You are here: Homeअर्थअर्थनारायणी उपक्षेेत्रिय अस्पताल वीरगन्जमाा ठुुलाेे सङ्ख्यामा कर्मचारीको नियुक्ति

नारायणी उपक्षेेत्रिय अस्पताल वीरगन्जमाा ठुुलाेे सङ्ख्यामा कर्मचारीको नियुक्ति

Written by  Published in अर्थ Saturday, 17 December 2016 05:07
Rate this item
(1 Vote)

वीरगन्ज  पुुस नारायणी उपक्षीय अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादवले आपूm सरूवा भएपश्चात् ठूलो सङ्ख्यामा कर्मचारीको नियुक्ति गरेका छन् । 

    अस्पताल स्रोतका अनुसार उनले करार र दैनिक ज्यालादारीमा ४० देखि ५० जना पियन, स्वीपर र केही स्टाफ नर्सलाई गोप्यरूपमा नियुक्त गरेका छन् । मेसु डा. यादवको कात्तिक १ गते नै सरुवा भइसकेको छ । उनको सरुवा भेरी अञ्चल अस्पताल, बाकेमा भएको तर नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा अर्का मेसु नियुक्त नगरिएको कारण कामचलाउ बसिरहेका मेसु डा. यादवले गुपचुपरूपमा कर्मचारी नियुक्ति गरेको स्रोतले बताएको छ । 

    स्रोतका अनुसार १ वर्षे करारमा स्टाफ नर्सको लागि मेसु डा. यादवले जनही ३ लाख रुपैया“सम्म लिएको स्रोतको दाबी छ । यसैगरी स्वीपरमा ३० हजारदेखि १ लाखसम्म असुल गरिएको छ । स्वीपर र पियन नियुक्तिको लागि अस्पतालका स्थायी स्वीपर अशोक रामले रकम उठाइरहेका छन् । उनले ३० हजार दिने जोसुकैलाई स्वीपर र पियनमा दैनिक ज्यालादारी तथा करारमा नियुक्ति गर्ने गरेको स्रोतले जनाएको छ । रामकै इशारामा मेसुले लेनदेन गरिरहेको बताइएको छ । 

    नाउक्षे अस्पतालमा करार र ज्यालादारीमा नियुक्त भएका कर्मचारीहरू हटाउने परिपाटी छैन । किनभने सरसफाइमा कार्यरत कर्मचारीहरूको अस्पतालमा अभाव छ । 

    यसैगरी, प्राविधिकतर्पm पनि कर्मचारीको अभाव छ । दरबन्दी अनुसारको कर्मचारी छैन र अस्पतालले नियुक्त पनि गर्न सकेको छैन । अस्पताल विकास समितिको आयस्रोतले थप कर्मचारीको भार थेग्न सक्ने अवस्था छैन । तर विकास समितिको मिलेमतोमा मेसुले कर्मचारी थपिरहेको एक कर्मचारीले बताए । 

    कर्मचारी नियुक्ति सम्बन्धमा अस्पतालका प्रवक्ता रमेश चौधरीले अनभिज्ञता जाहेर गरे । उनले नियुक्ति भएको कुरा ठीक भनी स्वीकारे पनि के कति कर्मचारीको नियुक्त भएबारे आपूmलाई थाहा नभएको बताए । अस्पतालका विभिन्न शाखाहरूमा सम्बन्धित शाखा प्रमुखहरूले कर्मचारीको माग गर्ने र उनीहरूमार्पmत् खटाउने कार्य भएकाले आपूmलाई सोबारे जानकारी नभएको उनले बताए ।

Read 2451 times Last modified on Sunday, 18 December 2016 14:50

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012