You are here: Homeअर्थअर्थबाराको चैनपुरमा फरनेश आयलको अवैध गोदाममा भएको आगलगी घटना रहस्यमय

बाराको चैनपुरमा फरनेश आयलको अवैध गोदाममा भएको आगलगी घटना रहस्यमय

Written by  Published in अर्थ Friday, 11 November 2016 20:10
Rate this item
(0 votes)

वीरगंज,  कात्तिक । फरनेश आयलको अवैध गोदाममा भएको आगलगी घटना रहस्यमय बन्दै गएको छ । बारा जिल्ला चैनपुर गाविस स्थित रहेको फरनेश आयलको गोदममा मंगलबार अपरान्ह करिब ४ बजे एक जना गम्भिर घाइते हुने गरी भएको आगलगी घटना रहस्यमय बन्दैगएको हो ।  पर्सा जिल्ला अमरपट्टि गाविस निवासी सुनिल चौरसियाको नाममा काठमाण्डौं स्थित ललितपुर जिल्लामा दर्ता रहेको सोखा टे«ड कन्सर्नको गोदाम भनिएको भए पनि उक्त गोदाम अवैध रहेको समाचार बुझिन आएको छ । सोखा टे«ड कन्सर्नले विगत डेढ वर्ष देखि आन्तरिक राजस्व कार्यालयमा कुनै किसिमको कारोबार भएको भन्ने सुचना नदिएको श्रोतले जनाएको छ । काठमाण्डौं, ललितपुरमा दर्ता रहेको सोखा टे«ड कन्सर्नको पर्सा जिल्ला वीरगंज उपमहानगरपालिका वडा नं. ३ स्थित छपकैयामा शाखा कार्यालय रहेको देखाईएको भए पनि गोदाम भने बारा जिल्ला चैनपुर गाविसमा रहेको भन्ने कानुनी रुपले कुनै पनि निकायमा प्रस्तुत गरिएको अभिलेख फेला नपरेको हाम्रा समाचार श्रोतले जनाएको छ । बारा जिल्ला चैनपुर गाविस स्थित चावो सति मैदा मिलको पछाडि रहेको उक्त फरनेश आयलको गोदाममा मंगलबार आगलगी हुंदा गोदाममा कार्यरत मजदुर पर्सा जिल्ला सोनवर्षा गाविस निवासी दुर्गेश सहनी गम्भिर घाइते भएका छन् ।

अव्यवस्थित तरिकाले स्थापित गोदाममा संचालकको गैर जिम्मेवारीपनका कारण भएको आगलगीमा मजदुर सहनीको कम्मर माथिको सम्पूर्ण अंग झण्डै ७० प्रतिशत जलेको गोदामकै अर्का मजदुर सुरक्षागार्डले दावी गरेका छन् । आगलगीबाट घाइते भएका मजदुर सहनीलाई तत्काल उपचारको लागि नजिकको स्वास्थ्य केन्द्रमा लैजानुपर्ने भए पनि गोदाम संचालक सुनिल चौरसियाले स्थानीय प्रहरी प्रशासन एवं सम्बद्ध निकाय संग कुनै किसिमको समन्वय नै नगरी भारत तर्पm उपचारको लागि लिएर गएको मजदुरहरुले जनाएका छन् । मजदुरहरुका अनुसार घाईते सहनीलाई भारतको बिहार राज्यको राजधानी पटना  स्थित एपोलो हस्पिटलको आईसियू वार्डमा उपचार भई रहेको छ ।एपोलो हस्पिटलका चिकित्सकहरुले सहनीको अवस्था गम्भिर रहेको बताउदै आएको गोदाममा कार्यरत मजदुर र सुरक्षागार्डले घाईतेका आफन्तलाई उद्दत गर्दै यस दैनिकलाई बताएका छन् । तर गोदाम धनि चौरसियाले सहनीको अवस्था समान्य रहेको भन्दै सान्तावना दिई रहेको ती मजदुरहरु र गार्डले बताएका छन् । श्रोतका अनुसार आगलगी घटना सम्बन्धमा अनुसन्धान गर्न पर्सा र बाराका प्रहरी प्रशासनले गोदाम धनिलाई खोजी रहेको समाचार प्राप्त हुन आएको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरिक्षक कैलाश चौधरीले घटना सम्बन्धमा अनुसन्धान भई रहेको बताउनु भएको छ । उहाले आगलगी घटनामा घाइते भएका मजदुर उपचार गरी फिर्ता नआए सम्म आगो कसरी  लागेको भन्ने नखुल्ने भएकोले त्यसकै प्रतिक्षा गरि रहेको बताउनुभयो । गोदाम धनि चौरसिया भने आप्mना पिताको उपचारको लागि काठमाण्डौंमा रहेकोले उनी संग समेत केहि बुभ्mन नपाएको प्रनानि चौधरीले बताउनुभयो ।

Read 824 times Last modified on Sunday, 13 November 2016 13:37

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012