You are here: Homeअर्थअर्थवीरगन्जका २५ भन्दा बढी व्यापारिक घरानासँग करोड भन्दा बढी भारु

वीरगन्जका २५ भन्दा बढी व्यापारिक घरानासँग करोड भन्दा बढी भारु

Written by  Published in अर्थ Friday, 18 November 2016 12:14
Rate this item
(0 votes)

वीरगन्ज   मंसिर । वीरगन्जका २५ भन्दा बढी प्रतिष्ठित व्यापारिक घरानासँग पाँच सय र हजार दरका करोड भन्दा बढी भारतीय नोट रहेको खुलेको छ । भारतसँग भारतीय मुद्रामै नगद कारोबार हुने भएकाले ती व्यापारिक घरानासँग पर्याप्त भारतीय रुपियाँ सञ्चिती रहेको खुलेको हो ।

एकपटकमा एक व्यक्तिले २५ हजार भारतीय रुपैयाँ ल्याउन, लैजान वा सञ्चिती गर्न सकिने व्यवस्था भएपनि व्यापारीसँग करोडौं रुपैयाँ सञ्चिती रहेको स्रोतले बताएको छ । भनेको बेला भारतीय नोट साट्न नपाएका कारण पनि भारतीय नोटको अधिक मौज्दात राख्न आफूहरु बाध्य भएको वीरगन्जका व्यापारीले बताएका छन् ।

भारत नगद अर्थतन्त्र अर्थात क्यास इकोनोमी भएको मुलुक भएकाले कारोबारको ठूलो हिस्सा नगदमै हुने गरेको छ । नेपालको मुख्य व्यापार भारतमै निर्भर रहेकाले सामान आयात गर्दा भारतीय रुपैयाँमै भुक्तान गर्नुपर्छ । नेपाली व्यापारीसँग रहेको भारतीय नोट सटही गर्न भारतले अस्वीकार गरे अर्बांै रुपैयाँ कागजको खोस्टा सरह हुनेछन् ।

नेपालमा २०५७ सालदेखि प्रतिबन्धित पाँच सय र हजारको भारतीय नोट २०७१ माघदेखि पुनः प्रचलनमा ल्याएको थियो । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र रकम सटही गर्न इजाजत प्राप्त संस्थामा गरी ३ करोड ३६ लाख ९० हजार भारतीय नोट रहेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताउनुभयो ।

भारतसँग सीधा व्यापार गर्ने व्यापारी र भारतमा काम गरेर फर्कने नेपालीसँग गरी नेपालमा झण्डै १५ देखि २० अर्ब भारतीय रुपैयाँ रहेको अनुमान गरिएको छ ।

 

 

Read 1765 times Last modified on Saturday, 19 November 2016 16:08

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012