You are here: Homeअर्थअर्थभारु प्रतिबन्धले सीमावर्ती क्षेत्रमा बढी समस्या

भारु प्रतिबन्धले सीमावर्ती क्षेत्रमा बढी समस्या

Written by  Published in अर्थ Saturday, 19 November 2016 15:29
Rate this item
(0 votes)

राम सर्राफ वीरगन्ज, मंसिर भारत सरकारले ५ सय र एक हजार दरका भारतीय रुपैयाँ (भारू)मा प्रतिबन्ध लगाएसँगै सीमावर्ती क्षेत्रका वीरगन्जका उद्यमी व्यवसायीदेखि सर्वसाधारणहरू अन्योलमा परेका छन् । उनीहरूलाई आफूसँग भएका त्यस्ता नोट कसरी सल्ट्याउने भन्ने चिन्ताले सताएको छ । 

मुलुककै मुख्य आयात–निर्यात केन्द्र वीरगन्जका उद्यमी व्यवसायीदेखि सर्वसाधारणमा आफूसँग भएका नोट के गर्ने भन्नेमा बढी अन्योल देखिएको छ । भारतसित सीमाना वीरगन्ज जोडिएका सीमान्त सहर र आयात–निर्यात कारोबार बढी हुने नाका तथा आसपासका क्षेत्रमा यो निर्णयले अन्योल बढाएको छ ।

नेपाल राष्ट्र बैङ्क वीरगन्ज शाखाका उपनिर्देशक प्रदीप भट्टराईले भारू एक हजार र ५ सयका नोट खरिदबिक्री नगर्न÷नराउन निर्देशन आएको जानकारी दिए । राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले यस्तो निर्देशन दिएको हो । यसबाट स्वदेशी बजारमा देखिएको समस्या समाधानमा राष्ट्र बैङ्कले तत्काल उचित उपाय निकाल्ने बताए पनि अहिलेसम्म निकास पहिल्याएको छैन ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले नेपालमा पनि सो दरका नोट चलनचल्तीमा रहेकाले केन्द्रीय बैङ्कले तत्काल समाधान दिनुपर्ने बताए । ‘भारतले समय र रकमको सीमा तोकेर बैङ्कमा जम्मा गर्न दिएको छ । यहाँ पनि बजारमा भएको पैसा बैङ्किङ प्रक्रियामा ल्याउनु पर्छ,’ अध्यक्ष केडियाले भने । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि नेपालमा भारतीय रुपैयाँ २५ हजार भारूसम्म बोकेर हिड्न पाउने व्यवस्था मिलाएको थियो भने कमभन्दा कम उद्यमी व्यवसायीदेखि सर्वसाधारणहरूलाई २५ हजार सम्म भारतीय रुपैयाँ पनि नेपाल राष्ट्र बैङ्कले साटिदिनु पर्ने पुर्व वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीको भनाई रहेको छ । भारतसित जोडिएका सीमा सहरहरुमा प्रतेक घरमा केहिन केहि भारतीय रुपैयाँ रहेको छ ।

त्यसअघि प्रतिबन्ध रहेकोमा २०७१ फागुनयता राष्ट्र बैङ्कको परिपत्रअनुसार ती दरका नोट पुनः चलनचल्तीमा ल्याइएको थियो । 

सीमावर्ती सहर, त्यसमा पनि उद्योग र आर्थिक कारोबार बढी हुने स्थानमा व्यवसायीहरूले भारू साटेर राखेका हुन्छन् । कामदारको भुक्तानी, ढुवानी, भाडा, आवश्यकीय अन्य बस्तु तथा सेवाको खरिदका लागि भारूमै भुक्तानीको बाध्यता भएकाले साटेर राख्छन् । 

मुख्य आयात–निर्यात केन्द्र वीरगन्जमा ती दरका नोटमात्रै करीब १० करोडको हाराहारीमा रहेको अनुमान स्थानीय व्यवसायीहरूको छ । सीमाक्षेत्रमा वैवाहिक सम्बन्ध, औषधोपचार, शिक्षा, किनमेललगायत भारतमा हुने भएकाले भारूको कारोबार पनि बढी हुन्छ । 

यसको प्रतेक्ष असर बुधबार वीरगन्जमा भइरहेको वैवाहिक कार्यक्रममा पनि देखियोे ।

 भारु प्रतिबन्धका कारण वैवाहिक समारोहका कार्यक्रम सम्पूर्ण विधीहरु बैंक चेकबाट गरे वैवाहिक समारोहमा दान दक्षिणा , सुगन तथा उपहारमा  बेहुली पक्षले बैंक चेक दिएका थिए । 

 वीरगन्जको होटल सुरजमा आयोजित एक वैवाहिक समारोहमा भारत झारखण्डको बेहुली पक्षले बेहुलालाइ सुगनको रकम बापत चेक नै दिए ।

  झारखण्डकी डाक्टर प्राची यादव र वीरगन्जको मनियारीका डाक्टर निरज यादव बिचको टिकाटालो (सगाइ) समारोहमा बेहुली प्राचीका बुबा डाक्टर सुरेन्द्र यादवले आफुसंग नगद रकम नभएका कारण बेहुला निरजलाइ सुगन बापत २१ हजार भारुको चेक दि एभने ।

Read 260 times Last modified on Sunday, 20 November 2016 10:16

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012