You are here: Homeअर्थअर्थसमाजसेवाी तथा उद्योगी विजय कुमार सरावगीको संलग्नतामा विद्यालयलाई प्रविधी मैत्री बनाउने काम सुरु

समाजसेवाी तथा उद्योगी विजय कुमार सरावगीको संलग्नतामा विद्यालयलाई प्रविधी मैत्री बनाउने काम सुरु

Written by  Published in अर्थ Thursday, 22 December 2016 14:23
Rate this item
(1 Vote)

वीरगन्ज पुस कुनै समय निकै चर्चित मानिएको सिदार्थ माध्यमिक विद्यालय यताका दिनमा आर्थिक अभावको कारण जीर्ण बन्दै जान थालेको भएपनि विस्तारै विद्यालयमा आएको नयाँ नेतृत्वसँगै भौतिक निर्माण, पूर्वाधार विकास र अन्य शैक्षिक गुणस्तर सुधार्न विद्यालय प्रशासले प्रयाप्त प्रयास गरेपछि अब विस्तारै विद्यालयले आधुनिक बन्न थालेको हो । २०२८ सालमा स्थापना भएको उक्त विद्यालयले ४५÷५० वर्ष भइसक्दा पनि जुन रुपमा आत्मनिर्भर बन्नुपर्ने हो । त्यो हुन नसकेपिछ विद्यालयले केही जोखिम र आन्तरिक असहयोग तथा अवरोधका बीचमा पनि दाताहरुलाई आकर्षण गर्नको लागि हार गुहार गरेपछि स्थानीय समाजसेवाी तथा उद्योगी विजय कुमार सरावगीको संलग्नतामा आहिले दाताहरुलाई भित्र्याउने र विद्यालयलाई प्रविधी मैत्री बनाउने काममा तिव्रता आएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यमा सरावगी आएपछि सुधार सम्भावना युक्त योजना निर्मार्ण गर्दै अहिले सिदार्थ माबि अघि बढेको छ । दुई हजार भन्दा बढि विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब निर्माण गरी २५÷३० वटा कम्प्युटर जडान गर्ने, आधुनिक विज्ञान प्रयोगशाला स्थापना र पुस्तकालाय स्थापनामा समेत योजना अघि बढिरहेको बताइन्छ । उता नगरसेठ गोपाल राय त्रिवेणी देवी संघाइको नाममा विरेन्द्र कुमार संघाइले सुविधा सम्पन्न दुई तले १२ कोठे भवन निर्माण गराइरहनु त्यसमा डेस्क बेन्च, अपाङ्ग मैत्री र छात्र तथा छात्रालाई अलग अलग ट्वाइलेट बाथरुम निर्माण गर्नुले पनि विद्यालय आधुनिक बन्दै काँचुली फेर्ने तरखरमा रहेको छ । उता जिल्ला शिक्षा कार्यालय पर्साले पनि ८ कोठे बिद्यालय भवन निर्माणको लागि झण्डै ६५ लाख अनुदान दिनु, माननीय संसाद विचारी यादवले ठ्वाइलेट निर्माण र गेट निर्माणमा लगानी गर्नुले विद्यालय प्रगतिपथमा लम्केको हो । अझ विद्यालयले आफुसँग भएको सम्पत्तिको प्रचुर मात्रामा प्रयोग गर्ने र सपिङ्ग कम्प्लेक्स निर्माण, साइकल स्टेण्ड निर्माण र चिल्ड्रेन पार्क निर्माण गरि बिद्यालयको खर्च वयवस्थाप र आन्तरिक स्रोत परिचालन मार्फत आत्मनिर्भर बनाउने योजना निर्माण भइरहेको प्रतिक्रिया समेत विद्यालयका प्रधानाध्यापक राजेश पाण्डे बताउनुहुन्छ । २०७१ कात्तिक २४ गतेबाट प्रधानाध्यापकको रुपमा कार्यरत रहनु भएका पाण्डे अब आफूमा कुनै स्वार्थ नरहेको मात्र विद्यालयलाई शैक्षिक वातावरण युक्त र जिल्लाकै उत्कृष्ठ विद्यालयको रुपमा स्थापित गर्ने अठोट रहेको बताउनुहुन्छ । त्यसो त झण्डै ५० जनाको हाराहारीमा शिक्षक तथा शिक्षीका रहेको उक्त विद्यालयमा आन्तरिक द्वन्द्व पनि व्याप्त रहेको अनुमान लगाउन थालिएको छ । राम्रो कामको पनि विरोध गर्ने र एकले अर्कोको अस्तित्व हरण गर्न कुनै कसर बाँकी नराख्ने खेल प्रारम्भ भए पनि राम्रा कामले त्यसलाई निरुत्साहित गर्ने काममा अघि बढेको छ । विद्यालय व्यवस्थापन समितीको अध्यक्ष विजय कुमार सरावगी आएपछि उनको नेतृत्वमा समाजसेवीहरुले लगाती गर्ने वातावरण निर्माण भएको, विद्यालय सहायोग समितीका अध्यक्ष शिवशंकर पटेल र रामनारायण प्रसाद कुर्मीको अथक प्रयासले सबैलाई एकताको सुत्रमा बाँध्ने र बिद्यालयलाई आधुनिकिकरण तथा शैक्षिक वातावरण युक्त बनाउन निकै प्रयास भईरहेको बताइन्छ ।

Read 875 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012