You are here: Homeअर्थअर्थप्रतिबन्धित ५०० र १००० का भारु नोटबारे नेपाल राष्ट्र बैंकले गर्‍यो यस्तो निर्णय

प्रतिबन्धित ५०० र १००० का भारु नोटबारे नेपाल राष्ट्र बैंकले गर्‍यो यस्तो निर्णय

Written by  Published in अर्थ Wednesday, 09 November 2016 12:49
Rate this item
(0 votes)

वीरगन्ज  कातिक भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले बजारमा रहेका भारतीय नोट संकलन गर्ने जनाएको छ । बुधबार बिहान बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तिय संस्था र सहकारीको काउण्टरमा भएको मौज्दात भारतीय नोटको विवरण लिने निर्णय गरेको अने ।

नेपाल र भारतीय सीमामा र ठुला शहरमा सबै दरका भारतीय नोट चलन चल्तीमा छन् । नेपाल भारतबीच खुला सिमाना र व्यापारिक सम्बन्ध पनि छ । भारत सरकारले भ्रष्टाचार र कालोबजारीलाई नियन्त्रण गर्न भन्दै पाँच सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालमा पनि पर्न थालेको छ । काठमाण्डौमा संचालित बिभिन्न क्यासिनो बन्द भएको छ भने सटही काउन्टर के गर्ने भनेर अलमलमा परेका छन् । राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले नेपालमा रहेका पाँच सय र एक हजार दलका भारतीय नोटको विवरण संकलन गरेर भारतीय रिर्जभ बैंकसँग सम्पर्क गरी सटही कसरी गर्ने भन्ने बारेमा छलफल गरीने राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले जानकारी दिए ।

भारतीय नोट नेपालसँगै बंगालादेश, श्रीलंका, भुटानलगायत खाडी मुलुकहरुमा पनि निर्वाध रुपमा सटही हुन्छ । हाल नेपालभित्र भारतीय नोट कति संख्यामा छ भन्ने तथ्यांक कुनै निकायसँग छैन ।

राष्ट्र बैंकले विभिन्न समयमा नोटलगायत वैदेशिक मुद्रा नराख्नु र संकलन नगर्नु भनेपनि त्यस्तो हुन नसकेको निर्देशक पण्डितले बताए ।

भारतीय नोट प्रतिबन्धित हुँदा समाजमा केही भ्रम सिर्जना हुन सक्ने भएपनि तत्कालै आत्तिनु पर्ने अवस्था छैन । मुद्राको अबैध कारोवार गर्ने भारतीय नोटको अवैध संचिती गर्नेलाई भने अफ्ठेरो पर्न सक्ने निर्देशक पण्डितले बताए ।

भारतले ५० दिनभित्र नोट संकलन गर्ने समयावधि तोकेको छ । भारतमा अहिले ३५ हजार करोड रुपैयाँ बजारमा रहेको बताइएको छ । बजारमा रहेको भारतीय रुपैयाँको चार प्रतिशत नक्कली नोट रहेको विभिन्न अध्ययनले देखाएको छ ।

Read 2657 times Last modified on Friday, 11 November 2016 20:40

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012