You are here: Homeअर्थअर्थसीमावर्ती क्षेत्रका रक्सौलका व्यपारीले नेपालीलाई ठगिदै छन

सीमावर्ती क्षेत्रका रक्सौलका व्यपारीले नेपालीलाई ठगिदै छन

Written by  Published in अर्थ Tuesday, 15 November 2016 15:43
Rate this item
(0 votes)
फाईल फोटो फाईल फोटो

वीरगन्ज  कातिक भारतीय पाँचसय र हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाएपछि सीमावर्ती क्षेत्रका रक्सौलमा नेपाली ठगिने क्रम बढेको छ । भारतको रक्सौल बजारमा रहेका व्यपारीले सीमावर्ती वीरगन्जमै एजेन्ट राखेर भारतीय एक हजार दरका नोटलाई नेपाली एक हजार दुई सयमा सटही गर्ने अवैध धन्धासमेत सुरु गरेका छन् ।  

भारतीय रुपैयाँको कारोवार गर्ने भारु सटही केन्द्रका कतिपय सञ्चालकले भारु नभएको भन्दै सटही कार्य बन्द गरेर र उनीहरूले नै पाँच सय तथा हजार दरका भारतीय नोट ५० प्रतिशत कम मूल्यमा सङ्कलन गर्ने गरेको स्थानीय बताउँछन् ।

यसतर्फ नेपाली नियामक निकायको ध्यान पुग्न सकेको छैन । सर्वसाधारणमा सीमावर्ती बजारमा नेपाली मुद्रासमेत नचल्ने हल्ला फिँजाएर भारतीय व्यापारिक गिरोहले केही नेपाली दलालमार्फत वीरगन्ज नाकामा भारु नेरु कारोबार गरिरहेका छन् । 

भारतीय पाँच सय तथा हजार दरका नोट सटही गर्न नेपाली नागरिकले नपाउने वर्तमान व्यवस्थाको फाइदा उठाउँदै उनीहरुले सीमावर्ती क्षेत्रका रक्सौलमा सर्वसाधारणसँग भएका भारतीय नोट अवमूल्यन गरेर लिन थालेपछि सर्वसाधारण समस्यामा परेको पीडित धर्मनाथ सर्राफले बताउँछन् । उनका अनुसार रक्सौलमा भारतीय पाँच सय तथा हजार दरका नोट लिएर जाने सर्वसाधारणलाई ५० प्रतिशत कम मूल्याङ्कनमा  सामान खरिद गर्न दिने गरेका छन् भने नेपाली नोटलाई पनि चलनचल्ती भन्दा ३० प्रतिशत कममा अवमूल्यन गरेका छन् । त्यस्ता व्यापारीले भारतीय व्यापारीको एजेन्टका रुपमा काम गरेको हुन सक्ने स्थानीयको अनुमान छ । 

भारत सरकारले भारतीय ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिवन्ध लगाएपछि यतिबेला दक्षिण एसियाली राष्ट्रहरुमा त्यसैको चर्चा छ । नेपालमा पनि भारतीय रुपैयाँ चलाउने थुप्रै छन् । केही दिनअघिसम्म नेपालमा भारु पैसा खर्च गर्न लोभ गर्नेहरु अहिले भारु सल्टाउन भारततिर दौडधुपमा व्यस्त छन् । अरुबेला पाउन मुस्किल पर्ने भारु यतिबेला ‘खोस्टो’सरह बन्दैछ ।

 

 

Read 2526 times Last modified on Wednesday, 16 November 2016 15:01

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012