You are here: Homeअर्थअर्थबीरगन्ज सहरबाट निस्किने फोहोरलाई बैज्ञानिक रुपमा ब्यवस्थापन गर्ने योजनाको निर्माण कार्य सुरु

बीरगन्ज सहरबाट निस्किने फोहोरलाई बैज्ञानिक रुपमा ब्यवस्थापन गर्ने योजनाको निर्माण कार्य सुरु

Written by  Published in अर्थ Thursday, 29 December 2016 16:56
Rate this item
(1 Vote)

वीरगन्ज  पुस गत बैशाख ६ मा शिलान्यास गरिएको, ४७ करोड ६१ लाख ८० हजार रुपैया लागतमा वीरगन्ज सहरबाट निस्किने सबैखाले ठोस फोहोर ब्यवस्थापन केन्द्र बैज्ञानिक रुपमा निर्माण भईरहेको छ ।

    बीरगन्जमा लागु ‘मझौला शहर एकिकृत शहरी बाताबरणीय सुधार आयोजनाको दोस्रो चरण अन्तरगत बन्न लागेको ‘फोहोर मैला ब्यवस्थापन केन्द्र’ तोकिएको २४ महिनाभित्रै सम्पन्न हुने योजना कार्यान्वयन इकाईका प्रमुख रहेका इन्जिनियर शैलेन्द्र श्रेष्ठले बताएका छन् ।

फोहोरको समस्या झेली रहेको वीरगन्जले यो बनेपछि राहत पाउने भएका छन् । भनिए जस्तै निर्माण र संचालन गर्नसके सररफाईको दृष्टिकोणले शहरको लागि यो योजना बरदान साबित हुनेछ,’ स्थानीय युवा विनोद रैनियारले भने । वीरगन्जका स्थानीय बासिन्दाका लागि ‘फोहोर मैला ब्यवस्थापन केन्द्र’ बहुप्रतिक्षित योजना हो ।  वीरगन्ज–१९ नगवा भन्दा पश्चिम पर्ने बाराको इटियाही र बिश्रामपुर नजिक यो निर्माण हुदैछ ।

            एशियाली बिकास बैंकको ८१ प्रतिशत अनुदान सहयोगमा योजना कार्यान्वयन हुदैछ । यो निर्माण सम्पन्न भइसकेपछि २० बर्षसम्म वीरगन्जको फोहोरलाई बैज्ञानिक किसिमले ब्यवस्थित गर्न सकिने उपमाहानगरपालिका कार्यालयको दावी छ । साथै ‘फोहोर मैला ब्यवस्थापन केन्द्र’ मा ल्याइने फोहार प्रसोधन गरी मल बजारमा बेंचेर त्यसबाट बार्षिक ६ करोड २० लाख रुपैया आम्दनी समेत हुनेछ । ‘कन्सल्टेन्ट’ तथा फोहोर मैला ब्यवस्थापन बिशेषज्ञ राजेश काजी तुलाधरका अनुसार त्यहाँ ‘कुहिन सक्ने’ फोहोरलाई कम्पोष्ट मल बनाइने छ र ‘पुनः प्रयोग हुन सक्ने’ किसिमका प्लास्टिक, फलाम, कागज, शिसा लगायतका बस्तु छुट्याएर कवाडको रुपमा बजारमा पठाइने छ । दुबै गर्न नमिल्ने बस्तु प्रदुषण नफैलिने गरी उपचारपछि त्यहाँ परत बनाएर राखिने छ ।

            योजनाको ठेक्का लिएको चिनिया निर्माण कम्पनी जन्डिङ इन्टरनेशनल इन्जिनियरिङ कम्पनी ९जेडआइइसी०का आधिकारिक प्रतिनिधी सुमित रौनियारले योजनामा भौतिक प्रगति करिब ३० प्रतिशत पुगेको  ‘छिटोभन्दा छिटो अधिकतम काम सक्ने किसिमले कामलाई तिब्र पारिएको छ,’ रौनियारले भने, ‘निर्धारित समयभन्दा पहिले नै योजना सम्पन्न गरि संचालनमा ल्याउने र हस्तान्रण गर्ने लक्ष्य लिएका छौं ।’ उनले भने ।

Read 2000 times Last modified on Friday, 30 December 2016 18:52

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012