You are here: Homeअर्थअर्थवीरगन्ज भन्सार छली अवैधरूपमा ट्रकको लहरी तस्करी गर्ने गिरोहको पर्दाफास

वीरगन्ज भन्सार छली अवैधरूपमा ट्रकको लहरी तस्करी गर्ने गिरोहको पर्दाफास

Written by  Published in अर्थ Monday, 14 November 2016 12:18
Rate this item
(1 Vote)

वीरगन्ज २९ कात्तिक जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली अवैधरूपमा ट्रकको लहरी तस्करी गर्ने गिरोहको पर्दाफास गर्ने प्रयास गरेको छ । प्रहरीले सूचनाको आधारमा ८ वटा लहरी ट्रक पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ६ वटा भन्सार छली भिœयाएको भेटिएको छ । दुईवटा ट्रकले आप्mनो लहरी वैधानिकरूपमा भन्सार भिœयाएको प्रज्ञापनमा देखिएपछि छाडिएको र अन्यलाई आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय पठाइएको छ । वीरगंजमा ट्रक खरिद गर्नेहरूले लहरी खरिद गर्दा रु २० लाख खर्च हुने हु“दा सोको आधामा कोलकाताबाट मगाउ“दा फाइदा हुने हुनाले यो कार्य लामो समयदेखि हु“दै आएको थियो । सूचनाको आधारमा प्रहरीले लहरी बरामद गरेको हो ।कोलकाताको चेतन इन्टरप्राइजेजले चितवनका नाम खुल्न नसकेको व्यक्तिको नाममा ८ वटा लहरी पठाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । ना.७ ख १७८६, १७८८, १२००, १७९०, १७९१, ३२९ नं.को ट्रकमा फिटिङ गरिएको लहरी वीरगंज भन्सारबाट वैधानिकरूपमा भित्रिएको नदेखिएपछि कारबाईको लागि भन्सार पठाइएको हो । प्रहरीले ना.७ ख १७८७ र १७०९ नं.को ट्रकमा फिटिङ गरिएको लहरी वीरगंज भन्सार कार्यालयबाट छुटेको प्रज्ञापनका आधारमा छाडेको छ । स्रोतका अनुसार कोलकाताबाट मालसामान ल्याउने क्रममा चेतन इन्टरप्राइजेजस“गको सहकार्यमा स्थानीय व्यापारीले लहरी मगाउने गर्थे । भारतीय नं. प्लेटको गाडीमा फिटिङ भएको लहरीको नं. पनि सोही अनुसार हुने गरेको थियो ।नेपालमा माल अनलोड गरी फर्किने क्रममा सो लहरी कटिङ गरी सम्बन्धित व्यक्तिलाई दिने र चेसीस मात्र लिएर भारत जाने क्रम विगतका दिनमा बढेपछि यसबारे अनुसन्धान भएको हो । अनुसन्धानको क्रममा भारतबाट आएका लहरी ट्रकले हिजो पनि यसै प्रकारको गतिविधि गरेपछि प्रहरीले निगरानी राखी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको लहरीलाई आवश्यक कारबाईको लागि भन्सार पठाएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read 1209 times Last modified on Monday, 14 November 2016 17:26

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012