You are here: Homeअर्थअर्थकृषि विकास बैंक प्रकरणः पूर्वगार्ड पक्राउ

कृषि विकास बैंक प्रकरणः पूर्वगार्ड पक्राउ

Written by  Published in अर्थ Thursday, 08 December 2016 08:27
Rate this item
(0 votes)

वीरगंज, मङ्सिर कृषि विकास बैंक शाखा कार्यालय, वीरगंजमा भएको चोरीको घटनाको विषयमा पर्सा प्रहरीले एकजना पूर्वगार्डलाई पक्राउ गरेको छ। बिरन्चीबर्वा निवासी जयराम राउत कम्करलाई प्रहरीले भारत, बिहार, पश्चिमी चम्पारणको जयसिंहपुरको शिकारपुरबाट पक्राउ गरेको जानकारी प्राप्त भएको छ। कृषि विकास बैंकको तिजोरीबाट केही दिन अघि ४० लाख बराबरको सुन र चाँदी चोरी भएको थियो। तिजोरीको सक्कली साँचो प्रयोग गरी सो सामान चोरी भएको थियो। क्ष्Fेत्रीय कार्यालयमा बुझाउनुपर्ने साँचो चोरको हातमा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्दैछ। घटनाबारे बैंकमा कार्यरत दुईजना गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि पूर्वगार्ड जयराम पक्राउ परेको बुझिएको छ। प्रहरीले बिरन्चीबर्वा पुग्दा जयराम त्यहाँबाट भागेर भारत पुगेका थिए। प्रहरीले जयरामका दाइ त्रिलोकी राउतलाई पक्राउ गरी लुकेको स्थानबारे जानकारी लिएको थियो। पक्राउ परेका पूर्वगार्ड एक साता अघि मात्र कृषि विकास बैंक छाडेर गएको बुझिएको छ।

Read 839 times Last modified on Friday, 09 December 2016 13:30

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012