You are here: Homeअर्थअर्थनेपाली बजारमा भारु प्रतिबन्धको असर बट्टादर बढेपछि चुलियो मूल्यवृद्धि

नेपाली बजारमा भारु प्रतिबन्धको असर बट्टादर बढेपछि चुलियो मूल्यवृद्धि

Written by  Published in अर्थ Sunday, 18 December 2016 13:57
Rate this item
(0 votes)

वीरगन्ज  पुश भारतमा लागेको नोट प्रतिबन्धको असर नेपाली बजारमा देखिएको छ । भारत सरकारले एक हजार र पाँच सयका नोटमा लगाएको प्रतिबन्धपछि त्यसको सिधार असर स्वदेशी आयात निर्यात कारोबारमा परेको छ ।

भारतमा रुपयाँको आपूर्ति घटेपछि स्वदेशी बजारमा भारुको अभाव भएको छ । नेपालको अधिकांश व्यापार भारतमा केन्द्रित भएकाले भारु अभावको असर स्थानीय व्यापार व्यवसायमा देखिएको हो । भारु सटहीमा यसको अधिक असर देखिएको छ ।

नेपाली रुपियाँबाट भारु सटही गर्दा बट्टाको भाउ १५ प्रतिशतले बढेको छ । भारतीय रुपयाको सटही दर एक सयको नेपाली एक सय ६० रुपैयाँ १५ पैसा भए पनि अहिले एकसय भारु लिन १ सय ७५ नेपाली रुपैयाँ तिर्नु परेको व्यवसायीहरुले बताएका छन् । यसअघि यो दर बढीमा १ सय ६८ रुपैयाँसम्म थियो ।

बट्टादर बढेसँगै वीरगन्जको बजारमा पनि प्रतिकूल असर परेको व्यापारीहरूले बताएका छन् । दैनिक उपभोग्य सामग्रीदेखि विद्युतीय उपकरण, लत्ताकपडा वास्तविक मूल्यभन्दा १५ प्रतिशत बढी मूल्यमा किनमेल भइरहेको वीरगन्ज माईस्थानका कपडा ब्यपारी उत्तम अग्रवालले बताए ।

भारतबाट खरिद गरी ल्याइएको चिनी, चामल, दाल, रेडिमेड तथा उनी कपडा, हर्लिक्स, च्यवनप्राश, तेल, मसला, चकलेटलगायत समग्रीमा मूल्य बढाइएको माईस्थान किराना पसल गरि बसेका मुना साह तेली बताएका छन ।

    व्यापारीहरूका अनुसार नेरुबाट धेरै बट्टा दिएर सामान खरिद गरी ल्याउदै दैनिक उपभोग्य सामग्रीमा मूल्य थपिन गएको बताएका छन् । त्यसैगरी, नेपाली ग्राहक तथा व्यापारीहरू रक्सौलमा किनमेल गर्न जादा ठगिएको बताउछन् ।

नेपाली ग्राहकहरूको लागि राष्ट्र बैंकले भारु प्रतिव्यक्ति २ हजार ५ सय दिए पनि सटहीमा वीरगंजका मनीचेन्जरहरूले पनि कालोबजारी गरिरहेको पाइएको छ । मनीचेन्जरहरूले नोटबन्दीभन्दा पहिले सयकडा रु ४ बट्टा लिएर कारोबार गर्थे भने अहिले सयकडा रु १५ बढी बट्टा लिएर कारोबार गरिरहेको वीरगन्ज सुन चाँदी ब्यसाय संघका अध्यक्ष मुना सर्राफले बताएका छन् । उनीहरुले राष्ट बैंक अगाडि भाडाका मानिस खटाएर भारु संकलन गर्दा सर्वसाधारणले भारुको अभाव झेल्नु परेको छ सर्राफले भने ।

Read 571 times Last modified on Tuesday, 20 December 2016 14:49

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012