You are here: Homeअर्थअर्थपथलैया–वीरगञ्ज सडक विस्तार योजना-मुआव्जा विवाद समाधान नहुँदा सडक विस्तार योजना प्रभावित

पथलैया–वीरगञ्ज सडक विस्तार योजना-मुआव्जा विवाद समाधान नहुँदा सडक विस्तार योजना प्रभावित

Written by  Published in अर्थ Saturday, 24 December 2016 09:17
Rate this item
(0 votes)

राम सर्राफ वीरगञ्ज, पुस भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको व्यापारिक सडक स्तरोन्नति योजनाअन्तर्गत पथलैया–वीरगञ्ज सडक विस्तारमा मुआव्जाको विवाद, निर्माण सामग्रीको अभाव र सडकखण्डका विद्युत पोलका व्यवस्थापन नहुँदा सडक विस्तारको काम प्रभावित भएको छ । पथलैयादेखि वीरगञ्जस्थित आइसीपी सम्पर्क सडकसम्मको सडक विस्तारको ठेक्का दिएकोमा काम प्रभावित हुने देखिएको हो ।

२७ किलोमिटर सडकलाई ६ खण्डमा विभाजन गरी ४ अर्ब २५ करोड रुपैयाँमा ठेक्का दिइएको सडक २ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ । सो सडक योजनाअन्तर्गत ३२ मीटरको फोरलेन सडक, स्थानीय आवागमनका लागि ५÷५ मीटरको दुईतर्फी सर्भिस लेन र ३ मीटरको फुटपाथ निर्माण गरिने छ 

      पर्सा हरपतगञ्जदेखि आइसीपी सडकसम्मको ४ किलो मिटर सडकमध्ये डेढ किलोमिटरमा स्थानीयले मुआव्जाको विवाद सुरु गरेका छन् । हुलाकी सडकअन्तर्गत पर्ने यो सडकको चौडाई ३० मिटर कायम छ । विस्तार गर्न लागिएको सडक ५० मिटर हुने भएकाले सडकको दाँयाँबायाँ २० मिटर जग्गाको मुआब्जा तिर्नुपर्ने सडक विस्तार योजना कार्यालयका इन्जिनियर कर्णसिंह थापाले जानकारी दिए । योजनाअन्तर्गत ६ ओटै खण्डको हालसम्मको समग्र कार्य प्रगति १० प्रतिशत रहेको उनले बताए ।

      सो खण्डको विस्तारको ठेक्का पप्पु कन्स्ट्रक्सन र लुम्बिनी कन्स्ट्रक्सनले साझेदारीमा लिएका छन् । पप्पु कन्स्ट्रक्सनका निर्देशक सुमित रौनियारले सो खण्डको कार्य प्रगति काम सुरु भएको २ महीनामा २० प्रतिशत पुगेको बताए । मुआब्जा र अन्य अवरोधको समयमै समाधान भएमा तोकिएकै समयसीमाभित्र काम पूरा हुने दाबी रौनियारको छ । आफ्नो कम्पनीले एएमआर इण्डिया लिमिटेडसितको सहकार्यमा जिम्मा लिएको परवानीपुरदेखि जगरनाथपुरसम्मको १ नम्बर खण्डमा २५ प्रतिशत काम पूरा भएको पनि उनले जानकारी दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले स्थानीयसित छलफल गरी मुआव्जा विवाद समाधानको प्रयास भइरहेको जानकारी दिए । कतिपय स्थानीयले यसअघि नै हुलाकी सडक योजनासित मुआव्जा लिएर पनि ३० मिटरभित्रै घर बनाएको प्रशासनको दाबी छ । स्थानीय प्रशासनको संयोजनमा विगत ६ महीनादेखि भइरहेको समाधानको प्रयास अझै निष्कर्षमा पुग्न सकेको छैन ।

      योजनाका लागि ६ लाख घनमिटर ढुङ्गा, बालुवा, ग्राभेललगायतका सामग्री चाहिने योजनाले जनाएको छ । स्थानीय जिल्ला विकास समितिहरूले खोलानालामा ठूला उपकरण प्रयोग गरी सामग्री निकाल्न रोक लगाएकाले समस्या भएको ठकेदारहरुले बताएका छन् । इन्जिनियर थापाले निर्माण कम्पनीहरूको आवश्यकता निर्धारण गरी बारा, पर्सा र मकवानपुर जिविसलाई सामग्री उपलब्ध गराउन पत्राचार गरिएको बताए । रौनियारले आफ्नो कम्पनीको कामका लागिमात्र  ३ लाख ५० हजार घनमिटर सामग्री चाहिनेमा ट्याक्टरमा ओसार्दा अहिलेसम्म १०÷१२ हजार घनमिटरभन्दा बढी सामग्री सङ्कलन गर्न नसकिएको बताए ।

      सडक विस्तार क्षेत्रमा विद्युत्का पोलले समेत निर्माण कार्यमा अवरोध पु¥याएको पप्पु कन्स्ट्रक्सनले जनाएको छ । आफ्नो कार्यक्षेत्रमा मात्रै २ सय ६९ ओटा विद्युत्का पोल परेको उसले जनाएको छ । त्यस्ता पोल हटाउन नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिएको इन्जिनियर थापाले जानकारी दिए । उनले अहिले अवरोध नभएका स्थानमा काम भइरहेको बताए ।

 

 

Read 1137 times Last modified on Monday, 26 December 2016 16:00

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012