You are here: Homeअर्थअर्थसार्वजनिक जग्गामा रूँगटाको गिद्धे नजर

सार्वजनिक जग्गामा रूँगटाको गिद्धे नजर

Written by  Published in अर्थ Wednesday, 04 January 2017 14:38
Rate this item
(0 votes)

वीरगन्ज पुस बारा लिपनीमाल–८ स्थित चावोसती एन्ड विरो इन्डस्ट्रिज प्रालिको संचालक मुर्लीधर रूँगटा र नरायण रूँगटा ले सडकको जग्गा मिचेको गाउँलेले आरोप लगाएका छन् । उद्योगले सुखचैन–चैनपुर सडकखण्डभन्दा उत्तर्र करिब २ कठ्ठा जग्गा मिचेर पर्खाल लगाउने काम गरिरहेको सुखचैनाका सुरेश मण्डलले बताए । कम्पनीले  जग्गा अतिक्रमण गर्न खोजेको थाहा भएपछि एक साता अघिदेखि गाउँलेहरू विरोधमा उत्रेका छन । 

    कम्पनीले खरिद गरेको जग्गा अनुसार पर्खाल लगाइएन भने पर्खाल भत्काउने सुखचैना मन्दिरका महतो धानुकले बताए । कम्पनीलाई चेतावनी दिएका छौ, त्यस अनुरूप भएन भने पर्खाल लगाउन नदिने उनले बताए । लाखौंको जग्गा व्यक्तिगतरूपमा कसैलाई मिच्न दिंदैनौ उनको भनाइ छ । कम्पनीले दुई कित्ता खरिद गरी उद्योग विस्तारको कार्य थालेको छ ।

    यस विषयमा कम्पनीका साहु रूँगटासँग बुझ्दा सार्वजनिक जग्गा नमिचेको बताएका छन् । रूँगटाले भने–मैले एक बिघा ५ कठ्ठा र १८ धुरको दुई कित्ता जग्गा खरिद गरेको छु, त्यसै अनुरूप अमिन खटाएर जग्गामा पर्खाल लगाइँदै छ । कसैलाई चित बुझेको छैन भने मेरो हकको जग्गा दिऊन् ।

 

Read 1423 times Last modified on Thursday, 05 January 2017 20:13

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012