You are here: Homeअर्थअर्थभन्सार कर्मचारीको मिलेमतोमा वीरगन्जको मुलनाकाबाट तस्करी

भन्सार कर्मचारीको मिलेमतोमा वीरगन्जको मुलनाकाबाट तस्करी

Written by  Published in अर्थ Friday, 23 December 2016 18:28
Rate this item
(2 votes)
वीरगन्ज पुस । वीरगन्ज भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा मुलनाकाबाटै तस्करी भइरहेको श’क्रबार पर्सा प्रहरीले खुलाशा  भएको छ । वीरगन्ज भन्सार कार्यालयबाट गेटपास नै नभएको कपडा बोकेकोे  ना २ ख ९३५३ नम्बरको र ना २ ख ६०२० नं. को ट्रकलाई अपराहन्न जिल्ला प्रहरी कर्यालय पर्साले नियन्त्रणमा लिएपछि भन्सार कर्मचारीकै मिलोमतोमा मुल नाकाबाट तस्करी भएको देखिएको छ । 
पुस ५ गते र ७ गते भन्सारबाट जाँचपाश भई मालबस्तु निकासा भएको प्रज्ञापन पत्रकै आधारमा  पुनः सोही प्रज्ञापन पत्रलाई प्रयोग गरी राजश्व छलने काम भइरहेको सुचनाको आधारमा उक्त नम्बर द’ई वटा ट्रकलाई प्रशरीले नियन्त्रणमा लिइ चेकजाँच गर्दा पटक–पटक प्रयोग भएका प्रज्ञापन पत्र भन्दा पछि ७५ प्रतिशत मालबस्तु फरक भेटिएको पर्साका प्रहरी उपक्षिक गोविन्द कुमार साहले बताए ।  उहाँले नियन्त्रणमा लिएको ना २ ख ९३५३ नम्बरको ट्रकबाट दश लाख भन्दा बढीको अबैध कुत्ता सुरुवाल,लहंगा चोली, साडी, सुटिङ्गसटिङ्ग बरामद भए छ भने ना २ ख ६०२० नं. को ट्रकमा मोटर पास्ट समान रहेको र सोको म’ल्य अहिले ख’ल्न नसकेको बताउनु भयो ।
भन्सारकर्मचारीको विना मिलोमतो गेटपास नभएको ट्रक यार्ड बाहिर निस्कनै नसकिने भएकाले हाल बरामद भएको कपडाको राजश्व छलनमा कर्मचारी संलग्न रहेको अनुशन्धानबाट देखिएको उपरिक्षक साहले दावी गर्नु भयो । बरामद गरिएको कपडा र मोटर पास्टलाई आवश्यक कार्यवाहीका लागि राजश्व अनुशन्धान कार्यालय पथलैयमा पठाएने तयारी भएको प्रहरीले जनाएको छ ।
Read 3104 times Last modified on Monday, 26 December 2016 16:01

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012