल काउन्सीलबाट एन एम सी नम्बर नपाएसम्म रोगीहरुको उपचार गर्न नपाईने कानुनि व्यवस्था रहेको भए पनि यस सामुदायिक अस्पतालमा त्यो नियमको पालना नगरेकोे देखिएको छ ।Image may contain: night and outdoor

अयोग्य डाक्टरहरुको भरमा आखा रोगीहरुको उपचार हुदै आए पनि स्थानीय प्रहरी प्रशासन र सम्बन्धीत निकायहरुले महिनावारीको भरमा अस्पतालको संचालक साहलाई संरक्षण दिदै आएको प्रष्ठ देखिएको छ ।निशुल्क आखा शिबिरको नामको रकम असुली बाराको ग्रामिण भेगहरुमा वीरगन्ज सामुदायिक आखाले निशुल्कमा आखाको अपरेशन गरेको बताए पनि प्रत्येक आखाको अपरेशन गराएका रोगीहरुबाट दुई हजारको दरले असुलेको छ । निःशुल्कमा आखाको अपरेशन गरे पछि त्यसबाट रोगीहरुबाट अस्पतालले रकम लिन नसकिने व्यवस्था रहेको छ ।चालु सिजनमा मात्रै एक हजार पाच सय जना आखाको रोगीहरुको अस्पतालले निशुल्क अपरेशनको नाममा प्रत्येकबाट दुई हजारको दरले असुलेको बारा बजार निवासी आखाका अपरेशन गराएकी मरझीया थरुनीले बताएकी छिन् । निशुल्कमा आखाको उपचार गर्नेको गत आर्थिक बर्षमा सरकारबाट एक करोड ७० लाख रुपैया अनुदान लिए पनि त्यो अनुदान रकमलाई समेत अध्यक्ष तेलीले दुरुपयोग गरेको बुझिएको छ ।

Read 700 times Last modified on Thursday, 05 January 2017 21:48

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012