You are here: Homeअर्थअर्थचिसोले पर्सा जिल्लाको जनजीवन प्रभावित, तातो पेयपदार्थ, न्यानो कपडाको बिक्री बढ्यो

चिसोले पर्सा जिल्लाको जनजीवन प्रभावित, तातो पेयपदार्थ, न्यानो कपडाको बिक्री बढ्यो

Written by  Published in अर्थ Monday, 12 December 2016 10:30
Rate this item
(0 votes)

वीरगन्ज  मसिर चिसोको कारण प्याब्सन पर्साले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  मङ्सिर २७ गते सोमवारदेखि पुस ३ गते आइतवारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको बताइएको छ ।  सामुदायिक विद्यालयहरू भने दैवी प्रकोप उद्धार समिति पर्साको निर्णयले आजदेखि पुस ३ गतेसम्मको लागि बन्द भइसकेका छन् । निजी विद्यालयहरूमध्ये परीक्षा सञ्चालन गरिरहेकाहरूले ११ बजेदेखि परीक्षा लिइरहेको जनाएका छन् ।चिसोको कारण पर्सा जिल्लाको जनजीवन प्रभावित बन्दैछ । लगातार ५ दिनको चिसोपछि शनिवार घाम झुल्किए पनि आइतवारको कठ्याङ्ग्रिदो चिसोले थप जनजीवन प्रभावित भयो । नाउक्ष्ँे अस्पतालका प्रवक्ता रमेश चौधरीले चिसोको कारण अस्पतालको तथ्याड्ढ अनुसार अहिलेसम्म कसैको मृत्यु नभएको बताए । उनले अस्पतालमा विगत तीन दिनदेखि चिसोको कारण ससाना बालबालिका अस्वस्थ भएर अस्पताल भर्ना भएको बताए । उनले खासगरी निमोनियाबाट पीडित भएर ससाना बालबालिका अस्पतालमा भर्ना हुने क्रम बढेको बताए । पर्सा प्रहरीले चिसोको कारण गए राति एकजनाको मृत्यु भएको बताएको छ । सेढवा–७ मा एकजना व्यक्ति चिसोको कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मदिरा सेवन गरी कलभर्टमा खसेका र चिसोले निजको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दैवीप्रकोप उद्धार समिति पर्साले चिसोबाट जोगिन बिहानपखको विद्यालय बन्द गराएको भए पनि केही विद्यालयहरूले अटेर गरेका छन् । समितिले बिहान १० बजे पहिले विद्यालय सञ्चालन नगर्न सामुदायिक तथा निजी विद्यालयहरूलाई निर्देशन गरेको थियो । बढ्दो चिसोले ससाना बालबालिका प्रभावित हुन सक्ने कुरालाई दृष्टिगत गरी सो निर्णय गरिएको भए पनि केही विद्यालयहरूले निर्णय कार्यान्वयन गरेका छैनन् ।  यसैगरी समितिले जिल्ला वन कार्यालय, पर्सा र वीउमनपालाई दाउरा उपलब्ध गराउन र शहर तथा ग्रामीण क्ष्ँेत्रको चोकचोकमा आगो बाल्न गरेको निर्देशन पनि पालना भएको छैन । अहिलेसम्म समितिको आदेश अनुसार कुनै पनि ठाउ“मा आगो बाल्ने काम भएको छैन जसले गर्दा आम मानिसहरू प्रभावित भएका छन् । यता बढ्दो चिसोको कारण वीरगंज शहरमा तातो पेय, खाद्य पदार्थको बिक्री बढेको छ । यसका साथै न्यानो लुगाको खरिददारी पनि ह्वात्तै बढेको छ । चिसो बढ्नासाथ ससाना बालबालिका र वृद्धहरूका लागि न्यानो कपडा खरिद गर्ने क्रम बढेको विपी उद्यानका खुद्रा कपडा व्यवसायीले बताए । सो स्थानमा रहेको पसलहरूमा न्यानो कपडा खरिद गर्न भीड लागेको छ । यसैगरी चिसोको कारण दिनभरि शहरको जनजीवन पातलिए पनि सा“झपख न्यानो कपडा खरिदको लागि पसलहरूमा भीडभाड बढेको छ ।

 

Read 374 times Last modified on Thursday, 15 December 2016 19:57

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012