You are here: Homeअर्थअर्थघुस बिना काम हुदैन पर्साको मालपोतका कार्यालयमा

घुस बिना काम हुदैन पर्साको मालपोतका कार्यालयमा

Written by  Published in अर्थ Wednesday, 28 December 2016 16:21
Rate this item
(2 votes)

वीरगन्ज  पुस । पर्सामा रहेका सरकारी कार्यालयहरुमा विचौलिया तन्त्र हावि भएका कारण सेवाग्रहीले समस्या खेप्नु परेको छ । मालपोत, नापी, भुमिसुधार जस्ता बढी जनसरोकारवाला कार्यालयमा विचौलियाको हालिमुहाली बढेको कारण तोकिएको समयमा सेवा पाउन नसकिएको सर्वसाधारणले गुनासो गरेका छन् ।

कार्यालयमा झुण्डयाइएको नागरिकवडा पत्र अनुसार सबै आवश्यक कागताज सहित कार्यालय पुग्दा कर्मचारीले, यो मिलेन त्यो मिलेन भन्दै दुःख दिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । रितपुर्वक आफै काम गराउन खोज्दा कर्मचारी विभिन्न बहानामा आलटाल गर्ने र विचौलिया मार्फत जादा सोही काम तुरुन्त हुने गरेको पोखरिया नगरपालिका वडा नम्बर १३ निवासी लक्ष्मी राउतले बताउनु भयो । उहाले पैतरिक जग्गालाई आफुहरु ६ जना दाजुभाई नामसारी गराउन मालपोत कार्याललयमा विगत ४ महिना देखी धाएको गुनासो गर्नु भयो । कार्यालयमा रहेका कर्मचारी नबस्ने बसेपनि कागजात नपुग भन्दै फिर्ता पठाउने, भने जस्तो कागज बनाइ कार्यालयमा आएपछि फेरी आर्को कागज ठिक नभएको भन्दै दौडाई रहेको राउतले बताउनु भयो ।

पर्साको सबै भन्दा बढी भिडभाड हुने मालपोत कार्यालयमा विचौलियाको सहयोग र अतिरिक्त खर्च विना काम हुनै नसकिने राउतको आरोप रहेको छ । नगद दिइ नहुने कामपनि कर्मचारीले विचौलियाको भरमा गर्ने गरेको उनको भनाई रहेको छ । कहिले हुदै नभएको जग्गा मालपोतकै कर्मचारी बैंकको नाममा रोक्कागरी खराब ऋण लगानिलाई सहयोग पु¥याएको घटना सार्वजनिक हुन्छ जग्गा धनिको मंजुरी बगैर कर्मचारी नगदको भरमा अरुकै नाममा राजिनामा पास गर्ने गरेका तथ्य पटक–पटक प्रकासमा आएपनि एक जना कर्मचारीलाई हाल सम्म कार्यवाही नभएको कारण पर्साको सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालयको सुचीमा सबै भन्दा माथि मालपोत कार्यालयको नाम आउने गरेको छ । कार्यालयमा कार्यरत रहेका कतिपय कर्मचारी जागिर खाएदेखी पर्सा मालपोतमै कार्यरत रहेका छन् । तीन वर्षमा अन्य जिल्लामा सरुवा हुनु पर्ने सरकारी प्रावधान भएपनि विभागिय प्रमुख र राजनीतिक दलका नेताहरुलाई खुसी पारी कर्मचारीहरु पर्सा मालपोतमै दरबन्दी कायम राख्दै आएका छन् । यसै विषयमा मालपोत कार्यालयका निमित्त प्रमुख हरिनारायण मिश्रसंग बुझदा उहाले दरबन्दी अनुसार कर्मचारी नभएको कारण सेवा प्रवाहमा समस्या देखिएको दावी गर्नु भयो । उहाले ४० जना कर्मचारीको दरबन्दी भएपनि दरबन्दी अनुसार कर्मचारी नभएकै कारण सेवा ग्राहीलाई समस्या खेप्नु परेको बताउनु भयो । कार्यालयमा व्याप्त रहेको भ्रष्टाचार र बर्षौदेखी एकै ठाउमा दरबन्दी कार्यरत रहेको वारे निमित्त प्रमुख मिश्रले त्यसो नभएको दावी गर्नु भयो । उहाले कार्यालयमा रहेका मोठ र से्रस्तासम्म सर्वसाधारण तथा लेखनदासहरुको सहज पहुच भएका कारण विगतका दिनमा हुदै नभएको जग्गा रोक्का भई बैकबाट ऋण निकासा जस्ता घटना भएको बताउनु भयो । कार्यालयमा विचौलिया तन्त्र हावि रहेको वारे पर्साका प्रमख जिल्ला अधिकारी केशवराज घिमिरेसंग बुझदा उहाले लेखापढि व्यवसायिको आडमा कार्यालय परिसर भित्र रहेको लेखनदासहरुले चलखेल गरेको गुनासो आएपनि जिल्ला प्रशासन कार्यालय परिसरमा बसी काम गर्नमा रोक लगाइएको र अन्य कार्यालयमा समेत रोक लगाई सर्वसाधारणको काम गर्न हेल्प डेक्सको व्यवस्था गर्न सबै कार्यालयहरुलाई निर्देशन गरिएको जानकारी दिनुभयो । उहाले कार्यालयहरुमा देखिएको ढिलासुस्तीलाई समाप्त पार्ने जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तिव्र पारेको बताउदै निति नियम विपरित कार्य गरेको पाए कुनैपनि कर्मचारीलाई नछाडिने प्रतिबद्धता प्रजिअ घिरिेले व्यक्त गर्नुभयो । उहाले तोकियको समयमा काम नभए र कुनै कर्मचारीले अनैतिक रकम माग गरे जिल्ला प्रशासन कार्यालयमा पुगी घटनावारे जानकारी गराउन सेवा ग्राहीलाई प्रजिअ घिमिरेले आग्रह गर्नु भयो । विचौलिया तन्त्रलाई अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय पर्साले देखाएको भुमिकालाई सबै कार्यालयमा लागु गर्न सकिए र अनुगमनलाई निरन्तरता दिन सके सेवाग्राहीले समयमा सेवा पाउनुको साथै कार्यालयमा हुने गरेको आर्थिक अनियमिततामा कमि आउने सर्वसाधारणको भनाई रहेको छ । निमित हुन सरुवालाई पारदर्शीता अपानउनुको साथै वर्षौदखी एउटै ठाउमा कार्यरत रहेका कर्मचारीलाई अविलम्ब सरुवा गरे भ्रष्टाचार अन्त्यमा सहयोग पुग्ने सर्वसाधारले बताएका छन् ।

 

Read 7225 times Last modified on Friday, 30 December 2016 18:53

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012